SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: न्यु साउथ वेल्समा आदिवासी समुदाय र भिक्टोरियामा १२ कक्षाका विद्यार्थीलाई खोप लगाउन जोड

यो मङ्गलवार, ७ सेप्टेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Australian Wiradjuri elder been vaccinated
Source: AAP Image/Dan Himbrechts

5 min read

Published

By SBS/ALC Content

Source: SBS



Skip to article content

मुख्य बुँदाहरू:

  • बृहत् सिड्नीमा बस्ने अस्थायी भिसामा रहेका बासिन्दाहरूलाई रेड क्रसद्वारा अनुदान प्रदान गरिने,
  • भिक्टोरियामा १२ कक्षामा अध्ययनरत विद्यार्थीहरू खोपको प्राथमिकतामा,
  • क्यानबेरामा बस्ने शारीरिक रूपमा अशक्तहरूका लागि थप खोप तथा परीक्षणको मौका र
  • साउथ अस्ट्रेलिया र क्वीन्सल्यान्डमा शून्य सामुदायिक सङ्क्रमण।

न्यु साउथ वेल्स

न्यु साउथ वेल्सले १,२२० नयाँ स्थानीय सङ्क्रमण तथा आठ थप मृत्यु दर्ता गरेको छ।

यो तथ्याङ्क हिजो बेलुका आठ बजेसम्मको हो।

सेन्ट भिन्सेन्ट अस्पतालकी आदिवासी स्वास्थ्य सम्बन्धी निर्देशक आन्टी पलिन डेवीअर्डले राज्यका एबोरिजिनल समुदायहरूलाई यथाशीघ्र खोप लगाउन आग्रह गरेकी छिन्। 

स्वास्थ्य अधिकारीहरूले आउँदा दिनहरूमा साप्ताहिक औसत दर १,५०० पुग्ने बताइरहँदा उनको उक्त भनाई आएको हो।

उता, अस्ट्रेलियाली रेड क्रसले बृहत् सिड्नीमा बसोबास गरिरहेका र अस्थायी भिसा वा भिसा विहीन अवस्थामा रहेका मानिसहरूलाई एक पटकको लागि ४०० डलरको भुक्तानी दिने बताएको छ।

सिड्नीमा हाल जारी लकडाउनबाट प्रभावित भएका मानिसहरूलाई एक सहायता कार्यक्रम मार्फत उक्त रकम उपलब्ध हुने रेड क्रसको भनाइ छ।

भिक्टोरिया

बितेका २४ घण्टामा भिक्टोरियाले कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप २४६ मामिलाहरू दर्ता गरेको छ।

राज्यको स्वास्थ्य विभागका अनुसार ती मध्ये ९० सङ्क्रमितहरूको स्रोत पहिचान भएको छ र योसँगै भिक्टोरियामा सक्रिय सङ्क्रमणको कुल सङ्ख्या १,७८६ पुगेको छ।

आजदेखि १० दिने प्राथमिकता पहुँच कार्यक्रम अन्तर्गत स्थानीय अधिकारीहरूले १२ कक्षाका विद्यार्थीहरूलाई वार्षिक परीक्षा अगावै कम्तीमा पनि एक डोज खोप दिने लक्ष्य लिएका छन्।

गत ६ सेप्टेम्बरदेखि ती विद्यार्थीहरूका साथै उनीहरूका शिक्षक गण, परीक्षा सुपरिवेक्षक र जाँचकर्ताहरूले फाइजर खोपका लागि बुकिङ खुल्ला गरिएको छ।

अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर

आफू बसेको ठाउँबाट पाँच किलोमिटरको परिधि कहाँसम्म छ त भनेर जान्न चाहनुहुन्छ भने तलको नक्साको “Search address” लेखेको बक्सामा आफ्नो घर भएको सडकको नाम हालेर हेर्नुहोस्।

अत्यावश्यक भनेर वर्गीकृत भएका काममा जान, कोभिड-१९ को खोप लगाउन, कोरोनाभाइरस परीक्षण र जरुरी किनमेल लगायत आफन्तजनको हेरचाह गर्न जानुहुन्छ भने चाहिँ तपाईँलाई पाँच किलोमिटरको नियम लागू हुँदैन। भिक्टोरियाली सरकारका अनुसार यस प्रकारको यात्रा प्रतिबन्ध आगामी सेप्टेम्बर २ तारिख रातीको ११:५९ बजेसम्म कायम रहनेछ।

*महानगरीय मेलबर्नमा ३१ स्थानीय सरकार क्षेत्र वा काउन्सिलहरू पर्छन्, र ती यस प्रकार छन्:* * बान्युल, * ह्युम, * मोरल्यान्ड, * बेसाइड, * किङ्गस्टन, * मर्निङ्टन पेनिनसुला, * बुरूनडारा, * नक्स, * निलुमबिक, * ब्रिमब्याङ्क, * मनिङ्घम, * पोर्ट फिलिप, * कार्डिनिया, * म्यारीब्नङ, * स्टनिङटन, * केसी, * मरून्डाह, * ह्वाइटहर्स, * डारेबिन, * मेलबर्न, * ह्विट्टलसी, * फ्र्याङ्क्सटन, * मेल्टन, * विन्डह्याम, * ग्लेन आइरा, * मोन्यास, * यार्रा, * ग्रेटर ड्यान्डेनङ, * मूनी भ्याली, * यार्रा रेन्जेस र * हब्सन बे। 

[link title="अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर" url="node/1827625"]

SBS News graphic
Source: SBS News

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

एसीटीमा थप १९ सामुदायिक सङ्क्रमणका मामिलाहरू दर्ता भएका छन्।

ती मध्ये कम्तीमा पनि ६ जना सङ्क्रमित अवस्थामा समुदायमा सक्रिय रहेको अधिकारीहरूको भनाई छ।

स्थानीय प्रादेशिक सरकारले अपाङ्गता भएका मानिसहरूका लागि थप सुविधा सहितको खोप तथा परीक्षणहरू उपलब्ध भएको बताएको छ।

एक्सेस सेन्सरी क्लिनिकलाई वेस्टन क्रिक कम्युनिटी हेल्थ सेन्टरमा स्थानान्तरण गरेर यस्तो सुविधा दिन लागिएको हो।

क्वीन्सल्यान्ड

क्वीन्सल्यान्डले गएका २४ घण्टामा कोरोनाभाइरसका कुनै पनि नयाँ सङ्क्रमण दर्ता गरेको छैन।

प्रिमियर अनास्टेसिया पलाशेले आजदेखि राज्यको खोप कार्यक्रमलाई अझ विस्तार गरिने बताएकी छिन।

आफ्नो दैनिक कोभिड-१९ अपडेटका क्रममा ब्रिसबेन मनोरञ्जन केन्द्रमा स्थापना गरिएको नयाँ बृहत् खोप केन्द्र खुल्ला भएको घोषणा गर्दै उनले मानिसहरूलाई खोपका लागि अगाडी आउन आग्रह गरिन्।

ब्रिसबेनको बुन्डलमा स्थापना गरिएको सो केन्द्रले दैनिक रूपमा ३,००० मानिसहरूलाई खोप लगाउने लक्ष्य सरकार लिएको पनि उनले बताएकी छिन्।

उनी भन्छिन् कि अब छिट्टै राज्यवासीहरूलाई उनीहरू निकट रहेको खोप केन्द्रका बारेमा मोबाइलमा सन्देश पठाइने छ।

“न्यु साउथ वेल्स र भिक्टोरियामा जे भइरहेको छ, त्यसबाट हामी निकै चिन्तित छौँ,” उनले भनिन्।

“यस कारण हामी चाहन्छौँ कि तपाईँ मौकाको सदुपयोग गर्दै अहिले नै खोप लगाइहाल्नुहोस्।” 

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now