कोभिड-१९ अपडेट: दुई मात्रा खोप लगाएका न्यु साउथ वेल्स बासिन्दाहरूका लागि सोमवारदेखि प्रतिबन्ध खुकुलो

यो शुक्रवार, १० सेप्टेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

NSW Premier Gladys Berejiklian arrives to speak to the media during a press conference in Sydney, Friday, September 10, 2021. (AAP Image/Joel Carrett) NO ARCHIVING

NSW Premier Gladys Berejiklian arrives to speak to the media during a press conference in Sydney, Friday, September 10, 2021. Source: AAP Image/Joel Carrett

मुख्य बुँदाहरू:

  • रिजनल न्यु साउथ वेल्समा भाइरसको जीवाणु भेटियो, 
  • भिक्टोरियामा रिजनल रेल सेवा प्रभावित,
  • एसीटीमा खोपका लागि थप बुकिङ खुल्ला र
  • क्वीन्सल्यान्डमा थप एक सङ्क्रमण पुष्टि।

न्यु साउथ वेल्स

बिहीवार आठ बजेसम्मको २४ घण्टामा न्यु साउथ वेल्सले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप १,५४२ नयाँ मामिलाहरू दर्ता गरेको छ।

यसबारे थप जानकारी दिँदै प्रिमियर ग्लाडिस बेरिजिक्लियनले उक्त अवधिमा कोभिड-१९ का कारण नौ जनाको मृत्यु भएको पनि बताएकी छिन्।

उनका अनुसार हालसम्म राज्यमा कोरोनाभाइरस खोपका लागि योग्य मानिसहरूको ७६.४ प्रतिशतले उक्त खोपको पहिलो मात्रा लगाई सकेका छन् भने ४३.६ प्रतिशतले दुवै मात्रा पाइसकेका छन्।

प्रिमियरले आगामी सोमवारदेखि केही प्रतिबन्धहरू खुकुलो हुने बताएकी छिन्।

चिन्ताका स्थानीय सरकार क्षेत्र’ बाहेकका ठाउँमा बस्ने मानिसहरूले दुई डोज खोप लगाएका र अर्कै घरमा बस्ने इष्टमित्रहरूसँग पिकनिक मनाउन सक्ने उनले उल्लेख गरेकी हुन्।

तथापि यस्तो जमघट हालका लागि भने घरको पाँच किलोमिटर परिधि भित्रै हुनुपर्ने पनि उनको भनाई छ।

तर, क्यान्टबरी-ब्याङ्क्सटाउन क्षेत्रमा सङ्क्रमण बढिरहेको भन्दै ग्लाडिस बेरिजिक्लियनले त्यहाँका बासिन्दाहरूलाई थप सतर्क रहन आग्रह गरेकी छिन्।

उनका अनुसार रेडफर्न र ग्लेबे पनि चिन्ताका स्थानका रूपमा अगाडि आएका छन्। 

साथै, राज्यका ट्यामवर्थ, लाईटनिङ रिज, ग्लेन इन्नेस, कुलबुरा र मोरुयाका ढलमा कोरोनाभाइरस देखा परेको बताइएको छ।

 

सोमबार १३ सेप्टेम्बर देखि दैनिक प्रेस सम्मेलनको सट्टा न्यु साउथ वेल्स हेल्थद्वारा भिडियो रेकर्डबाट अपडेट प्रदान गर्ने पनि प्रिमियरले घोषणा गरेकी छिन्।

भिक्टोरिया

भिक्टोरियाली स्वास्थ्य विभागका अनुसार मध्यरातसम्मको २४ घण्टे अवधिमा राज्यभर कोभिड-१९ स्थानीय सङ्क्रमणका थप ३३४ घटनाहरू दर्ता गरिएका छन्।

जारी प्रकोप सुरु भए यता भिक्टोरियाले दर्ता गरेको आजको सङ्क्रमण सङ्ख्या सबैभन्दा उच्च हो।

यसै गरी डेल्टा प्रकोपको पछिल्लो लहरका कारण राज्यमा हालसम्म तीन जनाको मृत्यु भइसेको छ।

मेलबर्नमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भिक्टोरियाली मन्त्री बेन क्यारोलले उक्त तेस्रो मृत्युको पुष्टि गरेका हुन्।

उनी भन्छन् कि राज्यको अस्पतालहरूमा कोरोनाभाइरसका कारण भर्ना गरिएका बिरामीहरूको सङ्ख्या हाल १२७ पुगेको छ।

ती मध्ये २१ जनालाई भेन्टिलेटरमा राख्नु परेको पनि क्यारोलको भनाई छ।

साथै, अस्पतालमा भर्ती भएका कसैले पनि कोभिड-१९ विरुद्ध खोपको दुई वटै मात्रा नलिएको पनि उनले जानकारी दिए।

राज्य सङ्क्रमण सङ्ख्या बढ्नुमा कार्यस्थलहरू प्रमुख रूपमा जिम्मेवार देखिएको भिक्टोरियाली कोभिड-१९ कमान्डर जेरोइन वाइमरले बताएका छन्।

उनका अनुसार ११५ सङ्क्रमित मेलबर्नको पूर्वमा रहेको बक्स हिल स्थित एक भवन निर्माण स्थलसँग सम्बन्धित हुन्।

त्यसै गरी अक्वाएर कल सेन्टरसँग सम्बन्धित क्लस्टर पनि बढेर ७८ पुगेको वाइमरले पत्रकार सम्मेलनका क्रममा जानकारी दिए।

उता, २० भिक्टोरियाली रिजनल रेल सेवाहरू पनि कोभिड-१९ सङ्क्रमणका कारण अवरुद्ध हुन पुगेका छन्।

बेन क्यारोलका अनुसार एक भी-लाइन रेल चालकमा सङ्क्रमण पुष्टि भएपछि उनले प्रयोग गरेको कर्मचारी कोठामा पुगेका सबै अन्य कामदारहरूलाई क्वारेन्टिनमा बस्न भनिएको छ।

अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर

आफू बसेको ठाउँबाट पाँच किलोमिटरको परिधि कहाँसम्म छ त भनेर जान्न चाहनुहुन्छ भने तलको नक्साको “Search address” लेखेको बक्सामा आफ्नो घर भएको सडकको नाम हालेर हेर्नुहोस्।

अत्यावश्यक भनेर वर्गीकृत भएका काममा जान, कोभिड-१९ को खोप लगाउन, कोरोनाभाइरस परीक्षण र जरुरी किनमेल लगायत आफन्तजनको हेरचाह गर्न जानुहुन्छ भने चाहिँ तपाईँलाई पाँच किलोमिटरको नियम लागू हुँदैन। भिक्टोरियाली सरकारका अनुसार यस प्रकारको यात्रा प्रतिबन्ध आगामी सेप्टेम्बर २ तारिख रातीको ११:५९ बजेसम्म कायम रहनेछ।

*महानगरीय मेलबर्नमा ३१ स्थानीय सरकार क्षेत्र वा काउन्सिलहरू पर्छन्, र ती यस प्रकार छन्:* * बान्युल, * ह्युम, * मोरल्यान्ड, * बेसाइड, * किङ्गस्टन, * मर्निङ्टन पेनिनसुला, * बुरूनडारा, * नक्स, * निलुमबिक, * ब्रिमब्याङ्क, * मनिङ्घम, * पोर्ट फिलिप, * कार्डिनिया, * म्यारीब्नङ, * स्टनिङटन, * केसी, * मरून्डाह, * ह्वाइटहर्स, * डारेबिन, * मेलबर्न, * ह्विट्टलसी, * फ्र्याङ्क्सटन, * मेल्टन, * विन्डह्याम, * ग्लेन आइरा, * मोन्यास, * यार्रा, * ग्रेटर ड्यान्डेनङ, * मूनी भ्याली, * यार्रा रेन्जेस र * हब्सन बे। 

[link title="अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर" url="node/1827625"]

SBS News graphic
Source: SBS News

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

एसीटीले पछिल्लो २४ घण्टामा कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप २४ मामिलाहरू दर्ता गरेको छ।

आज पुष्टि गरिएका यी २४ स्थानीय सङ्क्रमण मध्ये १८ जना पहिले जानकारीमा आइसकेका मामिलाहरूसँग सम्बन्धित रहेको मुख्यमन्त्री एन्ड्रु बार्रले बताएका छन्।

उनी भन्छन् कि १५ जना पहिलेदेखि नै क्वारेन्टिनमा बसिसकेका मानिसहरू हुन्।

यसका साथै बार्रले हाल क्यानबेराको अस्पतालमा कोभिड-१९ जटिलताका कारण शुक्रवार बिहानसम्म १५ जना बिरामी भर्ती रहेको बताएका छन् जसमा चार जनालाई आइसियुमा र एकको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

एन्ड्रु बार्रका अनुसार यो सप्ताहान्त क्यानबेरामा बस्ने खोपका लागि योग्य मानिसहरूको ७५ प्रतिशतसम्मले कोभिड-१९ विरुद्ध खोपको पहिलो मात्रा पाइसक्नेछन्।

प्रदेशमा बस्ने १६ वर्ष माथिका आधाभन्दा बढी जनसङ्ख्याले खोपका दुवै मात्रा पाइसकेको पनि उनको भनाई छ। 

क्यानबेरावासीहरुलाई माइ डिएचआर प्रणाली मार्फत आफ्नो बुकिङको समय अगाडि ल्याउन सक्ने पनि बताइएको छ।

क्वीन्सल्यान्ड

प्रिमियर अनास्टेसिया पलाशेले आज बिहान ब्रिसबेनमा बोल्दै आफ्नो राज्यमा थप १ नयाँ स्थानीय सङ्क्रमण दर्ता भएको बताएकी छिन्।

उनका अनुसार यो पछिल्लो मामिला दक्षिणी ब्रिसबेन स्थित सनिब्याङ्कमा रहेको सेन्ट थोमस मोर कलेजकी एक १३ वर्षीय विद्यार्थी हुन् र यस बारेमा हाल थप अनुसन्धान जारी छ।

पलाशे भन्छिन् कि उक्त स्कूलका सबै विद्यार्थीहरूलाई घर फिर्ता पठाइएको छ र उनीहरू सबैको कोभिड-१९ परीक्षण गरिनेछ।

यसका साथै आगामी सोमवार बिहानदेखि न्यु साउथ वेल्सका लकडाउन मुक्त काउन्सिल क्षेत्रका मानिसहरू पुनः क्वीन्सल्यान्ड प्रवेश गर्ने सक्ने पनि प्रिमियरको भनाई छ।

“यसले हाम्रो सीमा वरपर बस्ने समुदायहरूले केही राहत महसुस गर्नेछन्,” उनले भनिन्।

अर्को तर्फ राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा ज्यानेट यङले न्यु साउथ वेल्सबाट आएका एक ट्रक चालक पनि कोभिड-१९ सङ्क्रमित भएको बताएकी छिन्।

दक्षिणी ब्रिसबेन स्थित माउन्ट ग्राभाटमा रहेको वेस्टफिल्ड गार्डेन सिटी सपिङ सेन्टर सहितका स्थान ती सङ्क्रमित व्यक्ति पुगेको बताउँदै यसबाट आफू चिन्तित बनेको उनको भनाई छ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Share

6 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now