SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: न्यु साउथ वेल्समा सङ्क्रमण सङ्ख्या बढ्यो, दक्षिण अस्ट्रेलिया लकडाउन अन्त्य गर्ने तरखरमा

यो २४ जुलाई २०२१,शनिवारको अस्ट्रेलियाको कोरोनाभाइरस अपडेट हो।

Protesters march along Broadway and George St towards Sydney Town Hall during the ‘World Wide Rally For Freedom’ anti-lockdown rally at Hyde Park in Sydney, Saturday, July 24, 2021. (AAP Image/Mick Tsikas) NO ARCHIVING
Protesters march along Broadway during the World Wide Rally For Freedom anti-lockdown rally at Hyde Park in Sydney, Saturday, July 24, 2021. Source: AAP Image/Mick Tsikas

3 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS



Skip to article content

मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्समा सङ्क्रमण सङ्ख्या बढ्दै 
  • सिड्नी र मेलबर्नमा लकडाउनको विरोधमा प्रदर्शन  
  • भिक्टोरियाले न्यु साउथ वेल्सका सबै स्थानलाई "अत्याधिक जोखिमयुक्त क्षेत्र" मा राख्यो।
  • दक्षिण अस्ट्रेलिया एक हप्ता लामो लकडाउन अन्त्य गर्ने तरखरमा

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा १६३ नयाँ सामुदायिक सङ्क्रमणहरू रेकर्ड गरिएको छ। यो जुन देखि पछिल्लो डेल्टा सङ्क्रमण सुरु भए पश्चात् अहिले सम्मकै सबैभन्दा ठुलो  सङ्ख्या हो।

न्यु साउथ वेल्स प्रहरीले सार्वजनिक स्वास्थ्य निर्देशनको उल्लङ्घन गर्ने मानिसहरूलाई अहिले सम्म २४६ वटा जरिवानाका मामिला दर्ता गरेको छ। 

उच्च प्रतिबन्धहरू भएका स्थानहरूमा पश्चिम सिड्नीका कम्बरल्याण्ड र ब्लाकटाउन गरी थप दुई स्थानीय सरकार क्षेत्र परेका छन्।  निश्चित अनुमति प्राप्त कामदारहरू मात्र सो क्षेत्रबाट बाहिर जान पाउने छन्।

पछिल्ला सङ्क्रमणका स्थानहरू नक्सा वा सूचिमा हेर्नुहोस्।

भिक्टोरिया

भिक्टोरियाले १२ नयाँ सामुदायिक सङ्क्रमण रेकर्ड गरेको छ जसमध्ये दुई जना मात्र सङ्क्रमित समयमा समुदायमा सक्रिय रहेका थिए।

प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सटनले शुक्रवार न्यु साउथ वेल्सका सबै स्थानहरू "अत्याधिक जोखिमयुक्त स्थान" भएको घोषणा गरेका छन् जुन यही मध्यान्नबाट लागू हुनेछ।

पछिल्ला सङ्क्रमणका स्थानहरू नक्सा वा सूचिमा हेर्नुहोस्।

हाल जारी लकडाउनहरू मङ्गलवार - २७ जुलाई रातीको ११:५९ बजेसम्मका लागि लम्ब्याइएको छ।

पछिल्लो २४ घण्टामा अस्ट्रेलियामा

दक्षिण अस्ट्रेलियाका प्रिमियर स्टिभन मार्शलले राज्य अब आगामी मङ्गलवार देखि लकडाउनबाट बाहिरिने दिशामा अगाडी बढेको भन्दै बुधवार देखि विद्यालय खोलिने बताएका छन्। 

प्रधान मन्त्री स्कट मोरिशनले न्यु साउथ वेल्सलाई थप फ़ाइजर खोप उपलब्ध गराउने सम्बन्धमा प्रतिबद्धता दिन सकेनन्।

सिड्नी र मेलबर्नमा हजारौँको सङ्ख्यामा लकडाउनका विरोधीहरूले कोभिड-१९ प्रतिबन्धहरू तोड्दै प्रदर्शन गरेका छन्। 

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्विन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now