SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: भिक्टोरियाद्वारा २ करोड १० लाख डलर खर्चिने खोप अभियानको घोषणा गर्दै गर्दा न्यु साउथ वेल्सले खोपको ८० प्रतिशत लक्ष्य पूरा

यो मङ्गलवार, १९ अक्टोबर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Picha za wafanyakazi wa mstari wa mbele zamulikwa kwenye paa za Sydney Opera House na umma wa NSW ulio chanjwa kuadhimisha kufikisha lengo la 80% ya chanjo.
Picha za wafanyakazi wa mstari wa mbele zamulikwa kwenye paa za Sydney Opera House na umma wa NSW ulio chanjwa kuadhimisha kufikisha lengo la 80% ya chanjo. Source: AAP/DEAN LEWINS

4 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS



Skip to article content

मुख्य बुँदाहरू:

  • भिक्टोरियाद्वारा खोप दर बढाउन २ करोड १० लाख डलर बराबरको अभियान सुरु गर्ने,
  • रिजनल न्यु साउथ वेल्समा सङ्क्रमण सङ्ख्या बढ्नु चिन्ताको विषय र
  • एसीटीद्वारा प्रतिबन्धहरू थप खुकुलो पारिएको घोषणा।

 


भिक्टोरिया

मध्यरातसम्मको २४ घण्टामा भिक्टोरियाले कोभिड-१९ स्थानीय सङ्क्रमणका थप १,७४९ नयाँ मामिलाहरू दर्ता गरेको छ भने सोही अवधिमा थप ११ भिक्टोरियालीहरूको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ।

पछिल्लो सरकारी तथ्याङ्क अनुसार १६ वर्षमाथिका ८९.४ प्रतिशत योग्य बासिन्दाहरूले खोपको पहिलो मात्रा लगाइसेका छन्।

यसै गरी योग्य भिक्टोरियालीहरूको ६७.२ प्रतिशतले खोपको दुवै मात्रा पाइसकेको बताइएको छ।

थप भिक्टोरियालीहरूलाई खोप लगाउन प्रोत्साहन गर्न भन्दै आज भिक्टोरियाली प्रिमियर ड्यानिएल एन्ड्रुजले २१ मिलियन डलर अर्थात् २ करोड १० लाख डलर खर्चिने एक अभियानको घोषणा गरेका छन्।

उनका अनुसार थप अस्थायी प्रकृतिका “पप-अप” खोप केन्द्रहरूको स्थापना, बुकिङ सहज तुल्याउन, यात्रा र समुदायलाई खोप लगाउन आवश्यक पर्ने अन्य वैकल्पिक सुविधाहरूका लागि उक्त रकम खर्च गरिनेछ।

एन्ड्रुजले आफ्नो राज्यका योग्य बासिन्दाहरूको ७० प्रतिशतले खोपको दुवै मात्रा लगाइसकेपछि आइसोलेसनमा बस्नु पर्ने समयावधि घटाइने पनि पुष्टि गरेका छन्।

न्यु साउथ वेल्स

सोमवार राती आठ बजेसम्मको गणना अवधिभर न्यु साउथ वेल्सले कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप २७३ नयाँ मामिलाहरू दर्ता गरेको छ।

राज्यको स्वास्थ्य विभागका अनुसार सोही अवधिमा थप चार जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गएको छ।

न्यु साउथ वेल्सका १२ देखि १५ वर्ष उमेरका बालबालिकाहरूको कुल सङ्ख्याको झन्डै ७५ प्रतिशतले खोपको पहिलो मात्रा लगाइसकेका छन् र ३५.५ प्रतिशतले दुवै मात्रा खोप पाइसकेको सरकारी आँकडा छ।

सोह्र वर्ष र सोभन्दा माथिका बासिन्दाहरूमा चाहिँ ८० प्रतिशतले खोपको पुरा मात्रा लगाइसकेका छन्।

तर, राज्यको क्षेत्रीय इलाकाहरूमा कोरोनाभाइरस सङ्क्रमण बढ्दै जानु चिन्ताजनक रहेको न्यु साउथ वेल्सकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्टले बताएकी छिन्।

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

पछिल्लो २४ घण्टामा एसीटीले कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप २४ नयाँ मामिलाहरू दर्ता गरेको छ।

आफ्नो १२ वर्ष उमेरभन्दा माथिका बासिन्दाहरूको ८० प्रतिशतले खोपको दुवै मात्रा लगाएपछि प्रतिक्रिया स्वरूप प्रदेश सरकारले कोभिड-१९ प्रतिबन्धहरू थप खुकुलो पारिएको बताएको छ।

बिहीवार, २१ अक्टोबर राती ११:५९ बजेदेखि एसीटीका सबै खाले खुद्रा पसलहरू खुल्न सक्ने गरी प्रतिबन्धहरू परिमार्जन भएको हो।

क्वीन्सल्यान्ड

आफ्नो योग्य जनसङ्ख्याको ७०, ८० र ९० प्रतिशतले खोपको दुवै मात्रा लगाउँदा आन्तरिक तथा बाह्य यात्रा कसरी सुचारु हुनेछन् भनेर क्वीन्सल्यान्ड सरकारले आफ्नो एक योजना सार्वजनिक गरेको छ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ। 


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now