कोभिड-१९ अपडेट: न्यु साउथ वेल्सका स्कूलहरूमा विद्यार्थीहरूको स्वागत, भिक्टोरियाली विद्यालयहरू पनि खुल्ने तयारीमा

यो सोमवार, १८ अक्टोबर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Staff welcome students back to school after COVID-19 restrictions were lifted, at Glebe Public School in Sydney

Staff welcome students back to school after COVID-19 restrictions were lifted, at Glebe Public School in Sydney. Source: AAP/Bianca De Marchi

मुख्य बुँदाहरू:

  • भवन बाहिर सञ्चालन हुने व्यापार-व्यवसायका लागि भिक्टोरियाद्वारा आर्थिक सहयोगको घोषणा,
  • न्यु साउथ वेल्समा स्कूलहरू पुनः खुले
  • टास्मेनियाको लकडाउन पूर्व योजना मुताबिक नै हट्ने।

भिक्टोरिया

मध्यरातसम्मको २४ घण्टामा भिक्टोरियाले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप १,९०३ नयाँ मामिलाहरू दर्ता गरेको छ।

अधिकारीहरूका अनुसार सोही अवधिमा सात भिक्टोरियालीहरुले कोभिड-१९ सङ्क्रमणका कारण आफ्नो ज्यान गुमाएका छन्।

उता, भिक्टोरियाली रोजगार मन्त्री याला पुलफोर्डले आज ५ करोड ४५ लाख डलरको एक आर्थिक राहत प्याकेजको घोषणा गरेकी छिन्।

सडकबाटै व्यापार-व्यवसाय सञ्चालन गर्न सजिलो होस् भन्ने हेतुका साथ उक्त आर्थिक सहायता प्याकेज ल्याइएको उनको भनाई छ।

“सुरक्षित तथा नौलो उपायहरू अवलम्बन गर्दै व्यापार-व्यवसायहरूले पुनः सञ्चालित हुन सकुन् भन्ने हाम्रो कामना हो,” उनले भनिन्।

सोही प्याकेज अन्तर्गत एक भाउचर योजनाको उपयोग गर्दै व्यवसायहरूले आफूलाई आवश्यक पर्ने सामान खरिद गर्दा २,००० डलरको अनुदान प्राप्त गर्नेछन्।

उक्त अनुदानको लागि योग्य हुन व्यापार व्यवसायहरूले कम्तीमा पनि २,००० डलर खर्च गरेको हुनुपर्नेछ।

कपाल काट्ने हजाम, व्यायामशाला, सौन्दर्य सेवा प्रदायक, खुद्रा व्यापार, नाच सिकाउने डान्स स्टुडियो लगायत बार, पब, रेस्टुरेन्ट, क्याफे आदिले सडक छेउमा व्यवसाय सञ्चालनका लागि सामान किन्दा सो अनुदान पाउन सक्नेछन्।

भिक्टोरियामा हालसम्म १६ वर्ष माथिका ८८.४५ प्रतिशत योग्य बासिन्दाहरूले खोपको पहिलो मात्रा पाइसकेका छन्।

यसै गरी दुवै मात्रा लगाउने योग्य भिक्टोरियालीहरूको अनुपात ६६.७३ प्रतिशत रहेको छ।

बिहीवार, २१ अक्टोबर रातीको ११:५९ बजे लकडाउन अन्त्य हुने मेलबर्नमा सोही दिन कक्षा १ र २ का विद्यार्थीहरू प्रत्यक्ष पठन-पाठनमा फर्किने छन्।

अन्य विद्यार्थीहरू भने त्यसको भोलिपल्ट अर्थात् शुक्रवार, २२ अक्टोबरदेखि स्कुल फर्किने छन्।

न्यु साउथ वेल्स

आइतबार राती आठ बजेसम्मको २४ घण्टामा न्यु साउथ वेल्समा कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका २६५ नयाँ मामिलाहरू दर्ता भएका छन्।

सोही अवधिमा थप पाँच राज्यवासीले कोभिड-१९ सङ्क्रमणका कारण आफ्नो ज्यान गुमाएको न्यु साउथ वेल्स हेल्थले बताएको छ।

पछिल्लो सरकारी आँकडा अनुसार १६ वर्ष र सोभन्दा माथिका योग्य राज्यवासीहरूको ९२.१ प्रतिशतले खोपको पहिलो मात्रा लगाइसकेका छन् भने ८०.७६ प्रतिशतले दोस्रो मात्रा पाइसकेका छन्।

आजदेखि कक्षा १२, १ र किन्डरगार्टेनका छात्रछात्राहरू कक्षाकोठामा फर्केका छन् भने अन्य सबै कक्षाका विद्यार्थीहरू अर्को सातादेखि प्रत्यक्ष पठन-पाठनमा फर्किने छन्।

 

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

एसीटीमा बितेका २४ घण्टामा कोभिड-१९ सामुदायिक सङ्क्रमणका १७ नयाँ मामिला दर्ता भएका छन्।

क्यानबेरा स्थित अस्पतालमा पनि कोरोनाभाइरस सङ्क्रमणका कारण हाल भर्ना हुनेको सङ्ख्या १७ नै रहेको छ।

ती मध्ये ९ जनाको सघन उपचार भइरहेको स्थानीय अधिकारीहरूको भनाई छ।

टास्मेनिया

दक्षिणी टास्मेनिया आफ्नो पूर्वनियोजित कार्यक्रम अनुरूप नै आज साँझ ६ बजेदेखि लकडाउन मुक्त हुनेछ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ। 


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

 

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।

 


4 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now