कोभिड-१९ अपडेट: न्यु साउथ वेल्समा सेना परिचालित, क्विन्सल्यान्डमा लकडाउन लम्बियो

यो २ अगस्ट २०२१, सोमवारको अस्ट्रेलियाको कोरोनाभाइरस अपडेट हो।

Australian Defence Force personnel and NSW police are seen being deployed from Fairfield Police Station in Sydney, Monday, August 2, 2021.

Australian Defence Force personnel and NSW police are seen being deployed from Fairfield Police Station in Sydney, Monday, August 2, 2021. Source: AAP Image/Mick Tsikas

मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्समा ठूलो सङ्ख्यामा सङ्क्रमित मानिसहरु समुदायमा सक्रिय,
  • क्विन्सल्यान्डको डेल्टा प्रकोपबाट सङ्क्रमित हुने प्राय बालबालिका,
  • भिक्टोरियामा सामुदायिक सङ्क्रमणका थप दुई मामिला र
  • साउथ अस्ट्रेलियामा कोभिड-१९ प्रतिबन्ध केही खुकुलो।

न्यु साउथ वेल्स:

न्यु साउथ वेल्समा सोमवार थप २०७ जनामा कोभिड-१९ को सामुदायिक सङ्क्रमण पुष्टि भएको छ।

हिजो आइतवार बेलुका आठ बजेसम्मको गणना अवधीमा राज्यभर १ लाख १७ हजार भन्दा बढि मानिसहरुको कोरोनाभाइरस परिक्षण गर्दा २०७ जनामा सामुदायिक सङ्क्रमण पुष्टि भएको हो।

प्रिमियर ग्लाडिस बेरिजिक्लियनले सोमवार बिहान सिड्नीमा आयोजित आफ्नो दैनिक कोभिड-१९ अपडेटका क्रममा ती आँकडाहरु सार्वजनिक गरेकी थिइन्।

उनी भन्छिन् कि सङ्क्रमित अवस्थामा सामुदायिक रुपमा सक्रिय मानिसहरुको सङ्ख्या उच्च रहनु चिन्ताको प्रमुख बिषय मध्यको एक हो।

आज घोषणा गरिएका सामुदायिक सङ्क्रमणका २०७ मामिलाहरू मध्य ८९ जना मात्र आफ्नो सङ्क्रमणकालिन अवस्थाको पूर्ण समय आइसोलेसनमा थिए।

प्रिमियर बेरिजिक्लियनका अनुसार सङ्क्रमण हुने मुख्य स्थानहरुमा अझ पनि कार्यस्थल तथा निजी आवासहरू नै अगाडी छन्।

“यो क्रिया लगातार रुपमा देखिएको छ र हामी आउँदा दिनहरूमा यसलाई तोड्ने कोसिसमा छौं,” उनले भनिन्।

यसका साथै न्यु साउथ वेल्स राज्यकी सरकार प्रमुखले सबै सिड्नीवासीहरूलाई खोप लगाउन आग्रह गर्दै भनिन् कि युवाहरू सरकारको विशेष प्राथमिकतामा छन्।

बीस वर्षदेखि ५० वर्षसम्मका मानिसहरु प्राय: घुमफिर गर्न रुचाउने र यताउती बढि गर्ने बताउँदै उनले यी उमेर समुहका व्यक्तिहरू आफू पनि सङ्क्रमित हुने र भाइरसको फैलावटलाई पनि थप विस्तार गरिरहेको उल्लेख गरिन्।

उता, राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्टले कोरोनाभाइरसका कारण न्यु साउथ वेल्समा थप एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेकी छिन्।

आइतवार मृत्यु भएका ती ९० वर्ष कटेका वृद्धले एस्ट्रजेनेका खोपको पहिलो मात्रा लगाएको पनि उनले उक्त पत्रकार सम्मेलनका क्रममा बताइन्।

र योसँगै हाल सिड्नीमा जारी पछिल्लो डेल्टा भेरिएन्ट प्रकोपबाट मृत्यु हुनेको कुल सङ्ख्या १५ पुगेको पनि डा चान्टको भनाई छ।

यसैगरी, समरहील स्थित एक वृद्ध स्याहार केन्द्रको कोभिड-१९ प्रकोपबाट १८ निवासी तथा दुई कर्मचारी सङ्क्रमित भइसकेको पनि उनको भनाई छ।

“यो एक राम्रो पाठ हो, म एज्ड केयरमा रहेका जो कसैलाई पनि खोप लगाउन आग्रह गर्दछु," केेेरी चान्टले योमिङ नर्सिङ होमको प्रकोप बारे बताउँदै भनिन्।

राज्यका खोप केन्द्रहरुको सूचि हेर्नुहोस्।

पश्चिमी सिड्नीका १२ कक्षामा अध्ययनरत् विद्यार्थीहरुलाई फाइजर खोप लगाइदिएर प्रत्यक्ष पठनपाठन सुरू गर्ने निर्णय गरेिसकेको राज्य सरकारले कम उमेरका अन्य विद्यार्थीहरू कहिले विद्यालय फर्किन्छन् भनेर निर्धारण गर्न समुदायमा खोप लगाउने मानिसहरुको सङ्ख्याले निर्धारण गर्ने बताएको छ।

प्रिमियर बेरिजिक्लियनका अनुसार सन् २०२२ लाग्नु पूर्व विद्यालयहरुमा पुन: छात्रछात्राहरू देखिनेमा उनी विश्वस्त छिन्।

आजैदेखि अस्ट्रेलियन डिफेन्स फोर्स अन्तर्गतका झन्डै ३०० सैनिकहरू न्यु साउथ वेल्स प्रहरीलाई "स्थानीय क्षेत्रहरूमा खाद्यान्न पार्सल वितरण गर्न, ढोका ढकढकाउन र नियमहरूको पालना भएको जाँच गर्न" सहयोग गरिरहेका छन्। सेना सशस्त्र छैन।

क्विन्स्ल्यान्ड

क्विन्स्ल्यान्डमा पछिल्लो २४ घन्टा सामुदायिक सङ्क्रमणका थप १३ नयाँ मामिलाहरू दर्ता गरिएको राज्यका डेपुटी प्रिमियर स्टिभन माइल्सले सोमवार बताएका छन्।

ब्रिसबेनमा आयोजित कोभिड-१९ अपडेट सम्बन्धि पत्रकार सम्मेलनका क्रममा उनले उक्त जानकारी दिएका हुन्।

उनी भन्छन् कि ती सङ्क्रमित मध्ये अधिकाँस १० वर्षभन्दा कम उमेरका बालबालिका छन्।

केही दिन यता सुरू भएको क्विन्सल्यान्डको डेल्टा प्रकोपमा हालसम्म कुल ३१ जना सामुदायिक रुपमा सङ्क्रमित भइसकेको पनि राज्यका अधिकारीहरूको भनाइ छ।

उता, क्विन्सल्यान्डका ट्रेजरर क्यामरन डिकले २६ करोड डलर बराबरको राहत प्याकेजको घोषणा गरेका छन्।

राज्यमा हाल जारी प्रतिबन्धात्मक आदेशहरुका कारण साना तथा मझौला व्यापार-व्यवसायहरुलाई पर्न गएको असर न्युनिकरण गर्न उक्त राहत योजना अघि सारिएको उनको भनाई थियो।

आगामी ८ अगस्ट, आइतवारसम्मका लागि लम्ब्याइएको लकडाउन राज्यको राजधानी शहर ब्रिसबेन लगायत गोल्ड कोस्ट, इप्सविच, लक्य भ्याली, लोगन, मोरेटन बे, नूसा, रेडल्यान्ड, सेनिक रीम, सोमरसेट र सनसाइन कोस्टमा लागू छ।

क्विन्सल्यान्डका सङ्क्रमित स्थानहरुको पूर्ण सूचि हेर्नुहोस्।

अस्ट्रेलियाका अन्य राज्य तथा प्रदेशहरू

भिक्टोरियामा गएका २४ घन्टामा सामुदायिक सङ्क्रमणका थप दुई मामिलाहरु दर्ता गरिएका छन्।

आज पुष्टि गरिएका दुवै सङ्क्रमित मानिसहरु आइसोलेसनमा रहेको स्थानिय अधिकारीहरुको भनाई छ।

यी मामिलाहरु पनि हाल राज्यमा जारी डेल्टा प्रकोपसँग सम्बन्धित रहेको पनि बताइएको छ।

यसै गरी साउथ अस्ट्रेलियामा मास्कको प्रयोग हाललाई अनिवार्य नै रहेता पनि निश्चित दर्शक सङ्ख्या तोकेर स्पर्धात्मक खेलकुद आयोजना गर्न छूट गरिएको छ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्विन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


5 min read

Published

Updated

Presented by SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now