SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: न्यु साउथ वेल्सद्वारा राष्ट्रिय सङ्कट घोषणा

यो २३ जुलाई २०२१, शुक्रवारको अस्ट्रेलियाको कोरोनाभाइरस अपडेट हो।

NSW Premier Gladys Berejiklian and Chief Health Officer Dr Kerry Chant
NSW Premier Gladys Berejiklian and Chief Health Officer Dr Kerry Chant at a press conference to provide a COVID-19 update Source: AAP Image/POOL/Mick Tsikas

4 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS



Skip to article content

मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्सकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्टले "राष्ट्रिय सङ्कट" घोषणा गरेकी छिन्,
  • प्रिमियर ग्लाडिस बेरिजिक्लियनले दक्षिण-पश्चिमी तथा पश्चिमी सिड्नीका लागि भन्दै थप फाइजर खोपहरूको माग गरेकी छिन्,
  • भिक्टोरियामा सङ्क्रमण घट्दै गएको देखिएता पनि प्रिमियर ड्यानिएल एन्ड्रुजले लकडाउन यथा समयमै अन्त्य हुने भनेर अहिल्यै भन्न नसकिने बताएका छन् र
  • १२ देखि १५ वर्ष उमेरका बालबालिकाहरूका लागि फाइजरद्वारा निर्मित खोप स्वीकृत गरिएको छ।

न्यु साउथ वेल्स

बिहीवार राती आठ बजेसम्मको गणना अवधिमा न्यु साउथ वेल्सले कोरोनाभाइरसका थप १३६ सामुदायिक सङ्क्रमणका घटनाहरू दर्ता गरेको छ।

साथै उक्त भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ जसलाई भोलि जारी हुने तथ्याङ्कमा समावेश गरिने छ।

ती १३६ मध्ये ५३ जना समुदायमा सक्रिय रहेको पनि प्रिमियर ग्लाडिस बेरिजिक्लियनले आज सिड्नीमा आयोजित कोभिड-१९ सम्बन्धी पत्रकार सम्मेलनका क्रममा बताएकी छिन्।

बेरिजिक्लियनका अनुसार राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा. केरी चान्टले उनको सरकारलाई हाल न्यु साउथ वेल्समा जारी डेल्टा प्रकोप “राष्ट्रिय सङ्कट” भएको सल्लाह दिएकी छिन्।

यसका साथै उनले हाल राज्यका विभिन्न स्थानहरूमा लागू प्रतिबन्धहरू थप समय लम्बिने बारे पनि सङ्केत गरिन्।

"हामीले सोचेको दिशा तर्फ सङ्क्रमण सङ्ख्याहरू गइरहेका छैनन्, जसरी हामीले आस गरेका थियौँ," प्रिमियर बेरिजिक्लियनले भनिन्।

"अब यो लगभग निश्चित जस्तै नै छ कि अर्को शुक्रवारसम्म सङ्क्रमण सङ्ख्या शून्यमा झर्ने छैन।"

राज्यका अधिकारीहरूले अर्को हप्ता हुने समीक्षा बैठकमा अगस्ट र त्यस पछिका दिनका बारेमा योजना सम्बन्धी छलफल हुने पनि बताएका छन्।

पछिल्ला सङ्क्रमणका स्थानहरू नक्सा वा सूचिमा हेर्नुहोस्।

हाल जारी लकडाउनहरू शुक्रवार - ३० जुलाई रातीको ११:५९ बजेसम्मका लागि लम्ब्याइएको छ।

भिक्टोरिया

भिक्टोरियामा पनि कोभिड-१९ का थप १४ नयाँ सामुदायिक केसहरू स्थानीय अधिकारीहरूले आज बिहान पुष्टि गरेका छन्।

यी मध्ये १० जना आफ्नो सङ्क्रमण कालिन अवस्थाभर नै क्वारेन्टिनमा रहेको र बाँकी ४ जनासँग सोधपुछ हुन बाँकी रहेको पनि अधिकारीहरूको भनाई छ।

यसैबिच मेलबर्नको दक्षिण-पूर्वमा रहेको केअसी अस्पतालमा कार्यरत एक कर्मचारी सङ्क्रामक अवस्थामा छँदा एक सिफ्ट काम गरेको पाइएपछि ४१ अन्य कर्मचारीहरूलाई अस्थायी रूपमा कामबाट हटाइएको छ।

सङ्क्रमितहरुको प्राथमिक सम्पर्कमा रहेका १९,००० भन्दा बढी मानिसहरू भिक्टोरियामा हाल सेल्फ आइसोलेसनमा छन्।

पछिल्ला सङ्क्रमणका स्थानहरू नक्सा वा सूचिमा हेर्नुहोस्।

हाल जारी लकडाउनहरू मङ्गलवार - २७ जुलाई रातीको ११:५९ बजेसम्मका लागि लम्ब्याइएको छ।

अस्ट्रेलियामा गएका २४ घण्टा

साउथ अस्ट्रेलिया तथा क्विन्सल्यान्डमा पनि कोरोनाभाइरसको एक-एक सामुदायिक सङ्क्रमणका मामिलाहरू दर्ता गरिएका छन्।

चालिस वर्ष मुनिका मानिसहरूले फाइजर खोप लगाउन आगामी सेप्टेम्बर वा अक्टोबरसम्म नै कुर्नुपर्ने बताइएको छ।

अस्ट्रेलियाको स्वास्थ्य नियामक संस्था - थेरुपेटिक गुड्स एड्मिनिसट्रेसनले फाइजरद्वारा निर्मित कोभिड-१९ विरुद्धको खोप १२ देखि १५ वर्षसम्मका बालबालिकालाई लगाई दिन स्वीकृति जनाउँदै गर्दा उक्त सरकारी भनाई आएको हो।

इद अल अधा

त्यागको चाड भनेर परिचित इद अल अधा आज शुक्रवार समापन हुँदैछ। 

इदको बेला गरिने धार्मिक पाठ या प्राथनाका बेला आफू तथा समुदायका अन्य सदस्यहरूको सुरक्षा गर्नु एकदमै जरुरी हुन्छ।

 

  • यदि तपाईँ पनि इद मनाउँदै हुनुहुन्छ भने तपाईँले:
  • घरमा नै रहेर प्राथना गर्नुपर्छ
  • ठुला जमघटको आयोजना गर्नु हुँदैन
  • मास्क लगाउनु पर्छ
  • पाठ गर्न आफ्नै आसनको प्रयोग गर्नुपर्छ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्विन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now