कोभिड-१९ अपडेट: न्यु साउथ वेल्स नजरमा अन्तर्राष्ट्रिय यात्रा, भिक्टोरियाको प्रतिबन्ध खुकुलो हुने

यो बुधवार, १ सेप्टेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Victoria will remain in lockdown after recording the highest number of new daily local COVID-19 cases in the state in almost a year. (AAP Image/Daniel Pockett) NO ARCHIVING

A pharmacy worker receives delivery of a temperature sensitive box containing Pfizer vaccines at the Sandown Racecourse Vaccination Centre in Melbourne. Source: AAP

मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्सका विभिन्न ठाउँहरूमा कोभिड-१९ का जीवाणुहरू फेला परेको अधिकारीहरूको भनाई
  • भिक्टोरियाभर एस्ट्राजेनेकाका ७०,००० भन्दा बढी मात्रा अझै उपलब्ध र
  • एसीटीमा फाइजर खोप १६-२९ उमेर समूहका लागि बुकिङ खुल्ला।

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा मङ्गलवार राति आठ बजेसम्मको २४ घण्टामा थप १,११६ नयाँ कोभिड-१९ सङ्क्रमण मामिलाहरू पुष्टि भएका छन्।

यस अवधिमा चार सङ्क्रमितको मृत्यु भएको छ, जस मध्ये चारै जना महिलाहरूले खोप नलगाएको आजको दैनिक अपडेटकका क्रममा प्रिमियर ग्लाडिस बेरिजिक्लियनले बताइएकी छिन्।

उनीहरू ५० देखि ८० वर्ष उमेरका थिए।

डेल्टा भेरिएन्टका कारण १६ जुनदेखि ज्यान गुमाउने मानिसहरूको सङ्ख्या १०० पुगेको छ।

पुष्टि भएका नयाँ केसहरू मध्ये चाहिँ ४०८ जना पश्चिमी सिड्नी स्थानीय स्वास्थ्य क्षेत्रबाट र ३७२ जना दक्षिण-पश्चिमीबाट रहेका छन्।

यस्तै सुदूर पश्चिमी क्षेत्रको विल्कानियामा तीन जना, र पश्चिमी न्यु साउथ वेल्समा २९ जना सङ्क्रमित पुष्टि भएका छन्।

पछिल्लो २४ घण्टामा ४७,७०४ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएको न्यु साउथ वेल्स हेल्थले जानकारी दिएको छ।

न्यु साउथ  वेल्समा हाल ९१७ जना कोभिड-१९ का कारण अस्पताल भर्नामा रहेको न्यु साउथ वेल्सकी उप-प्रमुख स्वास्थ्य अधिकारी मेरिएन गेलले बताएकी छिन्।

ती मध्य १५० जना आइसियुमा छन् भने ६६ जनालाई भेन्टिलेटरमा राखिएको उनको भनाई छ।

उता, खोप लगाउने मानिसहरूको सङ्ख्या यसै किसिमले बढ्दै गएमा आउँदो अक्टोबर महिनासम्म प्रतिबन्धहरू खुकुलो पार्न सकिने प्रिमियर ग्लाडिस बेरिजिक्लियनले बताएकी छिन्।

"सेप्टेम्बरेको महिनामा सबै जनालाई तयार हुन् हामी आग्रह गर्दै छौँ," उनले भनिन्।

"खोप लगाउनु होस्। यदि तपाईँको व्यवसाय छ भने, कोभिड-१९ सुरक्षा योजनालाई हटाउने समय आउँदै छ। तपाईँका कर्मचारीहरूले खोप लगाएको सुनिश्चित गर्नुहोस्।"

आङ्कलन गरिए झैँ नोभेम्बर महिनासम्म ८० प्रतिशत न्यु साउथ वेल्स बासिन्दाहरूले खोपको दुवै डोज लगाएको खण्डमा न्यु साउथ वेल्सको लागि अन्तर्राष्ट्रिय उडान जारी गरिन सक्ने उनले बताएकी छिन्।

उता, कोभिड-१९ का जिवाणुहरु थ्रेडबो, मेरिमबुला, पोर्ट मक्वारी, डन्बोगन, बोनी हिल्स, वारेन, मोकोङ, ट्यामवर्थ र गन्नेडाका ढलमा देखिएको अधिकारीहरूले बताएका छन्।

भिक्टोरिया

बितेका २४ घण्टामा भिक्टोरियामा कोभिड-१९ का १२० थप सामुदायिक सङ्क्रमण मामिलाहरू पुष्टि भएका छन्।

सोही अवधिमा दुई जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको पनि स्थानीय स्वास्थ्य विभागले बताएको छ।

मङ्गलवार मध्यरातसम्म पुष्टि भएका सङ्क्रमणहरू मध्ये ६४ वटा पहिले दर्ता भइसकेका मामिलाहरूसँग सम्बन्धित रहेको बताइएको छ भने अन्य ५६ जना अनुसन्धानको क्रममा छन्।

यसका साथै, राज्यमा अब ९०० सक्रिय कोरोनाभाइरस सङ्क्रमितहरू रहेको प्रिमियर ड्यानिएल एन्ड्रुजको भनाई छ।

भिक्टोरियाली प्रिमियरले २३ सेप्टेम्बरमा राज्यका योग्य बासिन्दाहरूको ७० प्रतिशतले कोभिड-१९ विरुद्ध खोपको पहिलो मात्रा पाई सक्ने आफूहरूको अनुमान रहेको बताउँदै, उक्त उपलब्धि भन्दा अगाडी हाल जारी प्रतिबन्धहरूमा व्यापक हेरफेर नहुने, स्पष्ट पारेका छन्। 

उनी भन्छन् कि यो हप्तादेखि प्रतिबन्धहरू केही हलुका बनाइने भनिएता पनि कोरोनाभाइरस खोप सम्बन्धी उक्त कोशे ढुङ्गा प्राप्त नभएसम्म थप स्वतन्त्रताका लागि अब राज्यका बासिन्दाहरूले कुर्नुपर्नेछ।

उनका अनुसार बितेका केही दिनमा प्रकोपले नाटकीय रूप ग्रहण गरेको छ।

प्रिमियर एन्ड्रुज भन्छन् कि यो समय प्रकोप आधारभूत रूपमा परिवर्तित भएको स्थिति हो।

“यस कारण अब ठुलो रूपमा प्रतिबन्धहरू फुकुवा गर्न सकिने स्थिति छैन,” उनले केही बेर अघि मेलबर्नमा आयोजित पत्रकार सम्मेलनका क्रममा भने।

“यो प्रकोपको गहिराई अब प्रस्ट भएको छ र (भिक्टोरियाली) प्रमुख स्वास्थ्य अधिकारीले मलाई र सरकारलाई दिएको सल्लाह आधारभूत रूपमा बद्लिएको छ।”

ड्यानिएल एन्ड्रूजले त्यस्तो सल्लाहलाई बेवास्ता गरेर अगाडी बढ्ने छुट आफूहरूसँग नभएको बताउँदै भने कि हामीलाई उपलब्ध गराइने सल्लाह हामी मान्छौँ।

“प्रमाण र विज्ञहरूको धारणा प्रस्ट छ,” उनले भने।

“सङ्क्रमण सङ्ख्या (यसै) घट्ने छैन, (केही कदम नलिए) यी बढ्ने छन्।”

तर भोलि मध्यरातदेखि भने बालबालिकाहरूले सार्वजनिक खेल स्थल वा प्ले ग्राउन्डहरूको उपभोग गर्न पाउने छन्।

यसै गरी बालबालिकाका स्याहारका लागि पहिलेदेखि नै स्वीकृति प्राप्त कामदारहरूलाई प्रयोग गरिरहेका परिवारहरूले पुनः त्यस प्रकारको सेवा लिन सक्ने पनि ड्यानिएल एन्ड्रुजले बताएका छन्।

बाँकी सबै प्रतिबन्धहरू ढिलोमा कि त २३ सेप्टेम्बर नभए ७० प्रतिशतले खोपको पहिलो मात्रा नपाएसम्म यथावतै रहने छन्,” उनले भने।

सेप्टेम्बर ७ तारिखदेखि १२ कक्षामा रहेका विद्यार्थीहरू खोपका लागि प्राथमिकतामा पर्ने पनि प्रिमियरको भनाई छ।

अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर

आफू बसेको ठाउँबाट पाँच किलोमिटरको परिधि कहाँसम्म छ त भनेर जान्न चाहनुहुन्छ भने तलको नक्साको “Search address” लेखेको बक्सामा आफ्नो घर भएको सडकको नाम हालेर हेर्नुहोस्।

अत्यावश्यक भनेर वर्गीकृत भएका काममा जान, कोभिड-१९ को खोप लगाउन, कोरोनाभाइरस परीक्षण र जरुरी किनमेल लगायत आफन्तजनको हेरचाह गर्न जानुहुन्छ भने चाहिँ तपाईँलाई पाँच किलोमिटरको नियम लागू हुँदैन। भिक्टोरियाली सरकारका अनुसार यस प्रकारको यात्रा प्रतिबन्ध आगामी सेप्टेम्बर २ तारिख रातीको ११:५९ बजेसम्म कायम रहनेछ।

*महानगरीय मेलबर्नमा ३१ स्थानीय सरकार क्षेत्र वा काउन्सिलहरू पर्छन्, र ती यस प्रकार छन्:* * बान्युल, * ह्युम, * मोरल्यान्ड, * बेसाइड, * किङ्गस्टन, * मर्निङ्टन पेनिनसुला, * बुरूनडारा, * नक्स, * निलुमबिक, * ब्रिमब्याङ्क, * मनिङ्घम, * पोर्ट फिलिप, * कार्डिनिया, * म्यारीब्नङ, * स्टनिङटन, * केसी, * मरून्डाह, * ह्वाइटहर्स, * डारेबिन, * मेलबर्न, * ह्विट्टलसी, * फ्र्याङ्क्सटन, * मेल्टन, * विन्डह्याम, * ग्लेन आइरा, * मोन्यास, * यार्रा, * ग्रेटर ड्यान्डेनङ, * मूनी भ्याली, * यार्रा रेन्जेस र * हब्सन बे। 

[link title="अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर" url="node/1827625"]

SBS News graphic
Source: SBS News

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

राष्ट्रिय राजधानी क्यानबेरा रहेको प्रदेश एसीटीमा गएका २४ घण्टामा कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप २४ मामिलाहरू दर्ता भएका छन्।

मुख्यमन्त्री एन्ड्रु बार्रका अनुसार ती २४ जना सङ्क्रमित मध्ये ११ जना क्वारेनटिनमा बसिसकेका मानिसहरू थिए भने नौ जना कसरी सङ्क्रमित बन्न पुगे भन्ने बारे छानबिन भइराखेको छ।

उनी भन्छन् कि क्यानबेरामा देखा परिरहेका पछिल्ला मामिलाहरू प्राय गरेर घरका सदस्यहरू बिच फैलिएको सङ्क्रमणका घटनाहरू हुन्।

तर एकदमै थोरै सङ्ख्यामा रहेका सङ्क्रमित मानिसहरूले आफ्नो कार्यस्थल गएर अनजानमै भाइरस फैलाइरहेको पनि एन्ड्रु बार्रको भनाई छ।

“कृपया मास्क लगाउनुहोस्,” उनले भने।

“जति सुकै सानो कदमले पनि मद्दत गर्छ।”

क्यानबेरामा बस्ने १६ देखि २९ वर्षका किशोर-किशोरी एव युवा-युवतीहरुले अब फाइजर खोपका लागि बुकिङ गर्न सक्नेछन्। 

जीपी कहाँ वा प्रदेश सरकारद्वारा सञ्चालित ठुला सार्वजनिक खोप केन्द्रहरुमा यस्तो सुविधा उपलब्ध हुने मुख्यमन्त्रीको भनाई छ।

क्यानबेरा सरकारद्वारा चलाइएका क्लिनिकहरुमा भने अक्टोबर मसान्त अगाडि बुकिङ गर्न नसकिने पनि उनले बताएका छन्।

क्वीन्सल्यान्ड

गएका २४ घण्टामा क्वीन्सल्यान्डले कोभिड-१९ सामुदायिक सङ्क्रमणका कुनै पनि मामिला दर्ता गरेको छैन।

गएका २४ घण्टामा क्वीन्सल्यान्डले कोभिड-१९ सामुदायिक सङ्क्रमणका कुनै पनि मामिला दर्ता गरेको छैन।

र, योसँगै राज्य प्रवेशमा लागेको प्रतिबन्ध केही खुकुलो गरिएको प्रिमियर अनास्टेसिया पलाशेको भनाई छ।

उनी भन्छिन् कि आउँदो शनिवारदेखि फेरी एक पटक अन्य राज्यमा फसेका क्वीन्सल्यान्डवासीहरू होटेल क्वारेन्टिन मार्फत घर फर्किन सक्नेछन्।

“हुन त होटेल क्वारेन्टिन कार्यक्रम स्थगन गर्ने निर्णय भर्खरै लागू भएको हो,” राज्य संसद्लाई सम्बोधन गर्दै पलाशेले भनिन्।

“तर, होटेल क्वारेन्टिनको चाप केही हलुको हुन थालेको छ र हामी होटेल क्वारेन्टिनका लागि ५० स्थानहरू अब उपलब्ध गराउन सक्छौँ।”

प्रिमियरले होटेल क्वारेन्टिनका लागि स्थानहरू क्रमिक रूपले उपलब्ध हुँदै गर्दा घर फर्किने राज्यवासीका निम्ति ती ठाँउ दिन सकिने बताएकी छिन्।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

7 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now