कोभिड-१९ अपडेट: न्यु साउथ वेल्समा थप १४५ सङ्क्रमित, क्विन्सल्यान्ड उच्च सतर्कतामा

यो २६ जुलाई २०२१, सोमवारको अस्ट्रेलियामा कोरोनाभाइरसको अवस्थाबारे अपडेट हो।

Signs of AstraZeneca and Pfizer Covid-19 vaccines outside a doctors surgery in the lower north shore suburb of Lane Cove in Sydney

Signs of AstraZeneca and Pfizer Covid-19 vaccines outside a doctors surgery in the lower north shore suburb of Lane Cove in Sydney, Monday, July 26, 2021. Source: AAP Image/Mick Tsikas


मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्समा सामुदायिक सङक्रमणको सङ्ख्या उच्च रहने प्रमुख कारण मध्यको एक पारिवारिक जमघट 
  • भिक्टोरियामा प्रतिबन्धहरू खुकुलो बनाउने बारे निर्णय हुन बाँकि
  • साउथ अस्ट्रेलियामा लकडाउन अन्त्य हुँदै
  • सिड्नीको लकडाउनबाट भागेर आएका एक सङ्क्रमित मानिसका कारण क्विन्सल्यान्ड उच्च सतर्कतामा

न्यु साउथ वेल्स

न्यु साउथ वेल्सलमा आइतबार बेलुका ८ बजे सम्म कोभिड-१९ का थप १४५ स्थानीय सङ्क्रमण पुष्टि भएका छन्। दक्षिण पश्चिमी सिड्नीको फेयरफिल्डमा कोरोनाभाइरसका केसहरुको संख्या घट्दै गएको प्रिमियर ग्लाडिस बेरिजिक्लियनले बताएकी छन्।

राज्यका प्रहरी कमिश्नर मिक फुलरले चाहिं लकडाउनको समयमा विरोध प्रदर्शनमा संलग्न हुनेहरुलाई हिरासतमा लिइने चेतावनी दिएका छन्।

आगामी दिनहरुमा स्थानीय औषधि पसलहरुले पनि ६० वर्ष भन्दा बढी उमेरका मानिसहरुलाई एस्ट्रा जेनेकाको खोप दिन सक्ने न्यु साउथ वेल्सकी प्रमुख स्वास्थ्य अधिकारी डाक्टर केरी चान्टले बताएकी छन्। तर, फाइजरको कोभिड-१९ खोपको चाहिं कमी रहेको उनले जोड दिएकी छन्।

कोरोनाभाइरस विरुद्ध खोप लगाउन पनि डाक्टर च्यान्टले आग्रह गरिन्। खोप लगाउन मिल्ने औषधि पसलहरुको पूर्ण सूचिका लागि यहाँ हेर्नुहोस्

भिक्टोरिया

भिक्टोरियामा कोरोनाभाइरसका थप ११ सामुदायिक सङ्क्रमणहरुको पुष्टि भएका छन्। तर डेल्टा भेरिएन्ट बाट सङ्क्रमित रहेका ती सबै सङ्क्रामक अवस्थामा क्वारेन्टिनमै रहेको अधिकारीहरुको भनाइ छ।

हाल भिक्टोरियामा कोरोनाभाइरसका सक्रिय केस संख्या १९० रहेको छ।

राज्यमा हाल लागु रहेको पाँचौं पटकको लकडाउन आगामी मंगलबार, २७ जुलाई, रातीको ११:५९ बजे अन्त्य हुने योजना रहेको छ तर त्यसबारे अन्तीम निर्णय हुन अझै बाँकी रहेको अधिकारीहरुले जोड दिएका छन्।

गए २४ घण्टा अस्ट्रेलियामा

दक्षिणपूर्वी क्विन्सल्याण्डमा अनिवार्य मास्क प्रयोगको नियम जारी रहेको छ। सङ्क्रमित व्यक्ति गएका स्थानहरुको सूचिका लागि यहाँ हेर्नुहोस्

साउथ अस्ट्रेलियामा आगामी बुधबार १२:०१ बजे लकडाउन अन्त्य हुने छ तर केहि प्रतिबन्धहरु चाहिं कायम रहने छ।

सङ्घीय स्वास्थ्य बिभागका अनुसार हाल अस्ट्रेलिया भर कोरोनाभाइरसका २,११७ सक्रिय केसहरु रहेका छन्।

कोभिड -१९ मिथ्या

कोरोनाभाइरस ले स्वस्थ्य युवायुवतीहरुलाई असर गर्दैन। यो खालि वृद्ध र बिरामीहरुका लागि मात्र जोखिमपूर्ण छ।

कोभिड -१९ तथ्य

कोरोनाभाइरसले बिभिन्न स्वास्थ्य समस्या रहेकाहरु माथि थप असर पार्न सक्ने भएता पनि, यसले स्वस्थ्य युवायुवतीहरु माथि पनि गम्भीर असर पार्नुका साथै ज्यान पनि लिन सक्दछ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्विन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now