SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: सङ्क्रमणका कारण अस्ट्रेलियाभर ४२ जनाको मृत्यु, न्यु साउथ वेल्समा एन्टीजेनमा पोजेटिभ देखिए अनिवार्य दर्ता गर्नु पर्ने

यो जनवरी १२, २०२२ को कोरोनाभाइरस अपडेट हो।

Paramedics tending to their ambulance outside St Vincent hospital in Melbourne.
Paramedics tending to their ambulance outside St Vincent hospital in Melbourne. Source: AAP

2 min read

Published

Updated



Skip to article content


  • न्यु साउथ वेल्स र भिक्टोरियामा गरी एकै दिन ४२ जना सङ्क्रमितको मृत्यु।
  • न्यु साउथ वेल्सका बासिन्दाले ऱ्यापिड एन्टीजेनमा पोजेटिभ देखिए सर्भिस न्यु साउथ वेल्सको एप मार्फत अनिवार्य रिपोर्ट दाखिला गर्नु पर्ने, दर्ता नगरे १९ जनवरी देखि लागु हुने गरी १,००० अस्ट्रेलियन डलर जरिवाना।
  • न्यु साउथ वेल्समा आज मृत्यु भएका मध्ये एक जना ३० वर्ष उमेर समूहका, आज राज्यमा ३४,७५९ नयाँ केस दर्ता।
  • मुख्य स्वास्थ्य अधिकारी केरी च्यान्टका अनुसार न्यु साउथ वेल्समा भेटिएका अधिकांस सङ्क्रमितमा ओमिक्रन भेरीएन्ट।
  • भिक्टोरियामा ४०,१२७ जना सङ्क्रमित, २१ जनाको सङ्क्रमणबाट मृत्यु।
  • भिक्टोरियामा कोभिड-१९ को उपचार गराइरहेका मानिसहरूको सङ्ख्या ९४६ पुग्यो, ११२ जना सघन उपचार कक्षमा, ३१ जनाको भेन्टीलेटरमा उपचार हुँदै।
  • क्वीन्सल्याण्डमा अस्पताल भर्ना हुनेको सङ्ख्या ५२५, सघन उपचार कक्षमा ३० जना, आठ जनाको भेन्टीलेटरमा उपचार हुँदै।
  • कोभिड-१९ ले निम्त्याएको आपूर्ति समस्या र आइसोलेसनका विषयमा व्यवसायी र सङ्घीय मन्त्रीहरू बिचको संवाद आज पनि जारी।
  • विश्व स्वास्थ्य सङ्गठनका विज्ञहरूको कोभिड–१९ का नयाँ भेरीएन्टहरु सँग लड्न सङ्क्रमण रोक्ने नयाँ खोपको विकासमा जोड दिनु पर्ने भनाई।
  • युरोपका लागि विश्व स्वास्थ्य सङ्गठनका निर्देशक ह्यान्स क्लुगद्धारा आगामी ६ देखि आठ हप्ताका बिचमा आधा भन्दा बढी युरोपेली जनसङ्ख्या ओमिक्रनबाट सङ्क्रमित बन्ने अवस्था रहेको भनाई।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

कोभिड-१९ सङ्क्रमणका पछिल्ला तथ्याङ्कहरू:

न्यु साउथ वेल्समा आज ३४,७५९ जनामा सङ्क्रमण २१ जनाको मृत्यु।

भिक्टोरियामा ४०,१२७ जना सङ्क्रमित र २१ जनाको मृत्यु, सङ्क्रमित मध्ये १८,४३४ जना एन्टीजेन परीक्षणबाट पत्ता लाग्यो।

क्वीन्सल्याण्डमा २२,०६९ सङ्क्रमण पुष्टि, सङ्क्रमित मध्ये ३,९८५ जना एन्टीजेन परीक्षणबाट पत्ता लाग्यो।

टास्मेनियामा १,५८३ जना सङ्क्रमित।

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now