SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: न्यु साउथ वेल्समा विद्यार्थीहरू स्कुल फर्किँदै गर्दा भिक्टोरियामा खोप लगाउन थप जोड

यो २५ अक्टोबर २०२१, सोमवारको अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Students of Hunter School of the Performing Arts celebrate their return on campus in Sydney after months of lockdown.
Students of Hunter School of the Performing Arts celebrate their return on campus in Newcastle after months of lockdown. Source: Supplied by Hunter School of the Performing Arts

4 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS



Skip to article content

मुख्य बुँदाहरू:

  • नियामक संस्थाबाट अनुमति पाए दोस्रो मात्रा लगाएको छ महिनापछि बुस्टर मात्रा उपलब्ध हुने,
  • आफ्ना आदिवासी जनसङ्ख्या माझ खोप दर बढाउन भिक्टोरियाद्वारा थप प्रयास र
  • न्यु साउथ वेल्समा आजदेखि सबै विद्यार्थीहरू स्कुल फर्किए।

भिक्टोरिया

मध्यरातसम्मको गणना अवधिमा भिक्टोरियाले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप १,४६१ नयाँ मामिलाहरू दर्ता गरेको छ।

सोही अवधिमा एक २० वर्ष कटेकी युवती समेत गरेर सात भिक्टोरियालीहरूको कोभिड-१९ सङ्क्रमणका कारण ज्यान गएको राज्य स्वास्थ्य मन्त्री मार्टिन फोलीले बताएका छन्।

भिक्टोरियाका आदिवासी समुदाय माझ खोप सम्बन्धी जनचेतना बढाउन राज्यद्वारा आफ्नो प्रयासलाई नवीकरण गर्ने घोषणा पनि उनले गरेका छन्।

यसै गरी कम खोप दर भएका समुदायहरूलाई लक्षित गर्दै अस्थायी प्रकृतिका “पप-अप” क्लिनिकहरू खोलिने बताइएको छ।

हाल राज्यमा रहेका १२ वर्ष माथिका आदिवासीहरूको योग्य जनसङ्ख्याको झन्डै ८० प्रतिशतले खोपको पहिलो मात्रा लगाइसकेका छन्। राज्य व्यापी रूपमा भने यो सङ्ख्या ९० प्रतिशत माथि रहेको छ।

आउँदो शुक्रवारदेखि भिक्टोरियामा प्रतिबन्धहरू थप खुकुलो हुनेछन् जस अनुसार भवन बाहिर मास्क लगाउनुपर्ने नियम हट्ने छ र महानगरीय मेलबर्नका बासिन्दाहरूलाई रिजनल भिक्टोरिया जान कुनै रोक-टोक हुने छैन।

 

न्यु साउथ वेल्स

आइतबार राती आठ बजेसम्मको अवधिमा न्यु साउथ वेल्सले कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप २९४ नयाँ मामिलाहरू र चार कोरोनाभाइरस सम्बन्धी मृत्यु दर्ता गरेको छ।

राज्यका सबै स्कूले विद्यार्थीहरू आजदेखि प्रत्यक्ष पठन-पाठनमा फर्किएका छन्।

तर, अनिवार्य खोप सम्बन्धी नियमका कारण सबै शिक्षक तथा शिक्षिकाहरू काममा फर्किन असमर्थ रहेको बताइएको छ।

“हाम्रा ९५ प्रतिशत शिक्षक-शिक्षिकाहरूले खोप लगाइसकेका छन् र यसले गर्दा हामी स्कूलहरु सुरक्षित रूपमा खोल्न सकेका छौँ,” प्रिमियर पेरोटेले भने।

“यो एक असाधारण प्रयास हो।”

यसै गरी बृहत् सिड्नीका निजी तथा सार्वजनिक दुवै किसिमका अस्पतालहरूमा अत्यावश्यक ठहर नभएका स्वैच्छिक शल्यक्रियाहरू सुरु हुने भएका छन्।

क्वीन्सल्यान्ड, एसीटी र नर्दर्न टेरिटरी

क्वीन्सल्यान्डमा पछिल्लो गणना अवधिभर कोभिड-१९ सङ्क्रमणका एउटा पनि केस दर्ता नभएको राज्यका अधिकारीहरूले बताएका छन्।

उता, अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)मा भने बितेका २४ घण्टामा कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप नौ मामिला दर्ता गरिएको छ।

डार्विन राजधानी भएको नर्दन टेरिटरीले भोलि मङ्गलवारदेखि १४ दिने होम क्वारेन्टिनको परीक्षण सुरु गर्ने बताएको छ।

कोरोनाभाइरस सम्बन्धी अन्य अस्ट्रेलियाली अपडेट

अस्ट्रेलियाली प्राविधिक सल्लाहकार समूह - अटागीले स्वीकृति दिए, दोस्रो खोप लगाएको छ महिना पछि बुस्टर मात्रा उपलब्ध हुनसक्ने बताइएको छ।

अस्ट्रेलियाली कोभिड-१९ टास्कफोर्सका कमान्डर लेफ्टिनेन्ट जनरल जन फ्रिउनले बुस्टर डोज बारे उक्त घोषणा गरेका हुन्।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ। 


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now