मुख्य बुँदाहरू:
- न्यु साउथ वेल्समा १२ देखि १५ वर्षका बालबालिकाहरूको एक-तिहाइले खोपको पहिलो मात्रा लगाए,
- भिक्टोरियामा थप मोर्डना खोप उपलब्ध र
- एसीटीमा सङ्क्रमित स्थानहरूको सूचि लम्बियो।
न्यु साउथ वेल्स
बिहीवार राती आठ बजेसम्म न्यु साउथ वेल्समा कोरोनाभाइरस स्थानीय सङ्क्रमणका थप १,०४३ नयाँ मामिलाहरू दर्ता भएका छन्।
सोही अवधिमा थप ११ राज्यवासीको कोभिड-१९ सङ्क्रमणका कारण मृत्यु भएको छ।
कोरोनाभाइरस सम्बन्धी जटिलताका कारण राज्यभरका अस्पतालमा हाल १,१८६ जना भर्ती रहेको पनि प्रिमियर ग्लाडिस बेरिजिक्लियनले पुष्टि गरेकी छिन्।
उनी भन्छिन् कि ती मध्ये २३२ जना सघन उपचार गराइरहेका बिरामीहरु हुन् भने ११० लाई भेन्टिलेटरमा राखिएको छ।
“हाम्रो भावी योजनाका लागि यो निकै राम्रो कुरा हो,” उनले सिड्नीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भनिन्।
तर उनले खोप लगाइसकेपछि पनि सतर्कता कायमै राख्न जरुरी रहेको बताएकी छिन्।
प्रिमियर भन्छिन् कि पूर्ण मात्रा खोप लगाइसकेका मानिसहरू पनि कमजोर र अन्य स्वास्थ्य समस्याका कारण बिरामी पर्न सक्छन्।
यसै गरी ग्लाडिस बेरिजिक्लियनले राज्यका योग्य बासिन्दाहरूको ८० प्रतिशतले खोपका दुवै मात्रा लगाइसकेपछि, सिड्नी विमानस्थलबाट हजारौँको सङ्ख्यामा पूर्ण मात्रा खोप लगाइसकेका अस्ट्रेलियालीहरूलाई, स्वागत गर्न सहजता प्रकट गरेकी छिन्।
साथै, अस्ट्रेलियाली अधिकारीहरूद्वारा मान्यता प्रदान गरिएको खोपको दुवै मात्रा लगाएका र एक परीक्षण कार्यक्रममा भाग लिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई न्यु साउथ वेल्स आउन दिने पनि राज्य सरकारले बताएको छ।
हाल अस्ट्रेलियामा मान्यता प्राप्त खोपहरूमा एस्ट्राजेनेका, फाइजर, जोन्सन एन्ड जोन्सन र मोर्डनाद्वारा निर्मित खोपहरू सूचिकृत छन्।
"त्यसैले हामी के प्रोत्साहित गर्छौँ भने जो कोही भविष्यमा हाम्रो अन्तर्राष्ट्रिय विद्यार्थी कार्यक्रम को हिस्सा बन्न चाहन्छन्, उनीहरूले हाम्रा अधिकारीहरूद्वारा प्रभावकारी मानिएको खोप लगाउन्।”
उता, कोभिड-१९ सङ्क्रमण पुष्टि नभएको लाइटनिङ रिज, जिन्डाबाइन, क्रूकवेल र साउथ लिजमोरका ढलमा भाइरस देखा परेपछि अधिकारीहरूले ती स्थानमा बसोबास गर्ने राज्यवासीहरूलाई कोरोनाभाइरसको लक्षण देखा पर्नासाथ परीक्षण गराउन आग्रह गरेका छन्।
राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्टले इलावारा क्षेत्रमा सङ्क्रमितहरूको सङ्ख्या बढ्दै जानुलाई अधिकारीहरूले गम्भीरताका साथ लिएको बताएकी छिन्।
आज पुष्टि गरिएका १,०४३ मामिला मध्ये १०३ उक्त क्षेत्रका सङ्क्रमित हुन्।
भिक्टोरिया
मध्यरातसम्मको २४ घण्टामा भिक्टोरियामा कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप ७३३ नयाँ मामिलाहरू थपिएका छन्।
राज्यका स्वास्थ्य मन्त्री मार्टिन फोलीका अनुसार उक्त सङ्ख्याको ८४ प्रतिशत सङ्क्रमित मानिसहरू ५० वर्षभन्दा कम उमेरका हुन्।
“यो प्रकोपले खोप नगाएका र युवा अवस्थाका मानिसहरूलाई बढी प्रभावित गरेको छ,” उनले भने।
फोलीका अनुसार हाल भिक्टोरियाली अस्पतालहरूमा २९७ जना कोरोनाभाइरस सम्बन्धी जटिलताका कारण भर्ती छन् जसमा ६६ जना आइसियुमा र तिनमा पनि ४६ बिरामी भेन्टिलेटरमा छन्।
भिक्टोरियाका योग्य बासिन्दाहरूको ८० प्रतिशतले आगामी हप्ता खोपको पहिलो मात्रा लगाइसक्ने पनि उनले बताएका छन्।

यस अघि आउँदो आइतबार उक्त लक्ष्य प्राप्त हुने आसा राज्य सरकारको थियो।
तर भिक्टोरियाली स्वास्थ्य मन्त्रीले यसबाट आफू निराश भने नभएको उल्लेख गर्दै भने कि यो हप्ता रेकर्ड तोड सङ्ख्यामा राज्यवासीहरू खोप लगाउन आएका छन्।
आउँदो हप्ताहरूमा राज्यभरका ७०० भन्दा बढी औषधि पसलहरूले तीन लाखभन्दा पनि बढी मोर्डना खोप पाउने बताउँदै उनले करिब ३२ हजार जति थप मात्रामा उक्त खोप विभिन्न अस्थायी खोप केन्द्रहरूबाट १२ देखि ५९ वर्ष उमेरका मानिसहरूलाई लगाउन प्रबन्ध गरिएको समेत जानकारी दिए।
राज्यका प्रमुख स्वास्थ्य अधिकारी प्रोफेसर ब्रेट सटनले भने रिजनल भिक्टोरियामा सङ्क्रमण स्थिर रूपमा बढ्दै गरेको बताएका छन्।
- भिक्टोरियाली खोप केन्द्रहरु बारे आधिकारिक जानकारी यहाँ छ।
- भिक्टोरियाली सङ्क्रमण स्थानहरूको पछिल्लो सूची हेर्नुहोस्।
अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)
क्यानबेरामा पछिल्लो २४ घण्टामा कोभिड-१९ स्थानीय सङ्क्रमणका थप १९ नयाँ मामिलाहरू दर्ता भएका छन्।
क्याभ्लरी हेडन रिटायरमेन्ट कम्युनिटीमा कार्यरत एक नर्स जसले दुवै मात्रा खोप लगाएकी थिइन, उनी पनि आज पुष्टि गरिएका नयाँ सङ्क्रमित मध्येकी एक हुन्।

मुख्यमन्त्री एन्ड्रु बार्रका अनुसार ती मध्ये १२ जनाको सङ्क्रमण स्रोत पत्ता लागिसकेको छ र यसै गरी १३ सङ्क्रमित समुदाय सक्रिय रहेका थिए।
उनी भन्छन् कि नयाँ थपिएका प्राय सङ्क्रमितहरू घर भित्रैका अन्य सदस्यहरू हुन्।
हाल एसीटीमा झन्डै ४५० जतिको सङ्ख्यामा सङ्क्रमित स्थानहरू छन्।
क्वीन्सल्यान्ड
क्वीन्सल्यान्ड हेल्थले राज्यमा पछिल्लो २४ घण्टा भित्र कोभिड-१९ सङ्क्रमणका कुनै पनि नयाँ मामिला दर्ता नभएको बताएको छ।
उता, पछिल्लो सरकारी आँडाकाका अनुसार ६२.१४ प्रतिशत योग्य क्वीन्सल्यान्डवासीहरूले कोरोनाभाइरस विरुद्ध खोपको पहिलो मात्रा लगाइसकेका छन् भने दुवै मात्रा लगाउनेको अनुपात ४३.३६ प्रतिशत रहेको छ।
पछिल्लो २४ घण्टामा मात्रै २२,८०० बासिन्दाहरूले खोप लगाएको भन्दै डेपुटी प्रिमियर स्टिभन माइल्सले प्रसन्नता व्यक्त गरेका छन्।
उनी भन्छन् कि क्वीन्सल्यान्डको मास्क सम्बन्धी व्यवस्था थप दुई हप्ताका लागि केही परिमार्जनहरू सहित लम्ब्याइएको छ।
“राज्यवासीहरूले बस्दा अब मास्क लगाइराख्नु जरुरी छैन,” उनले भने।
“खाना खाने र पिउनु बेलसम्म मास्क लगाइराख्नुपर्ने बाध्यता हटेको छ।”
मास्क सम्बन्धी परिवर्तित नियम स्कूले विद्यार्थीहरूका लागि पनि लागू हुने माइल्सको भनाई छ।
टास्मेनिया
टास्मेनियाको होम क्वारेन्टिन परीक्षण आजबाट सुरु हुँदैछ।
सो कार्यक्रममा भाग लिने मानिसहरूले कोभिड-१९ परीक्षण गर्दा नेगेटिभ नतिजाका साथै विमानस्थलबाट आफ्नो निवाससम्म जाँदा सार्वजनिक यातायातका साधनको सट्टा निजी सवारी प्रयोग गर्नुपर्ने लगायतका शर्तहरुको पालना गर्नुपर्ने बताइएको छ।
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी
क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: यात्रा, पारवाहन र क्वारेन्टिन
- भिक्टोरिया: यात्रा अनुमति, विदेशबाट आउने यात्रु र क्वारेन्टिन
- एसीटी: यात्रा र क्वारेन्टिन
- नर्दर्न टेरिटरी: यात्रा र क्वारेन्टिन
- क्वीन्सल्यान्ड: यात्रा र क्वारेन्टिन
- साउथ अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
- टास्मेनिया: यात्रा र क्वारेन्टिन
- वेस्टर्न अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दर्न टेरिटरी, एसीटी, टास्मेनिया ।
नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ।
न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।
