कोभिड-१९ अपडेट: राष्ट्रिय मन्त्रीपरिषद् बैठकमा सुरक्षित रूपमा विद्यालय खुलाउने विषयमा छलफल हुँदै गर्दा न्यु साउथ वेल्समा सङ्क्रमणको नयाँ रेकर्ड

यो जनवरी १३, २०२२ को कोरोनाभाइरस अपडेट हो।

Traffic controllers direct cars at a drive-through COVID-19 testing clinic at Bondi Beach in Sydney.

Traffic controllers direct cars at a drive-through COVID-19 testing clinic at Bondi Beach in Sydney. Source: AAP


  • न्यु साउथ वेल्समा सङ्क्रमणको नयाँ रेकर्ड कायम भएको छ, एन्टीजेन परीक्षणको नतिजा समेत गरी आज राज्यमा ९२,२६४ जनामा सङ्क्रमण पुष्टि भएको छ।

  • न्यु साउथ वेल्समा दर्ता भएका मध्ये ३०,८७७ जना पिसिआर विधिबाट र बाँकी ६१,३८७ जना एन्टीजेन परीक्षणमा पोजेटिभ पाइएका हुन्।

  • न्यु साउथ वेल्सका बासिन्दालाई बुधवार बिहान देखि एन्टीजेन परीक्षण रिर्पोटीङ गर्न अनिवार्य गरिएको थियो, जस अन्तर्गत जनवरी १ तारिख देखि पोजेटिभ आएका एन्टीजेन रिपोर्ट दर्ता गर्नुपर्ने नियम ल्याइएको थियो। न्यु साउथ वेल्समा आज २२ जनाले सङ्क्रमणका कारण ज्यान गुमाउन पुगेका छन्।

  • भिक्टोरियामा आज ३७,१६९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ, आज राज्यमा २५ जनाले ज्यान गुमाएका छन्। हाल राज्यमा ९५३ जना सङ्क्रमित अस्पतालमा उपचार गराई रहेका छन्, जस मध्ये १११ जना सघन उपचार कक्षमा र २९ जनाको भेन्टीलेटरसमा उपचार भइरहेको छ।

  • विहीबारबाट भिक्टोरियाका आतिथ्य एवम् मनोरञ्जन व्यवसायमा नाचगानका कार्यक्रम स्थगित हुने नयाँ नियम लागु भएको छ।

  • बढ्दो मामलाहरूका बिच विद्यार्थीहरु कसरी सुरक्षित रूपमा विद्यालय फर्कन सक्छन् भन्ने बारेमा आज राष्ट्रिय मन्त्रीपरिषद्मा छलफल हुदैछ।

  • अधिवक्ता समूहहरूले, समुदायका सदस्यहरूमा कोभिड-१९ सङ्क्रमण हुने जोखिम बढ्ने भन्दै बेरोजगारहरुका लागि हाल रहेको 'आपसी दायित्व'हरू निलम्बन गर्न आग्रह गरेका छन्।

  • खोप नलगाएका मानिसहरूलाई ओमिक्रन भेरीएन्टको जोखिम अत्याधिक रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

  • विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रन भेरीएन्ट, महामारी अन्त्यका लागि माध्यम बन्न सक्ने भन्ने आफ्नो पहिलेको धारणालाई खारेज गदै भेरीएन्टसंग आत्मसमर्पण गर्न नहुनेमा जोड दिएको छ।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

कोभिड-१९ सङ्क्रमणका पछिल्ला तथ्याङ्कहरू:

न्यु साउथ वेल्समा ९२,२६४ सङ्क्रमण र २२ जनाको मृत्यु, ३०,८७७ जना पिसिआर विधिबाट र वाकी ६१,३८७ जना एन्टीजेन परीक्षणमा पोजेटिभ पाइए।

भिक्टोरियामा ३७,१६९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ, २५ जनाको सङ्क्रमणका कारण ज्यान गयो, फेला परेका सङ्क्रमित मध्ये १६,८४३ एन्टीजेन र २०,३२६ जना पिसिआर विधिबाट पत्ता लागे।

क्वीन्सल्याण्डमा १४,९१४ जनामा सङ्क्रमण पुष्टि, ५५६ जना अस्पताल भर्ना, २६ जना सघन उपचार कक्षमा, १० जनाको भेन्टिलेटरमा उपचार हुँदै।

टास्मेनियामा १,१०० सङ्क्रमण, नर्दर्न टेरीटरीमा ५५० सङ्क्रमित।

एसीटीमा १,०२० जना सङ्क्रमित पुष्टि।

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ

Share

Published

Updated


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand