मुख्य बुँदाहरू:
- रिजनल न्यु साउथ वेल्समा अगस्ट २८ तारिखसम्म लम्बियो लकडाउन,
- भिक्टोरियामा ठुलो मात्रामा स्थानीय सङ्क्रमण पुष्टि,
- महामारी सुरु भएयता मेलबर्नमा आज लकडाउनको २००औँ दिन,
- अस्ट्रेलियन क्यापिटल टेरिटरीमा ९ सङ्क्रमितको स्रोत अज्ञात र
- क्वीन्सल्यान्ड एवं नर्दर्न टेरिटरीमा कोभिड-१९ सङ्क्रमणका थप मामिला फेला परेनन्।
न्यु साउथ वेल्स
बुधवार बेलुका आठ बजेसम्मको गणना अवधिभर न्यु साउथ वेल्समा कोरोनाभाइरसका थप ६८१ सामुदायिक सङ्क्रमण मामिलाहरू पुष्टि गरिएका छन्।
साथै, सोही अवधिमा थप एक मानिसको पनि कोभिड-१९ सङ्क्रमणका कारण मृत्यु भएको प्रिमियर ग्लाडिस बेरिजिक्लियनले बताएकी छिन्।
प्रिमियरका अनुसार ज्यान गुमाउने उक्त ८० वर्ष कटेका वृद्धले कोभिड-१९ विरुद्धको खोपको पहिलो मात्रा मात्रै लगाएका र उनको स्वास्थ्यमा अन्य समस्याहरू पनि पहिलेदेखि नै थियो।
खोप दर उच्च हुँदा मानिसहरूले थप स्वतन्त्रताको महसुस गर्न पाउने समेत उनको भनाई छ।
प्रिमियर बेरिजिक्लियनका अनुसार राज्यमा खोपका लागि योग्य मानिसहरूको ७० प्रतिशतले अक्टोबर मसान्तसम्ममा र ८० प्रतिशतले नोभेम्बरको मध्यसम्ममा खोप लगाइसक्ने सरकारी अनुमान छ।
उनले मेरील्यान्ड्स, गीलफर्ड, अबर्न, ग्रानभील, लिडकम्ब, ग्रीनएकर र ब्ल्याकटाउनका बासिन्दाहरूलाई सतर्क रहन भन्दै घरबाट निस्कँदासाथ कि तपाईँसँग कि तपाईँको सम्पर्कमा आउने अन्य मानिससँग भाइरस छ भनेर सोच्नुपर्ने बताएकी छिन्।
यसै गरी उनले आगामी २८ तारिखसम्मका लागि रिजनल न्यु साउथ वेल्समा हाल लागू लकडाउन पनि लम्ब्याइएको घोषणा गरेकी छिन्।
प्रिमियर बेरिजिक्लियन भन्छिन् कि पश्चिमी न्यु साउथ वेल्समा अझै पनि नयाँ सङ्क्रमितहरू देखिने क्रम जारी रहनुका साथै त्यहाँ प्रमुख रूपले स्थानीय आदिवासी समुदायलाई भाइरसले सताएको छ।
"रिजनल न्यु साउथ वेल्सका अधिकांश स्थानहरूमा सङ्क्रमण नै छैनन्," उनले भनिन्।
"तर, सबै जना हामीले सावधानी अपनाएको हेर्न चाहन्छन् किनभने हामी क्षेत्रीय भूभागमा सङ्क्रमण शून्यमा झार्न सक्ने अवस्थामा छौँ।"
उता, राज्य प्रहरीका डेपुटी कमिस्नर ग्यारी वर्बोइजले गए रातीसम्मको २४ घन्टे अवधिमा कोरोनाभाइरस सम्बन्धी स्वास्थ्य प्रतिबन्धहरू तोडेको आरोपमा ६७१ जनालाई जरिमानाको पुर्जी थमाइएको बताएका छन्।
उनी भन्छन् कि फुटबल खेलिरहेका मानिसहरूको एक समूह पनि ती ६७१ मध्येका हुन्।
यसै गरी बोन्डाईबाट दक्षिण-पश्चिमी सिड्नी कथित रूपमा चार पटकसम्म यात्रा गरेका एक मानिस विरुद्ध अदालतमा मुद्दा हालिलएको पनि वर्बोइजको भनाई छ।
प्रहरी र सरकारलाई प्रतिबन्धात्मक आदेशहरूको अनुगमन गर्न सजिलो होस् भनेर यस्तो पर्मिट प्रणाली सुरु गरिएको उनको भनाई छ।
भिक्टोरिया
राज्यका अधिकारीहरुका अनुसार ती मध्ये तीन सङ्क्रमितको हाल जारी कुनै पनि प्रकोपसँग सम्बन्ध स्थापना गर्न सकिएको छैन।
प्रिमियर ड्यानिएल एन्ड्रूज भन्छन् कि ती ५७ मध्ये जम्मा १३ सङ्क्रमित मात्र समुदायमा सक्रिय थिए।
"यो निकै राम्रो कुरा हो," उनले भने।
"मलाई थाहा छ कि ५७ ठुलो अङ्क जस्तो देखिन्छ तर यी मध्ये धेरै जना आइसोलेसनमा बसेका मानिसहरू हुन्; हामीले खोजेको पनि यही नै हो...कि सङ्क्रमित मानिसहरू बाहिर समुदायमा घुमफिर नगरुन्।"
उता राज्यका उप-प्रमुख स्वास्थ्य अधिकारी बेन कोवीले भने ढलको परीक्षण गर्दा राज्यको उत्तर-पूर्वमा रहेको शेपर्टन र पश्चिमी मेलबर्न स्थित आर्डिएरमा कोरोनाभाइरसका जीवाणुहरू फेला परेको बताएका छन्।
उनले ती स्थानका बासिन्दाहरूलाई परीक्षणका लागि अगाडि आउन पनि आग्रह गरे।
एन्ड्रूजले भने लाखौँको सङ्ख्यामा खोपहरू उपलब्ध भएको भन्दै मानिसहरूलाई खोप लगाउने समय लिन आग्रह गर्दै भने कि अनलाइन गएर समय बुक गर्नुहोस्।
- भिक्टोरियाली खोप केन्द्रहरु बारे आधिकारिक जानकारी यहाँ छ।
- भिक्टोरियाली सङ्क्रमण स्थानहरूको पछिल्लो सूची हेर्नुहोस्।
अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)
यसका साथै एसीटीमा हाल जारी कोरोनाभाइरस प्रकोपबाट ८३ जना मानिस सङ्क्रमित भइसकेका छन्।
क्यानबेरामा रहेका लाइट रेल, बस रुटहरू, एक बाल स्याहार तथा अध्ययन केन्द्र र डाक्टरको क्लिनिक लगायत सङ्क्रमित स्थानको सूचिमा थप गरिएको पनि स्थानीय अधिकारीहरूको भनाई छ।
हाल एसीटीमा कार्यरत करिब ६०० स्वास्थ्यकर्मीहरू भाइरसका कारण आइसोलेसनमा बस्न बाध्य हुँदा स्थानीय अस्पताल तथा अन्य स्वास्थ्य सेवा दबाबमा रहेको बताइएको छ।
क्वीन्सल्यान्ड
बितेका २४ घण्टा यता क्वीन्सल्यान्डमा कोरोनाभाइरस सङ्क्रमणका कुनै पनि घटनाहरू नभएको राज्य अधिकारीहरूको भनाई छ।
तर, केही हप्ता पहिले पश्चिमी ब्रिसबेनमा रहेको इन्दूरूपिल्ली हाई स्कूलबाट सुरु भएको भनिएको कोभिड-१९ क्लस्टरसँग सम्बन्धित झन्डै १,८०० मानिसहरू अझै पनि क्वारेन्टिनमा नै छन्।
राज्यकी प्रमुख स्वास्थ्य अधिकारी ज्यानेट यङका अनुसार ती आइसोलेसनमा रहेका मानिसहरूमा सङ्क्रमण देखिने सम्भावना अझै छ।
उता, प्रिमियर अनास्टेसिया पलाशेले भने राज्यका केही दक्षिण-पूर्वी हिस्सामा बसोबास गर्ने समुदायका नेतृत्व वर्गलाई आ-आफ्नो समुदायका सदस्यहरूलाई खोप लगाउन जान प्रोत्साहन गरिदिन आग्रह गरेकी छिन्।
राज्यमा बसोबास गरिरहेका मानिसहरू मध्ये जम्मा २२ प्रतिशत मानिसहरूले मात्र कोभिड-१९ विरुद्ध खोपका दुवै मात्रा लगाएको र पहिलो मात्रा पाउनेको सङ्ख्या पनि ४४ प्रतिशत रहनुमा खोप आपूर्ति पनि एक प्रमुख कारण रहेको उनको भनाई छ।
नर्दर्न टेरिटरी
तर, क्याथरिनमा लागू लकडाउन भने भोलि मध्यान्नसम्मका लागि लम्ब्याइएको प्रदेशका मुख्यमन्त्री माइकल गनरको भनाई छ।
उनी भन्छन् कि डार्विनमा लकडाउन अन्त्य गरिएता पनि केही प्रतिबन्धहरू अझै केही समय लागू रहनेछन्।
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी
क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: यात्रा, पारवाहन र क्वारेन्टिन
- भिक्टोरिया: यात्रा अनुमति, विदेशबाट आउने यात्रु र क्वारेन्टिन
- एसीटी: यात्रा र क्वारेन्टिन
- नर्दर्न टेरिटरी: यात्रा र क्वारेन्टिन
- क्वीन्सल्यान्ड: यात्रा र क्वारेन्टिन
- साउथ अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
- टास्मेनिया: यात्रा र क्वारेन्टिन
- वेस्टर्न अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दर्न टेरिटरी, एसीटी, टास्मेनिया ।
नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ।
न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।
