मुख्य बुँदाहरू:
- दक्षिणी न्यु साउथ वेल्सको ढलमा कोभिड-१९ देखियो,
- भिक्टोरियामा यस वर्षकै सर्वाधिक दैनिक सङ्क्रमण,
- एसीटीका ६८ प्रतिशत बासिन्दाहरूले लगाए खोप र
- क्वीन्सल्यान्डमा थप एक सामुदायिक सङ्क्रमण।
न्यु साउथ वेल्स
हिजो राती आठ बजेसम्म न्यु साउथ वेल्सले कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप १,२८८ मामिलाहरू दर्ता गरेको प्रिमियर ग्लाडिस बेरिजिक्लियनले बताएकी छिन्।
यसै गरी सोही अवधिमा थप सात जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गएको पनि उनले आफ्नो दैनिक कोभिड-१९ अपडेटका क्रममा जानकारी दिएकी छिन्।
उनी भन्छिन् कि हिजो मात्रै न्यु साउथ वेल्समा १२१,००० जना मानिसहरूले खोप लगाएका छन् र योसँगै राज्यमा ७० लाख मात्रा खोप प्रयोग भइसकेको छ।
यो निर्णयसँगै अब न्यु साउथ वेल्सभरका मानिसहरूलाई घर बाहिर व्यायाम गर्न कुनै रोकटोक हुनेछैन।
यस अघि ‘चिन्ताका स्थान’मा बस्दै आएका मानिसहरूलाई व्यायामका लागि घर बाहिर १ घण्टा मात्रै निस्कन अनुमति थियो।
साथै ग्लाडिस बेरिजिक्लियनले ७० प्रतिशत राज्यवासीद्वारा कोरोना विरुद्ध खोपको दुवै मात्रा पाएपछि भने रिजनल क्षेत्र भ्रमण गर्न जान पाउने छुट बारे आफूहरूले बिचार गरिरहेको पनि बताएकी छिन्।
“सत्तरी प्रतिशतले खोपका दुवै मात्रा पाएपछि मानिसहरूलाई मन लाग्ने क्रियाकलापहरू गर्न छुट दिने बार हामीले बिचार गरिरहेका छौँ,” उनले भनिन्।
“असी प्रतिशत पुगेपछि चाहिँ सिड्नी एयरपोर्ट मार्फत थप अस्ट्रेलियालीहरूलाई स्वागत गर्न हामी चाहन्छौँ।”
राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्टका अनुसार कोभिड-१९ बाट सङ्क्रमित भइसकेका मानिसहरूलाई खोप लगाउनै पर्ने बाध्यताबाट मुक्त गर्न सकिने बताएकी छिन्।
उनी भन्छिन् कि सङ्क्रमण भएको छ हप्ता पछि डेल्टा भेरिएन्टबाट फेरी सङ्क्रमित हुने अवसर निकै कम छ तर यसरी प्राप्त हुने प्राकृतिक सुरक्षा खोपबाट पाइने निश्चितता जस्तो हुँदैन।
कोभिड-१९ का अवशेषहरु बेगा, कूमा, बोमाडेरी स्थित इलावारा शोलहेभेनका ढलमा देखिएको बताइएको छ र ती स्थानहरूमा सङ्क्रमण पुष्टि नभएका कारण अधिकारीहरु चिन्तित बनेका छन्।
भिक्टोरिया
भिक्टोरियाली अधिकारीहरुका अनुसार राज्यले गएका २४ घण्टामा ठुलो सङ्ख्यामा कोरोनाभाइरसको सामुदायिक सङ्क्रमण दर्ता गरेको छ।
मध्यरातसम्मको २४ घण्टे गणना अवधिमा भिक्टोरियामा थप १७६ जनामा सामुदायिक सङ्क्रमण पुष्टि भएको हो।
यी मध्ये ८३ मामिलाहरू पहिले पुष्टि भइसकेका सङ्क्रमणहरूसँग जोडिएका छन् भने ९३ सङ्क्रमितको बारेमा छानबिन जारी रहेको बताइएको छ।
राज्यमा ५० लाख डोज खोप राज्यवासीहरूले पाइसकेका छन्।
तर, पहिले कोरोनाभाइरस नदेखिएका स्थानहरूको ढलमा पनि कोभिड-१९ का जीवाणुहरू देखिएपछि भने स्थानीय अधिकारीहरू थप चिन्तित बनेका छन्।
“आर्मिडेल, प्रारन, साउथ यार्रा, टूर्याक, विन्डसरका ढलमा अगस्ट २३ देखि ३० को बिचमा भाइरस देखा परेको रिपोर्ट आएको छ,” उनले भने।
“बर्वूड इस्ट, फरेस्ट हिल, ग्लेन वेभर्ली, स्कोर्सबी, भर्मन्ट साउथ, ह्वीलर्स हिलमा २६ र ३० अगस्टको बिचमा ढल परीक्षण गर्दा भाइरस देखिएको छ।”
- भिक्टोरियाली खोप केन्द्रहरु बारे आधिकारिक जानकारी यहाँ छ।
- भिक्टोरियाली सङ्क्रमण स्थानहरूको पछिल्लो सूची हेर्नुहोस्।
अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर
आफू बसेको ठाउँबाट पाँच किलोमिटरको परिधि कहाँसम्म छ त भनेर जान्न चाहनुहुन्छ भने तलको नक्साको “Search address” लेखेको बक्सामा आफ्नो घर भएको सडकको नाम हालेर हेर्नुहोस्।
*महानगरीय मेलबर्नमा ३१ स्थानीय सरकार क्षेत्र वा काउन्सिलहरू पर्छन्, र ती यस प्रकार छन्:* * बान्युल, * ह्युम, * मोरल्यान्ड, * बेसाइड, * किङ्गस्टन, * मर्निङ्टन पेनिनसुला, * बुरूनडारा, * नक्स, * निलुमबिक, * ब्रिमब्याङ्क, * मनिङ्घम, * पोर्ट फिलिप, * कार्डिनिया, * म्यारीब्नङ, * स्टनिङटन, * केसी, * मरून्डाह, * ह्वाइटहर्स, * डारेबिन, * मेलबर्न, * ह्विट्टलसी, * फ्र्याङ्क्सटन, * मेल्टन, * विन्डह्याम, * ग्लेन आइरा, * मोन्यास, * यार्रा, * ग्रेटर ड्यान्डेनङ, * मूनी भ्याली, * यार्रा रेन्जेस र * हब्सन बे।
[link title="अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर" url="node/1827625"]

आज राती ११:५९ बजेदेखि भिक्टोरियाका बाल खेल उद्यानहरु १२ वर्ष मुनिका बालबालिहरु एक अभिभावक वा स्याहारकर्ताका साथ प्रयोग गर्न पाउनेछन्।
यस्ता प्लेग्राउन्डमा क्युआर कोडको प्रयोग गर्नुपर्नेछ र वयस्कहरुले खान वा पिउन वर्जित गरिएको छ।
अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

बितेका २४ घण्टामा एसीटीले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप २३ मामिलाहरू पुष्टि गरेको छ।
मुख्यमन्त्री एन्ड्रु बार्रका अनुसार हाल क्यानबेराको अस्पतालमा कोभिड-१९ बाट सङ्क्रमित भएका १३ जना भर्ती छन्।
उनी भन्छन् कि ती मध्ये चार जनाको सघन उपचार जारी छ र दुई जनालाई भेन्टिलेटरमा राखिएको छ।
“भेन्टिलेटर आवश्यक भएका पछिल्ला व्यक्ति एक २० वर्ष माथिका युवक हुन्,” उनले भने।
“ती युवक स्वस्थमा पहिले कुनै समस्या देखिएको थिएन।”
यसरी उनले क्यानबेरामा बसोबास गरिरहेका ७५ देखि ७९ वर्ष उमेर समूहका ८० प्रतिशत वृद्धहरूले कोरोना खोपको दुवै मात्रा पाएको बताएका छन्।
क्वीन्सल्यान्ड
बितेका २४ घण्टामा क्वीन्सल्यान्डले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप १ नयाँ मामिला दर्ता गरेको छ।
यो पछिल्लो सामुदायिक सङ्क्रमणको घटना क्वीन्सल्यान्डमा करिब तीन हप्ता यता पुष्टि भएको दोस्रो मामिला हो।
राज्य संसद्को बैठकलाई सम्बोधन गर्दै प्रिमियर अनास्टेसिया पलाशेले न्यु साउथ वेल्सबाट गोल्ड कोस्ट प्रवेश गरेका एक ट्रक चालकमा कोभिड-१९ सङ्क्रमण देखिएको बताएकी छिन्।

उनी भन्छिन् कि ती ट्रक चालक अघिल्लो हप्ता गोल्ड कोस्टको समुदायमा पाँच दिनसम्म सक्रिय थिए।
योसँगै गोल्ड कोस्टमा रहेको एक विद्यालयमा पठन-पाठन अवरुद्ध भएको छ।
मेलबर्नबाट सडक मार्ग हुँदै क्वीन्सल्यान्ड आएका एक परिवारका सदस्यहरू उक्त स्कुल गएको पत्ता लागेको थियो।
हाल सो परिवारलाई होटेल क्वारेन्टिनमा राखिएको छ र अधिकारीहरूका अनुसार उनीहरूले आफ्नो यात्राका बारेमा केही बताउन चाहेका छैनन्।
यसै गरी परीक्षणका लागि पनि उक्त परिवारले स्वीकृति नदिएको बताइएको छ।
“हामीले थप सङ्क्रमणहरु देख्नेछौँ, यस कारण पनि खोप लगाउनु एकदमै जरुरी छ,” पलाशेले भनिन्।
अस्ट्रेलियाको कोभिड सङ्कटकाल लम्बियो
स्वास्थ्य मन्त्री ग्रेग हन्टले अस्ट्रेलियाले मानवीय जैविक सुरक्षा सङ्कटकालीन अवस्था थप तिन महिनाका लागि लम्ब्याएको घोषणा गरेका छन्।
अघिल्लो वर्षको मार्च १८ तारिखदेखि लागू रहेको उक्त प्रतिबन्धात्मक व्यवस्था अब आगामी डिसेम्बर १७ तारिखसम्म लागू रहने छ।
यो निर्णयका साथ क्रुज जहाजहरू अस्ट्रेलियाली जल क्षेत्रमा प्रवेश गर्न पाउने छैनन् भने अस्ट्रेलियाली नागरिकहरूलाई देशबाट निस्कन लगाइएको प्रतिबन्ध जारी रहने छ।

यस्तै अस्ट्रेलिया भित्रने अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले हवाईजहाज भित्र मास्क अनिवार्य रूपमा लगाउनुपर्ने छ भने विमान चढ्नु अघि कोरोनाभाइरसका लागि परीक्षण गराउनुपर्नेछ।
“आजको मितिसम्म यी र यस्तै व्यवस्थाहरूले अस्ट्रेलियालाई सुरक्षित बनाउन निकै प्रभावकारी भूमिका खेलेको छ,” हन्टले भने।
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी
क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: यात्रा, पारवाहन र क्वारेन्टिन
- भिक्टोरिया: यात्रा अनुमति, विदेशबाट आउने यात्रु र क्वारेन्टिन
- एसीटी: यात्रा र क्वारेन्टिन
- नर्दर्न टेरिटरी: यात्रा र क्वारेन्टिन
- क्वीन्सल्यान्ड: यात्रा र क्वारेन्टिन
- साउथ अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
- टास्मेनिया: यात्रा र क्वारेन्टिन
- वेस्टर्न अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दर्न टेरिटरी, एसीटी, टास्मेनिया ।
नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ।
न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।
