कोभिड अपडेट: न्यु साउथ वेल्समा आदिवासी समुदाय लक्षित खोप कार्यक्रम सञ्चालन, भिक्टोरियामा सङ्क्रमणको नयाँ रेकर्ड

यो शनिवार, १८ सेप्टेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Sydney Indigenous COVID vaccination

Australian Wiradjuri elder and Indigenous rights activist Aunty Jenny Munro gestures after receiving a Covid-19 vaccine at a pop-up vaccination clinic... Source: AAP/Dan Himbrechts

मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्समा राज्यभर आदिवासी समुदाय लक्षित कोभिड विरुद्धको खोप कार्यक्रम भइरहेको छ।
  • मध्य मेलबर्नका सार्वजनिक यातायातका साधनहरू ६ घण्टाको लागी बन्द गरिएको छ।
  • अस्ट्रेलियाको पहिलो चरणको मडेर्ना खोप आइपुग्यो।
  • क्वीन्सल्याण्डले ४० प्रतिशत पूर्ण खोप लगाउनेहरूको लक्ष पुरा गर्‍यो।

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा १ हजार ३ सय ३१ नयाँ स्थानीय सङ्क्रमण पुष्टि गरिएको छ भने सङ्क्रमणका कारण ६ जनाले ज्यान गुमाएका छन्। अहिले राज्यभर कुल १ हजार २ सय १९ जना कोरोना सङ्क्रमणका कारण अस्पतालमा भर्ना भएका छन्।

न्यु साउथ वेल्स स्वास्थ्य विभागका डा. जेरेमी म्याकनल्टीका अनुसार ८१.२ प्रतिशत खोप लाउन योग्य जनसङ्ख्याले खोपको एक मात्रा लगाएका छन्। साथै ५०.६ प्रतिशतले  खोपको पुरा मात्रा लगाइ सकेका छन्।

न्यु साउथ वेल्स स्वास्थ्य विभागले यही सप्ताह अन्त्यमा राज्य भर बृहद रूपमा आदिवासी समुदाय लक्षित कोभिड खोप कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। स्वास्थ्य क्लिनिकहरूले  १२ वर्ष र सो माथिका आदिवासी समुदायका मानिसहरूलाई फाइजर खोप लगाउँदै छ।

आज खोप लगाउने समय निर्धारण गर्न यहाँ क्लिक गर्नुहोस्।

भिक्टोरिया

भिक्टोरियामा थप ५३५ नयाँ स्थानीय संक्रमणहरू एक मृत्यु दर्ता गरिएको छ। नयाँ संक्रमितहरू मध्ये ६२ जनालाई अहिले देखिएकै मामिलाहरू सँग सम्बन्धित रहेका छन्। यसैबीच मेलबर्नको सीबीडी मा सम्पूर्ण सार्वजनिक यातायात ६ घन्टाको लागी बन्द गरिएको छ।

लकडाउन विरुद्ध प्रदर्शन गरिने योजनालाई विफल बनाउन भन्दै सार्वजनिक सवारी साधनहरूको संचालन बन्द गरिएको हो।

भिक्टोरियाको यातायात विभागले अत्यावश्यक कामदार र खोप लगाउनका लागी जाने व्यक्तिहरूले मात्र सो क्षेत्रमा प्रवेश गर्न पाउने भन्दै सचेत गराएको छ।

आफू नजिकको खोप केन्द्रका बारेमा थप जानकारीका लागी यहाँ क्लिक गर्नुहोस।

पछिल्लो २४ घण्टामा अस्ट्रेलियामा

  • राजधानी एसीटीमा थप १५ नयाँ कोभीड संक्रमण पुष्टि भएको छ जसमध्ये कम्तिमा पनि सात जनाले आफू संक्रमित रहेकै अवस्थाको केहि समय समुदायमा विताएका थए।
  • क्वीन्सल्याण्डले आफ्नो खोप लक्ष अन्तर्गत ४०.५४ प्रतिशत खोप लगाउन योग्यता पुगेका राज्यवासीलाई खोपको पूर्ण  मात्रा दिएर एक खुड्किलो पार गरेको छ।
  • अस्ट्रेलियामा पहिलो चरणको मडेर्ना खोप आइपुगेको छ। यहि सप्ताहअन्त्य देखि देशमा १० लाख सो खोपहरू आउने अपेक्षा गरिएको छ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

3 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now