SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: न्यु साउथ वेल्समा 'डेल्टाक्रन' सङ्क्रमणहरू पुष्टि

यो ८ अप्रिल २०२२ को संक्षिप्त कोरोनाभाइरस अपडेट हो।

A COVID-19 testing clinic at Royal Prince Alfred Hospital in Sydney. (file)
A COVID-19 testing clinic at Royal Prince Alfred Hospital in Sydney. (file) Source: Getty Images/Jenny Evans

2 min read

Published

Updated



Skip to article content

पछिल्लो २४ घण्टे गणना अवधिमा अस्ट्रेलियामा कोभिड-१९ का कारण २५ जनाको ज्यान गएको छ। ती मध्य ९ जना क्वीन्सल्यान्ड र ८ जना न्यु साउथ वेल्सबाट रहेको बताइएको छ।

न्यु साउथ वेल्समा पहिलो "डेल्टाक्रन" सङ्क्रमण पुष्टि भएको छ। "डेल्टाक्रन" भन्नाले डेल्टा र ओमिक्रन भेरिएन्ट मिलेर बनेको भेरिएन्ट हो। 

न्यु साउथ वेल्स हेल्थको साप्ताहिक कोभिड-१९ रिपोर्टको तथ्याङ्क अनुसार गत महिनामा तीन जनामा डेल्टा/ओमिक्रन बीए.१ मिश्रित सङ्क्रमण, र चार जनामा ओमिक्रन बीए.१/बीए.२ मिश्रित सङ्क्रमण देखिएको थियो। 

लेबर दलको सिनेट अनुसन्धानले अस्ट्रेलियामा कोभिड-१९ को व्यवस्थापनको बारेमा एक शाही आयोग स्थापना गर्नु पर्ने भन्दै १९ वटा सिफारिस पेस गरेको छ। 

अन्य सिफारिस मध्य अस्ट्रेलियाको आफ्नै रोग नियन्त्रण केन्द्र स्थापना गर्ने, स्वास्थ्य निकायहरूमा बढी पारदर्शिता हुनु पर्ने र स्वास्थ्य सम्बन्धी गलत सूचना रोक्न नयाँ कानून बनाइनु पर्ने पनि केही हुन्।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now