SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: न्यु साउथ वेल्समा २०,७९४ जनामा सङ्क्रमण, अस्पताल भर्ना हुने सङ्ख्या पनि बढ्यो

यो ३ जनवरी, २०२२ को कोरोना भाइरस अपडेट हो।

sydney testing site
Health care workers administer COVID-19 PCR tests at the St Vincent’s Drive-through Clinic at Bondi Beach in Sydney, Friday, December 31, 2021. Source: Credit: AAP Image/Bianca De Marchi

2 min read

Published

Updated



Skip to article content


  • कोभिड–१९ का कारण अस्ट्रेलियाभर अस्पताल भर्ना हुनेको सङ्ख्या बढ्दै, न्यु साउथ वेल्समा आईतवारसम्म १ हजार सङ्क्रमित अस्पताल भर्ना भएकोमा यो सङ्ख्या बढेर १,२०४ पुग्यो।
  • न्यु साउथ वेल्समा सघन उपचार कक्षमा भर्ना हुनेको सङ्ख्या ८३ बाट बढेर ९५ पुग्यो। भिक्टोरियामा ४९१ जनाको अस्पतालमा उपचार हुँदै, ५६ जना सघन उपचार कक्षमा, २४ जना भेन्टिलेटरको सहायतामा।
  • स्वास्थ्य सेवा सम्बन्धी सङ्गठन, हेल्थ सर्भिसेज युनियन (एचएसयु)द्वारा अस्पतालहरूमा कामको दबाबले थकित बन्दै गएका कर्मचारीले “अपर्याप्त लगानीको ”प्रभाव अनुभव गरिरहेको चेतावनी। दुई तीन महिनामा अस्पतालहरू गम्भीर सङ्कटको जाने भनाई।
  • सङ्घीय ट्रेजरर जोश फ्राइडनबर्गद्धारा सरकारले द्रुत गतिको एन्टीजेन परीक्षणको मागलाई मध्यनजर गदै थप किटहरू मगाएको बताउँदै राज्य र प्रदेशहरूले चाडै (ऱ्याट) किट पाउने भनाई। ८ करोड ४० लाख किट आउने भए पछि आपूर्ति थप सहज हुने।
  • प्रधानमन्त्री स्कट मरिसनद्धारा 'क्लोज कन्ट्याक्ट'मा परेकाहरूलाई ऱ्यापिड एन्टीजेन परीक्षण किट निःशुल्क दिने भनाई। सबैका लागि निःशुल्क भने नहुने स्पष्ट।
  • अमेरिकाका सङ्क्रमण रोग विशेषज्ञ डा एन्थोनि फौसीले देशमा ओमिक्रन केसमा 'ठाडो वृद्धि' देखिदा सङ्क्रमणको शिखर भने केही हप्तामै पुग्ने सम्भावना रहेको भनाई।

कोभिड-१९ सङ्क्रमणका पछिल्ला तथ्याङ्कहरू:

न्यु साउथ वेल्समा २०,७९४ जनामा सङ्क्रमण, चार जनाको मृत्यु।

भिक्टोरियामा ८,५७७ जनामा सङ्क्रमण पुष्टि र ३ जनाको मृत्यु।

क्वीन्सल्याण्डमा ४,२४९ जनामा सङ्क्रमण, ३० वर्ष हाराहारीका एक पुरुषको सङ्क्रमणका कारण मृत्यु भएको 'हुन सक्ने' राज्यकी प्रिमीयरको भनाई।

एसीटीमा ५१४ जनामा सङ्क्रमण पुष्टि, टास्मेनियामा ४६६ जनामा सङ्क्रमण पुष्टि।

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now