SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: भिक्टोरियामा मास्क अनिवार्य बन्दा न्यु साउथ वेल्समा सङ्क्रमितको सङ्ख्या ५,००० नाघ्यो

यो २३ डिसेम्बर २०२१, बिहिबारको संक्षिप्त अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Cars queue as people wait to receive a COVID-19 test at a drive through testing facility at Sydney International Airport.
Cars queue as people wait to receive a COVID-19 test at a drive through testing facility at Sydney International Airport. Source: AAP

2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

  • पहीलोपटक न्यु साउथ वेल्समा दैनिक सङ्क्रमणदर ५,००० नाघेको छ।
  • न्यु साउथ वेल्समा आज राति देखि लागु हुने गरि भवनभित्रका स्थानमा मास्क अनिवार्य हुने प्रिमीयर डोमेनिक पेरोटेद्धारा घोषणा। 
  • न्यु साउथ वेल्स सरकारले चिठी मार्फत घर घरमा द्रुत रूपमा कोभिड-१९ जाँच गर्न एन्टीजेन परीक्षण किट पठाउने विचार गरिरहेको छ भने खुद्रा एवम् आतिथ्य क्षेत्रमा क्यु आर चेक इन अनिवार्य गरिन सक्ने सम्भावना छ।
  • क्वीन्सल्याण्डमा बिहीबार अहिले सम्मकै धेरै ३६९ कोभिड–१९ का केस दर्ता भएका छन्।
  • बेलायतमा दैनिक १,००००० भन्दा बढी सङ्क्रमणका बाबजुद प्रधानमन्त्रीले क्रिसमसको समयमा कढा प्रतिबन्धहरू ल्याउनु पर्ने मागलाई बेवास्ता गरेका छन्।

कोभिड-१९ सङ्क्रमणका पछिल्ला तथ्याङ्कहरू:

न्यु साउथ वेल्समा कोभिड-१९ का ५,७१५ केस दर्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ।

भिक्टोरियामा २,००५ जनामा सङ्क्रमण पुष्टि।

क्वीन्सल्याण्डमा ३६९, एसीटीमा ८५ र टास्मेनियामा २६ केस दर्ता।


विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ।

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्।

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्।

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्।

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now