Explainer

कोभिड-१९ अपडेट: न्यु साउथ वेल्स प्रिमियरद्वारा नराम्रो अवस्था आउन अझै बाँकी रहेको चेतावनी

यो शुक्रवार, ३ सेप्टेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

NSW LGAs of concern have had restrictions on outdoor exercise time limits eased as the current lockdown in Greater Sydney is extended until at least September 30. (AAP Image/Dan Himbrechts) NO ARCHIVING

People are seen exercising outdoor at Parramatta park in Sydney, Friday, September 3, 2021. Source: AAP

मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्सका अस्पतालहरूमा झन्डै १,००० कोभिड-१९ बिरामीहरु,
  • भिक्टोरियामा ५०,००० एस्ट्राजेनेका खोपका लागि बुकिङ उपलब्ध र
  • एसीटीमा घर भाडा तिर्न असमर्थ रहेकालाई आगामी १२ हप्तासम्म निकाल्न नपाइने।

न्यु साउथ वेल्स

हिजो राती आठ बजेसम्ममा न्यु साउथ वेल्सले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप १,४३१ नयाँ मामिलाहरू दर्ता गरेको प्रिमियर ग्लाडिस बेरिजिक्लियनले बताएकी छिन्।

आफ्नो दैनिक पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले राज्यमा थप १२ जनाको कोभिड-१९ सङ्क्रमणका कारण ज्यान गएको पनि पुष्टि गरेकी छिन्।
उनका अनुसार गएको हप्ताभर राज्यमा ८२७,००० मात्रा खोप मानिसहरूलाई लगाइएको छ।

प्रिमियर बेरिजिक्लियन भन्छिन् कि आउँदो दुई हप्ता भित्र सङ्क्रमण सङ्ख्या आफ्नो उच्च बिन्दुमा हुने अनुमान अधिकारीहरूले गरेका छन्।

“आउँदो दुई हप्ता सङ्क्रमण सङ्ख्याका आधारमा सबैभन्दा खराब हुन सक्छन्,” उनले भनिन्।
“तर मैले पहिले पनि भनिसकेकी छु कि हामीले सङ्क्रमण सङ्ख्या भन्दा पनि कति जना मानिसहरू सघन उपचार कक्ष र अस्पतालमा भर्ती हुन्छन् भनेर हेर्नुपर्छ।”
हाल न्यु साउथ वेल्सका अस्पतालहरूमा ९७९ जना कोरोनाभाइरस जटिलताका कारण भर्ती छन् जसमध्ये १६० बिरामीको सघन उपचार भइरहेको छ र तिनमा ६३ जना भेन्टिलेटरमा छन्।

न्यु साउथ वेल्सकी उप-स्वास्थ्य प्रमुख डा मेरिएन गेलका अनुसार सघन उपचार गराइरहेका १६० बिरामी मध्ये १२७ जनाले कोभिड-१९ विरुद्ध खोप लगाएका छैनन्।

उता, जिन्डाबाएन, कूमा र बेगामा पनि ढल परीक्षण गर्दा भाइरस फेला परेको बताइएको छ र ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई लक्षण देखा पर्दासाथ परीक्षणका लागि अगाडी आउन भनिएको छ।

बितेका २४ घण्टे गणना अवधिमा मृत्यु दर्ता गरिएकोमा एक ३० वर्ष कटेकी महिला रहेकी गेलको भनाई छ।

खोप नलगाएकी ती महिलाको मृत्यु उनी बसेकै घरमा भएको पनि बताइएको छ।

मेरिएन गेलका अनुसार ती महिलाको सङ्क्रमण स्रोत बारे छानबिन जारी छ।

मृत्यु हुने अन्य मानिसहरू भने ६०, ७० र ८० वर्ष उमेर समूहका रहेको पनि उनले जानकारी दिएकी छिन्।


भिक्टोरिया

गएका २४ घण्टामा भिक्टोरियाले कोरोनाभाइरस स्थानीय सङ्क्रमणका थप २०८ मामिलाहरू दर्ता गरेको छ।

एक वर्ष यता एकै दिनको अवधिमा, राज्यमा कोभिड-१९ सामुदायिक सङ्क्रमणका २०० भन्दा बढी मामिलाहरू पुष्टि भएको यो नै पहिलो अवसर हो।

यसका साथै, एक ६० वर्ष कटेका मानिसको पनि कोरोनाभाइरस सङ्क्रमणका कारण भिक्टोरियामा मृत्यु भएको छ।

डेल्टा प्रकोपका कारण भिक्टोरियामा एकै हप्ता भएको यो तेस्रो मृत्यु हो।

शुक्रवार पुष्टि गरिएका सामुदायिक सङ्क्रमणका मामिलाहरू मध्ये ९६ जनाको स्रोत पत्ता लागिसकेको अधिकारीहरूले बताएका छन् र बाँकी ११२ बारे छानबिन जारी नै छ।
प्रिमियर ड्यानिएल एन्ड्रुजका अनुसार हिजो मात्रै राज्यभर ३३,५३१ मात्रा खोप लगाइएको थियो।
“भिक्टोरियामा पाँच हप्ता भित्र १० लाख डोज मानिसहरूलाई दिने लक्ष्यमा हामीले आधा बाटो तय गरिसकेका छौँ,” उनले भने।
“हामीले अहिलेसम्म ५८९,२८२ डोज खोप मानिसहरूलाई दिई सकेको तपाईँहरूलाई बताउन सक्छु र योसँगै हामीले निर्धारित गरेको लक्ष्य तोकेको समय भन्दा अगाडि नै पुरा गर्नेछौं, र त्यसैले यो गज्जबको कुरा हो।”
भिक्टोरियाली प्रिमियरले हाल मेडिकल विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरूलाई पनि खोप सम्बन्धि तालिम प्रदान गरिने बताएका छन्।

उनी भन्छन् कि खोप अभियानमा मेडिकल विद्यार्थीहरूको संलग्नता निकै जरुरी रहने छ।
“आफ्नो पढाइको केही हिस्सा सकाउन बाँकी नै रहेकाहरूलाई यो कार्यदलको अङ्ग हुन चाहिने आवश्यक शिप र तालिम दिएर तयार पारिनेछ।”
यसका साथै १२ कक्षामा अध्ययनरत छात्र-छात्राहरुलाई पनि खोपको प्राथमिकतामा राखिने एन्ड्रुजको भनाई छ।

उनका अनुसार सेप्टेम्बर ७ तारिखदेखि ती विद्यार्थीहरू प्राथमिकतामा पर्नेछन्।

अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर
आफू बसेको ठाउँबाट पाँच किलोमिटरको परिधि कहाँसम्म छ त भनेर जान्न चाहनुहुन्छ भने तलको नक्साको “Search address” लेखेको बक्सामा आफ्नो घर भएको सडकको नाम हालेर हेर्नुहोस्।
अत्यावश्यक भनेर वर्गीकृत भएका काममा जान, कोभिड-१९ को खोप लगाउन, कोरोनाभाइरस परीक्षण र जरुरी किनमेल लगायत आफन्तजनको हेरचाह गर्न जानुहुन्छ भने चाहिँ तपाईँलाई पाँच किलोमिटरको नियम लागू हुँदैन। भिक्टोरियाली सरकारका अनुसार यस प्रकारको यात्रा प्रतिबन्ध आगामी सेप्टेम्बर २ तारिख रातीको ११:५९ बजेसम्म कायम रहनेछ।

*महानगरीय मेलबर्नमा ३१ स्थानीय सरकार क्षेत्र वा काउन्सिलहरू पर्छन्, र ती यस प्रकार छन्:* * बान्युल, * ह्युम, * मोरल्यान्ड, * बेसाइड, * किङ्गस्टन, * मर्निङ्टन पेनिनसुला, * बुरूनडारा, * नक्स, * निलुमबिक, * ब्रिमब्याङ्क, * मनिङ्घम, * पोर्ट फिलिप, * कार्डिनिया, * म्यारीब्नङ, * स्टनिङटन, * केसी, * मरून्डाह, * ह्वाइटहर्स, * डारेबिन, * मेलबर्न, * ह्विट्टलसी, * फ्र्याङ्क्सटन, * मेल्टन, * विन्डह्याम, * ग्लेन आइरा, * मोन्यास, * यार्रा, * ग्रेटर ड्यान्डेनङ, * मूनी भ्याली, * यार्रा रेन्जेस र * हब्सन बे। 

[link title="अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर" url="node/1827625"]
SBS News graphic
Source: SBS News

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

बितेका २४ घण्टामा एसीटीमा कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप १८ नयाँ मामिलाहरू पुष्टि भएका छन्।

मुख्यमन्त्री एन्ड्रु बार्रका अनुसार १३ सङ्क्रमितका स्रोत पहिचान भइसकेको छ भने बाँकी पाँच बारे अनुसन्धान जारी छ।

साथै, ती १८ सङ्क्रमित मध्ये केवल तीन जना मात्र आइसोलेसनमा रहेको पनि उनको भनाई छ।

हाल क्यानबेराको अस्पतालमा १० कोभिड-१९ बिरामीहरु भर्ती छन् र ती मध्ये तीन जनाको सघन उपचार भइरहेको छ।

प्रदेश सरकारले हाल जारी लकडाउनका कारण आफ्नो घर भाडा तिर्न नसकेका मानिसहरूलाई आगामी १२ हप्ताका लागि छुट दिन भन्दै आदेश जारी गरेको छ

क्वीन्सल्यान्ड

गएका २४ घण्टामा क्वीन्सल्यान्डले कोभिड-१९ सामुदायिक सङ्क्रमणका कुनै पनि नयाँ मामिलाहरू दर्ता गरेको छैन।

न्यु साउथ वेल्सबाट आएका केही ट्रक चालकहरू कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि र मेलबर्नबाट सडक मार्ग हुँदै क्वीन्सल्यान्ड प्रवेश गरेका एक परिवारका कारण राज्यका अधिकारीहरू उच्च सतर्कतामा थिए।

“मानिसहरूले खोप लगाउन आउनु निकै महत्त्वपूर्ण छ,” क्वीन्सल्यान्ड प्रिमियर अनास्टेसिया पलाशेले भनिन्।
“हामीकहाँ थप समस्या आउनु अघि यो नै (सुरक्षित हुने) हाम्रो मौका हो।”
प्रिमियरका अनुसार आगामी सोमवारदेखि क्विन्सल्यान्डले पुनः आफ्नो होटेल क्वारेन्टिन कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएकी छिन्।

उनी भन्छिन् कि हाललाई ६०० मानिसहरू क्वारेन्टिनमा बस्ने गरी उक्त कार्यक्रम फेरी सुरु हुन लागेको हो।

होटेल क्वारेन्टिनमा निकै मानिसहरू रहेको र त्यस कारण पुरै प्रणाली उच्च दबाबमा रहेको भन्दै दुई साताका लागि भन्दै क्वीन्सल्यान्ड सरकारले सो सेवा स्थगित गरेको थियो।

पछिल्लो २४ घण्टा अस्ट्रेलिया वरिपरि

प्रधानमन्त्री स्कट मोरिसनका अनुसार बेलायतसँग गरिएको एक सम्झौता अनुसार अस्ट्रेलियाले फाइजरद्वारा निर्मित कोमिनार्टी खोपका ४० लाख थान अबको केही दिन भित्रै पाउने छ।
प्राथमिकतामा परे पनि हालसम्म जम्मा २० प्रतिशत एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डर समुदायका मानिसहरूले कोभिड-१९ विरुद्ध पूर्ण मात्रामा खोप लगाएका छन्।

टास्मेनियाली डेपुटी प्रिमियर जेरेमी रकलिफले आफ्नो राज्यमा कार्यरत सबै स्वास्थ्यकर्मीहरूले अनिवार्य रूपमा कोरोनाभाइरस विरुद्ध खोप लगाउनुपर्ने घोषणा गरेका छन्।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

Published

Updated

By SBS/ALC Content
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
कोभिड-१९ अपडेट: न्यु साउथ वेल्स प्रिमियरद्वारा नराम्रो अवस्था आउन अझै बाँकी रहेको चेतावनी | SBS Nepali