SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: न्यु साउथ वेल्सले होटेल र होम क्वारेन्टिन हटाउने, भिक्टोरियासँगका प्रतिबन्ध खुकुलो

यो शुक्रबार, १५ अक्टोबर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

From Tuesday, Victoria will scrap quarantine requirements for the fully vaccinated in NSW.
From Tuesday, Victoria will scrap quarantine requirements for the fully vaccinated in NSW. Source: AAP

4 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS



Skip to article content

 


मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्सले खोपको दुवै डोज लगाएकाहरूलाई नोभेम्बर १ देखि क्वारेन्टिन हटाउने
  • खोपको दुवै डोज लगाएका न्यु साउथ वेल्सका बासिन्दाहरू भिक्टोरिया जाँदा क्वारेन्टिनमा बस्न नपर्ने
  • न्यु साउथ वेल्सका रिजनल क्षेत्रमा यात्रा गर्न नपाइने प्रतिबन्ध नोभेम्बर १ सम्म लम्बियो

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा ३९९ नयाँ सामुदायिक कोरोना भाइरस सङ्क्रमण सँगै तीन जनाको ज्यान गएको छ।

सोमबार राज्यमा दुवै डोज खोप लगाएका मानिसहरूको सङ्ख्या ८०% पुगे पछि थप प्रतिबन्धहरू हटाइने प्रिमियर डोमीनीक पेरोटेले बताएका छन्।

त्यस्तै, धेरै सङ्ख्यामा मानिसहरूले खोप लगाएका हुनाले, खोपको दुवै डोज लगाएका मानिसहरू नोभेम्बर १ देखि विदेशबाट भित्रँदा होटेल क्वारेन्टिन बस्न नपर्ने र राज्य भित्र घरमा क्वारेन्टिन बस्न नपर्ने उनले घोषणा गरेका छन्।

विमानमा जानु अघि यात्रुहरूको पीसीआर नेगेटिभ (सङ्क्रमण नभएको) आउनु पर्ने, र न्यु साउथ वेल्स भित्रिए पछि पनि परीक्षणको सुविधा हुने उनले बताए।

अस्ट्रेलियाको औषधी नियामक निकाय थेराप्यूटिक गुड्स सङ्घले स्वीकृति प्रदान गरेका खोपहरू मात्र मान्य हुने बताइएको छ।

अस्ट्रेलियामा आफ्नो घर फर्कन नपाइ अन्य देशमा रहन बाध्य रहेका अस्ट्रेलियालीहरूलाई प्राथमिकता दिइने छ।

सोमबारदेखि घरभित्र २० जना र भवन बाहिर ५० जना सम्म भेला हुन पाउने छन्।

रिजनल न्यु साउथ वेल्समा नोभेम्बर १ देखि यात्रा थालनी हुने छ।

आफू नजिकै खोप लगाउने केन्द्र खोज्नुहोस्।

NSW Roadmap Nepali COVID-19
Source: SBS Nepali

भिक्टोरिया

आउँदो मङ्गलबारदेखि खोपको दुवै डोज लगाएका न्यु साउथ वेल्सका बासिन्दाहरू भिक्टोरिया गए पछि क्वारेन्टिनमा बस्नु पर्ने छैन। यात्रुहरू राज्य प्रवेश गरेको ७२ घण्टा भित्र कोभिड-१९ सङ्क्रमित नभएको परीक्षणबाट पुष्टि हुनु पर्दछ।

राज्यमा २,१७९ नयाँ कोभिड-१९ सङ्क्रमण सँगै ६ जनाको ज्यान गएको छ।

अबदेखि अधिकृत कामदारहरूले अनिवार्य कोभिड-१९ खोप लगाएको हुनु पर्दछ।

उनीहरूले कार्यस्थलमा काम गर्नका लागि खोपको पहिलो डोज लगाएको हुनु पर्छ, या खोप लगाउन बुक गरेको भनी प्रमाण देखाउनु पर्ने हुन्छ।

भिक्टोरियाली खोप केन्द्रहरू बारे आधिकारिक जानकारी यहाँ छ।

अस्ट्रेलियन क्यापिटल टेरीटरी (एसीटी)

एसीटीमा ३५ नयाँ सङ्क्रमित फेला पर्दै, वर्तमान आउटब्रेकको सङ्क्रमित सङ्ख्या कूल १,३९४ पुगेको छ। एक वृद्ध हेरचाह केन्द्र एक ७० वर्षीयको महिलाको मृत्यु भएको छ।

खोप बुक गर्नुहोस्।

पछिल्लो २४ घण्टामा अस्ट्रेलियाका महामारी सम्बन्धी अन्य खबर

  • ९७% सटीकता रहेका तीन वटा कोभिड-१९ सेल्फ-टेस्ट किट, अर्थात् मानिसहरूले आफैँ कोभिड-१९ परीक्षण गर्न सक्ने साधनहरू, नोभेम्बर १ मा फार्मेसीहरूमा पुग्ने छन्।
  • अस्ट्रेलियाली तथ्याङ्क विभागका अनुसार न्यु साउथ वेल्स, भिक्टोरिया र एसीटीका पछिल्ला लकडाउनका कारण थप १,३८,००० कामहरू गुमेका छन्।

 

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।

पछिल्लो २४ घण्टामा अस्ट्रेलियाका महामारी सम्बन्धी अन्य खबर

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now