SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: न्यु साउथ वेल्समा सङ्क्रमण सङ्ख्याको नयाँ रेकर्ड, भिक्टोरियाको खोप लक्ष अनुमानित समय अगावै पुरा हुने

यो शनिवार, ४ सेप्टेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो

NSW Police and Australian Defence Force personnel at Olympic Park, Sydney
Source: AAP/Dan Himbrechts

4 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS



Skip to article content

 मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्समा कोभिड-१९ को अहिले सम्मकै सबैभन्दा बढी मामिलाहरू दर्ता
  • भिक्टोरियामा १९० सङ्क्रमण पुष्टि र खोप लगाउनेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि
  • एसीटी यस सप्ताह अन्त्य सम्ममा खोपको कम्तीमा एक डोज लगाउनेहरूको सङ्ख्या ७० प्रतिशत पुग्ने
  • दक्षिण अस्ट्रेलियामा दुई वटा पबहरूलाई सङ्क्रमणको जोखिम भएको स्थानमा राखियो

 न्यु साउथ वेल्स 

न्यु साउथ वेल्समा थप १,५३३ नयाँ स्थानीय मामिलाहरू रेकर्ड गरिएको छ भने सङ्क्रमणका कारण ४ जनाको मृत्यु भएको छ।

सङ्क्रमित मध्ये १७३ जनाले सघन उपचार कक्षमा उपचार गराई रहेका छन् त्यस्तै भेन्टिलेटरमा ६२ जना रहेका छन्।

स्वास्थ्य मन्त्री ब्राड हजार्डले ७२ प्रतिशत खोप लगाउन योग्यहरूको सूचिमा रहेकाहरूले पहिलो डोज खोप लगाइसकेको जानकारी दिएका छन्। र खोपको पुरा डोज लगाउनेहरू ४० प्रतिशत भन्दा केही मात्र कम रहेको उनको भनाइ छ।

अधिकारीहरूले १२ अत्यन्त जोखिम युक्त भनिएका स्थानीय सरकार क्षेत्रमा कार्यरत प्रहरी र आकस्मिक सेवाका कर्मचारीहरूलाई यही सप्ताह अन्त्यमा खोप लगाउन आह्वान गरेका छन्।

आफ्नो खोपको अपोइन्टमेन्ट बुक गर्न यहाँ क्लिक गर्नुहोस्।

भिक्टोरिया

भिक्टोरियामा १९० नयाँ स्थानीय मामिलाहरू रेकर्ड गरिएको छ। जसमध्ये १०३ हाल जारी रहेको सङ्क्रमणसँग नै सम्बन्धित रहेको र अन्य ८७ को सङ्क्रमण स्रोत बारे छानबिन भइरहेको बताइएको छ।

राज्यमा ७० प्रतिशतले खोपको पहिलो डोज लगाउने भनी राखिएको लक्षको अनुमानित समय भन्दा अगावै सो सङ्ख्या पुग्ने आशा गरिएको छ। यसैबिच रोजगार मन्त्री मार्टिन पकुलाले व्यवसायहरूलाई प्रदान गरिएको सहयोग कार्यक्रमलाई लम्ब्याइने घोषणा गरेका छन्।

आफू नजिकको खोप केन्द्र थाहा पाउन यहाँ क्लिक गर्नुहोस्। 

पछिल्लो २४ घण्टामा अस्ट्रेलियामा

१२ वर्ष माथिका बालबालिकाहरूको लागी कोभिड-१९ विरुद्धको मोडेर्ना खोपलाई उपचार सामाग्रीहरूको नियामक निकायद्वारा स्वीकृति प्रदान

राजधानी अस्ट्रेलियन क्यापिटल टेरिटरी मा ३२ नयाँ केसहरू पुष्टि भएका छन्। जसमध्ये १९ जना सङ्क्रमित समयमा समुदायमा नै सक्रिय रहेका थिए। र यही सप्ताह अन्त्य सम्ममा एसीटीका ७० प्रतिशत जनसङ्ख्याले खोपको एक डोज लगाइसक्ने लक्ष पुरा हुने देखिएको छ।

क्वीन्सल्याण्डमा एक नयाँ स्थानीय सङ्क्रमण रेकर्ड गरिएको छ जो चार वर्षीय बालिका रहेकी छन्।

दक्षिण अस्ट्रेलियाको स्वास्थ्य विभागले एडिलेडको उत्तरमा अवस्थित दुई पबमा न्यु साउथ वेल्सबाट गएका ट्रक चालक गएको बताइएको छ र उनमा पछि कोभिड-१९ सङ्क्रमण भएको पाइएको थियो। सो स्थानमा जाने जो कोही र उनीहरूको सम्पर्कमा आएका परिवारका व्यक्तिहरू पनि आइसोलेसनमा बस्न निर्देशन दिइएको छ। 

COVID-19 myths
Source: SBS

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now