मुख्य बुँदाहरू:
- न्यु साउथ वेल्सका ४०.८ प्रतिशत बासिन्दाहरूले खोपको दुवै मात्रा लगाएको तथ्याङ्क,
- घर भाडाका कारण दुःखमा परेका भिक्टोरियालीहरु लक्षित एक नयाँ कार्यक्रम घोषणा,
- एसीटीमा एस्ट्राजेनेका खोपका दुई मात्राहरू बिचको अवधि घटाइयो र
- क्वीन्सल्यान्डमा फाइजर खोप लगाइदिने जीपीहरूको सङ्ख्या बढ्दै।
न्यु साउथ वेल्स
आइतबार राती आठ बजेसम्म न्यु साउथ वेल्समा कोभिड-१९ का थप १,२८१ नयाँ सामुदायिक सङ्क्रमण मामिला पुष्टि भएका छन्।
सोही अवधिमा पाँच जनाको कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु भएको पनि प्रिमियर ग्लाडिस बेरिजिक्लियनले आफ्नो दैनिक प्रेस सम्मेलनका क्रममा आज बिहान बताएकी छिन्।
न्यु साउथ वेल्समा कोरोनाभाइरसका १,०७१ जना बिरामी हाल अस्पतालमा भर्ती रहेको बताउँदै प्रिमियरले ती मध्ये १७७ बिरामी सघन उपचार कक्ष आसियुमा र ६७ जनालाई भेन्टिलेटरमा राखिएको पुष्टि गरेकी छिन्।
बेरिजिक्लियनले अस्पतालहरूमा थप बिरामी हेर्न सक्ने गरी व्यवस्था मिलाइएको भन्दै मानिसहरूलाई आश्वस्त रहन समेत आग्रह गरेकी छिन्।
“न्यु साउथ वेल्स हेल्थको अनुसार अर्को साता सङ्क्रमित सङ्ख्या प्रकोपकै सबैभन्दा उच्च हुनेछ,” उनले भनिन्।
“र, यसै अनुरूप अक्टोबर महिनाको सुरु वा मध्य तिर आइसियुको माग उच्च हुने अनुमान छ।”
न्यु साउथ वेल्स स्वास्थ्य विभागद्वारा उक्त प्रक्षेपणका लागि गरिएको अध्ययनका अनुसार अक्टोबर र नोभेम्बर बिच २,२०० देखि ३,९०० जना मानिसहरू कोरोनाभाइरस सम्बन्धी जटिलताका कारण अस्पतालमा भर्ती हुन सक्ने बताइएको छ।

विभागकी उप-सचिव सुजन पियर्सका अनुसार अर्को महिना आफूहरूका लागि निकै चुनौतीपूर्ण रहने भएता पनि प्रणालीले भार थाम्नेमा विश्वास प्रकट गरेकी छिन्।
“यस महामारीको अवधिभर बारम्बार यो प्रमाणित भएको छ कि प्रणालीले कोभिडद्वारा प्रस्तुत चुनौतीहरूको राम्ररी सामना गरेको छ,” उनले भनिन्।
“हामीले गत साल महामारी सुरु भएदेखि नै यसबारे योजना बनाउँदै, तयारी गरिरहेका छौँ।”
अस्पतालहरूमा कोभिड-१९ सङ्क्रमितको चाप बढेता पनि ७० प्रतिशत राज्यवासीहरूले खोप लगाए प्रतिबन्धहरू खुकुलो पारिने आफ्नो प्रतिबद्धतामा कुनै हेरफेर नहुने पनि ग्लाडिस बेरिजिक्लियनले स्पष्ट पारेकी छिन्।
भिक्टोरिया
बितेका २४ घण्टामा भिक्टोरियाले कोरोनाभाइरसको २४६ नयाँ स्थानीय सङ्क्रमणका घटना दर्ता गरेको छ।
राज्यका अधिकारीहरुका अनुसार ती २४६ मामिलाहरू मध्ये प्रत्येक पाँच जनामा चार जना ५० वर्षभन्दा कम उमेरका भिक्टोरियालीहरु हुन्।
साथै, अधिकांश सङ्क्रमणहरु मेलबर्नको उत्तरी तथा पश्चिमी इलाकाहरूका घर भित्र र अत्यावश्यक ठहर गरिएका कार्यस्थलहरूमा देखा परेको पनि उनीहरूले पुष्टि गरेका छन्।
तर शहर वरिपरि नै नयाँ सङ्क्रमितहरू थपिने क्रम जारी रहेको पनि बताइएको छ।
भिक्टोरियाली कोभिड-१९ परीक्षण कमान्डर जेरोइन वाइमर भन्छन् कि लकडाउनबाट आजित भएका भिक्टोरियालीहरुले बिस्तारै प्रतिबन्धहरूको अवहेलना गर्दा सङ्क्रमण सङ्ख्यामा बढोत्तरी देखिएको हो।
- भिक्टोरियाली खोप केन्द्रहरु बारे आधिकारिक जानकारी यहाँ छ।
- भिक्टोरियाली सङ्क्रमण स्थानहरूको पछिल्लो सूची हेर्नुहोस्।
हाल राज्यभरका विभिन्न अस्पतालहरूमा ९२ जना कोभिड-१९ सङ्क्रमित बिरामीहरु उपचार गराइरहेका छन् जसमा एक जना बाहेक कसैले पनि खोप नलगाएको स्थानीय अधिकारीहरूको भनाई छ।
भिक्टोरियाली सरकारका अनुसार ती ९२ बिरामीहरूमा २६ जनाको सघन उपचार भइराखेको छ भने १४ सङ्क्रमितलाई भेन्टिलेटरको आवश्यकता रहेको छ।
आफ्नो कमाइको कुल ३० प्रतिशतभन्दा बढी रकम घर भाडामा खर्च गरिरहेका राज्यवासीहरूलाई लक्षित गरेर सरकारले एक नयाँ कार्यक्रम सुरु गरेको राज्यका आवास मन्त्री रिचर्ड वेनले बताएका छन्।
यसै गरी घरधनीका हकमा भने घर भाडाको २० प्रतिशत वा सोभन्दा बढी आय गुमाएका मानिसहरूलाई पनि सहयोग उपलब्ध रहेको उनको भनाई छ।
अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर
आफू बसेको ठाउँबाट पाँच किलोमिटरको परिधि कहाँसम्म छ त भनेर जान्न चाहनुहुन्छ भने तलको नक्साको “Search address” लेखेको बक्सामा आफ्नो घर भएको सडकको नाम हालेर हेर्नुहोस्।
*महानगरीय मेलबर्नमा ३१ स्थानीय सरकार क्षेत्र वा काउन्सिलहरू पर्छन्, र ती यस प्रकार छन्:* * बान्युल, * ह्युम, * मोरल्यान्ड, * बेसाइड, * किङ्गस्टन, * मर्निङ्टन पेनिनसुला, * बुरूनडारा, * नक्स, * निलुमबिक, * ब्रिमब्याङ्क, * मनिङ्घम, * पोर्ट फिलिप, * कार्डिनिया, * म्यारीब्नङ, * स्टनिङटन, * केसी, * मरून्डाह, * ह्वाइटहर्स, * डारेबिन, * मेलबर्न, * ह्विट्टलसी, * फ्र्याङ्क्सटन, * मेल्टन, * विन्डह्याम, * ग्लेन आइरा, * मोन्यास, * यार्रा, * ग्रेटर ड्यान्डेनङ, * मूनी भ्याली, * यार्रा रेन्जेस र * हब्सन बे।
[link title="अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर" url="node/1827625"]

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)
एसीटीले पछिल्लो २४ घण्टामा कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप ११ मामिला दर्ता गरेको मुख्यमन्त्री एन्ड्रु बार्रले पुष्टि गरेका छन्।

उनी भन्छन् कि यी मध्ये नौ जना पहिले स्थापित भइसकेका प्रकोपसँग सम्बन्धित व्यक्तिहरू हुन् तथापि केवल तीन जना मात्रै उनीहरूको सङ्क्रमण कालको पूर्ण अवधिभर नै आइसोलेसनमा रहेका थिए।
हाल क्यानबेराको अस्पतालमा ११ कोभिड-१९ बिरामीहरु भर्ती रहेका छन् जसमा एकको सघन उपचार जारी छ।
बार्रका अनुसार एसीटीमा बस्ने र खोपका लागि योग्य मानिसहरूको ४५.८७ प्रतिशतले दुवै मात्रा प्राप्त गरिसकेका छन् भने ६८.९ प्रतिशतले खोपको पहिलो डोज लगाएका छन्।
मुख्यमन्त्री बार्र भन्छन् कि क्यानबेरावासीले एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएको चारदेखि आठ हप्ता भित्र दोस्रो डोज लिन सक्नेछन्।
हाल प्रदेशमा जारी प्रकोपका बिच प्रमुख स्वास्थ्य अधिकारी केरीन कोलम्यानको सल्लाहमा त्यस्तो निर्णय लिइएको उनले बताए हुन्।
क्वीन्सल्यान्ड
गएका २४ घण्टामा कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका कुनै पनि मामिला दर्ता नगरेको क्वीन्सल्यान्डले वैदेशिक यात्रुहरूको हकमा भने पाँच थप सङ्क्रमितहरू थपिएको बताएको छ।
प्रिमियर अनास्टेसिया पलाशेले आफ्नो राज्यको खोप दर देशभरकै सबैभन्दा कम रहेको बताउँदै मानिसहरूलाई खोप लगाउन आग्रह गरेकी छिन्।
“मैले हिजो भने जस्तै फेरी पनि भन्छु, यो हाम्रो अवसर खोप लगाउने अवसर हो, क्वीन्सल्यान्ड,” उनले भनिन्।
हाल क्वीन्सल्यान्डभर ३४१ जीपीहरूले फाइजर खोप मानिसहरूलाई लगाइ राखेको र आगामी केही हप्ता भित्रै यो कार्यक्रममा थप ६४२ डाक्टरहरू सामेल हुने बताइएको छ।
उता, केही दिन अघि दक्षिणी ब्रिसबेन स्थित बेन्टलीका एक ट्रक चालकमा सङ्क्रमण पुष्टि भएपछि उच्च सतर्कतामा रहेका राज्य अधिकारीहरूले हाललाई जोखिम न्यून हुँदै गएको बताएका छन्।
प्रमुख स्वास्थ्य अधिकारी डा ज्यानेट यङ भन्छिन् कि बेन्ट्ली-लोगन सङ्क्रमणसँग सम्बन्धित करिब ९०० परिवार होम आइसोलेसनमा रहेका छन्।
उनका अनुसार दुई सङ्क्रमण स्थलमा पुगेका सबै मानिसहरूको परीक्षण सम्पन्न भइसकेको छ।
तर, १४ दिने क्वारेन्टिन अवधिभर थप सङ्क्रमण पुष्टि हुनसक्ने सम्भावना यथावतै छ।
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी
क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: यात्रा, पारवाहन र क्वारेन्टिन
- भिक्टोरिया: यात्रा अनुमति, विदेशबाट आउने यात्रु र क्वारेन्टिन
- एसीटी: यात्रा र क्वारेन्टिन
- नर्दर्न टेरिटरी: यात्रा र क्वारेन्टिन
- क्वीन्सल्यान्ड: यात्रा र क्वारेन्टिन
- साउथ अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
- टास्मेनिया: यात्रा र क्वारेन्टिन
- वेस्टर्न अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दर्न टेरिटरी, एसीटी, टास्मेनिया ।
नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ।
न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।
