SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: डिसेम्बर १ सम्ममा 'कोभिड नर्मल' छाउने आशामा न्यु साउथ वेल्स प्रिमियर

यो सोमवार, २७ सेप्टेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Birrong Leisure and Aquatic Centre
Public arrives at the Birrong Leisure and Aquatic Centre, after outdoor swimming pool were allowed to open today in Sydney, Monday, September 27, 2021. Source: AAP Image/Bianca De March

3 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS



Skip to article content

मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्सको लकडाउन हटाउन तीन चरणको मार्गचित्र सार्वजनिक,
  • खोप प्रक्रिया अघि बढाउन भिक्टोरियाली सरकारद्वारा जीपी र फार्मेसीहरूलाई अनुदान र
  • एसीटीको वर्तमान सङ्क्रमण लहरमा कोभिड-१९ का कारण ज्यान गुमाउने पहिलो व्यक्ति।

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा ७८७ सामुदायिक सङ्क्रमण पुष्टि हुनका साथै १२ जनाले ज्यान गुमाएका छन्।

भवन बाहिर रहेका पौडी खेल्ने पूलहरू पुनः खोलिने छन् र निर्माण कार्यहरू कोभिड सुरक्षित योजनाका साथ पूर्ण क्षमतामा सञ्चालन हुन पाएका छन्।

आउँदो अक्टोबर ११ तारिखमा प्रतिबन्धहरू खुकुलो बनाइने राज्यकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले घोषणा गरेकी छिन्।

७० प्रतिशत प्रतिबन्धहरू खुकुलो पारिने मार्गचित्रमा केही परिवर्तन हुने बताउँदै उनले राज्यमा ८० प्रतिशतले खोपको दुवै डोज लगाए पछि मात्र क्षेत्रीय यात्रा सुरु गर्ने बताइन्।

प्रिमियरको मार्गचित्र अनुसार राज्यका ८० प्रतिशत बासिन्दाले कोभिड-१९ खोपको दुवै डोज लगाए पछि विवाह र अन्त्येष्टि समारोहहरूमा पूर्ण खोप लगाएका मानिसहरूको सङ्ख्या सीमा हटाइने छ।

त्यसका साथ साथै सामुदायिक खेलकुद फेरी सुरु हुन पाउने छ र घर भित्र १० जना सम्म भेला हुन पाउने छन्।

आउँदो डिसेम्बर १ तारिखमा तेस्रो चरण, अर्थात् "कोभिड नर्मल" को घोषणा गरिने योजना छ - र त्यस बेला सम्म राज्यभर ९० प्रतिशत मानिसहरूले खोपको दुवै लगाइ सक्ने अपेक्षा गरिएको छ।

न्यु साउथ वेल्सको खोप कार्यक्रम बारे जानकारी।

थप जानकारी यहाँ सुन्नुहोस् : null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

भिक्टोरिया

भिक्टोरियामा ७०५ नयाँ सामुदायिक कोरोना भाइरस सङ्क्रमणका साथै एक जनाको मृत्यु भएको छ।

सङ्क्रमणको दर बढी र खोप लगाएका मानिसहरूको सङ्ख्या कम रहेका ११ वटा स्थानीय सरकारी क्षेत्रका जिपी र सामुदायिक फार्मेसीहरूलाई प्रिमियर डानियल एन्ड्रुजले अनुदानहरू प्रदान गरेका छन्।

यी क्षेत्रहरू मध्य मोरल्यान्ड, ब्रिमब्याङ्क, कार्डिनिया, केसी, डारेबिन, ग्रेटर ड्यानडेनङ, हबसन्स बे, मेल्टन, ह्विटलसी, वीन्डसर र ह्युम पर्दछन्।

भिक्टोरियाली खोप केन्द्रहरू बारे आधिकारिक जानकारी यहाँ छ।

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

एसीटीमा १९ नयाँ सामुदायिक सङ्क्रमणका साथै एक जनाको मृत्यु भएको छ।

क्यानबेरामा आउँदो अक्टोबर एक तारिखदेखि दुई जनाले अर्काको घरमा जान पाउने छन् भने, मनोरञ्जनको समय चार घण्टा बनाइने छ।

आफ्नो कोभिड-१९ खोप बुक गर्नुहोस्।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now