SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: प्रतिबन्ध हटाउने मार्गचित्र न्यु साउथ वेल्सद्वारा सार्वजनिक

यो बिहीवार, ९ सेप्टेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Marrickville, Sydney, Thursday, September 9, 2021.
Members of the public wait in line at a Covid-19 vaccine pop-up vaccination clinic at Marrickville, Sydney, Thursday, September 9, 2021. Source: AAP Image/Joel Carrett

5 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS



Skip to article content

मुख्य बुँदाहरू:

  • रिजनल न्यु साउथ वेल्सका केही भागबाट लकडाउन हट्यो,
  • मेलबर्नबाट रिजनल भिक्टोरिया जाने मानिसहरूलाई रोक्न प्रहरी कटिबद्ध,
  • एसीटीको सीबीआर एपमा परिवर्तन र
  • क्वीन्सल्यान्डमा थप एक स्थानीय सङ्क्रमण।

न्यु साउथ वेल्स

हिजो बेलुका आठ बजेसम्मको अवधिमा न्यु साउथ वेल्सले १,४०५ थप नयाँ सामुदायिक सङ्क्रमणका घटनाहरू दर्ता गरेको छ।

योसँगै पाँच जना मानिसले पनि कोभिड-१९ का कारण ज्यान गुमाएको राज्य अधिकारीहरूले पुष्टि गरेका छन्।

न्यु साउथ वेल्समा बस्ने ७० प्रतिशत योग्य बासिन्दाहरूले खोपको दुवै मात्रा लगाएको दिनपछि पर्ने सोमवारदेखि लागू हुने गरी प्रतिबन्धहरू खुकुलो पारिने प्रिमियर ग्लाडिस बेरिजिक्लियनले आज घोषणा गरेकी छिन्।

जस अनुसार, घरमै बस्नुपर्ने नियमको अन्त्य हुनेछ भने घरमा पाँच जनासम्म पाहुनालाई बोलाउन सकिनेछ।

तर, यस्तो सुविधा उपभोग गर्ने सबै वयस्कहरूले खोपको दुवै मात्रा अनिवार्य रूपमा लगाएको हुनुपर्ने पनि बेरिजिक्लियनको भनाई छ।

योसँगसँगै, खुद्रा व्यापार, बार, रेस्टुरेन्ट, पब, खेलकुद आयोजना हुने स्थानहरु र कपाल एवं नङ काट्ने पसलहरू प्रति ४ वर्ग मिटर एक व्यक्तिको अनुपातमा खुल्ने पनि उनले आज आफ्नो दैनिक प्रेस सम्मेलनका क्रममा बताएकी छिन्।

पर्सि ११ सेप्टेम्बर २०२१ देखि भने रिजनल न्यु साउथ वेल्सका सङ्क्रमण विहीन स्थानहरूमा लकडाउन हट्ने डेपुटी प्रिमियर जोन बारिलारोको भनाई छ।

भिक्टोरिया

गएको मध्यरातसम्मको २४ घण्टे अवधिभर भिक्टोरियाले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप ३२४ मामिलाहरू दर्ता गरेको स्थानीय स्वास्थ्य विभागले बताएको छ।

ती ३२४ सङ्क्रमित मध्ये १०७ जना हाल जानकारीमा आइसकेका सङ्क्रमणका घटनासँग सम्बन्धित रहेको पनि अधिकारीहरूको भनाई छ।

आज ११:५९ देखि लकडाउन मुक्त हुने रिजनल भिक्टोरिया जानबाट मेलबर्नका बासिन्दाहरूलाई रोक लगाइएको छ र भिक्टोरिया प्रहरीका अनुसार यस कार्यको अनुगमन गर्न ठुलो सङ्ख्यामा आफ्ना अधिकारी नाकाहरूमा तैनाथ रहनेछन्।

जनस्वास्थ्य सम्बन्धी आदेशहरूको पालना नगरेर अनधिकृत रूपमा राज्यको क्षेत्रीय तथा ग्रामीण इलाकाहरूमा जान खोज्ने मानिसहरूलाई ५,५०० सम्मको जरिमाना हुन सक्नेछ।

अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर

आफू बसेको ठाउँबाट पाँच किलोमिटरको परिधि कहाँसम्म छ त भनेर जान्न चाहनुहुन्छ भने तलको नक्साको “Search address” लेखेको बक्सामा आफ्नो घर भएको सडकको नाम हालेर हेर्नुहोस्।

अत्यावश्यक भनेर वर्गीकृत भएका काममा जान, कोभिड-१९ को खोप लगाउन, कोरोनाभाइरस परीक्षण र जरुरी किनमेल लगायत आफन्तजनको हेरचाह गर्न जानुहुन्छ भने चाहिँ तपाईँलाई पाँच किलोमिटरको नियम लागू हुँदैन। भिक्टोरियाली सरकारका अनुसार यस प्रकारको यात्रा प्रतिबन्ध आगामी सेप्टेम्बर २ तारिख रातीको ११:५९ बजेसम्म कायम रहनेछ।

*महानगरीय मेलबर्नमा ३१ स्थानीय सरकार क्षेत्र वा काउन्सिलहरू पर्छन्, र ती यस प्रकार छन्:* * बान्युल, * ह्युम, * मोरल्यान्ड, * बेसाइड, * किङ्गस्टन, * मर्निङ्टन पेनिनसुला, * बुरूनडारा, * नक्स, * निलुमबिक, * ब्रिमब्याङ्क, * मनिङ्घम, * पोर्ट फिलिप, * कार्डिनिया, * म्यारीब्नङ, * स्टनिङटन, * केसी, * मरून्डाह, * ह्वाइटहर्स, * डारेबिन, * मेलबर्न, * ह्विट्टलसी, * फ्र्याङ्क्सटन, * मेल्टन, * विन्डह्याम, * ग्लेन आइरा, * मोन्यास, * यार्रा, * ग्रेटर ड्यान्डेनङ, * मूनी भ्याली, * यार्रा रेन्जेस र * हब्सन बे। 

[link title="अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर" url="node/1827625"]

SBS News graphic
Source: SBS News

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

एसीटीले आज थप १५ स्थानीय सङ्क्रमणहरु दर्ता गरेको छ जसमा कम्तीमा पनि आठ जना समुदायमा सक्रिय रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।

चेक इन सीबीआर” एपको पछिल्लो संस्करण सार्वजनिक भएको छ।

एपको यो नयाँ संस्करण हुने मानिसहरूले सङ्क्रमित स्थानमा चेक इन गरे, उनीहरूलाई सुसूचित गरिदिने बताइएको छ।

नव प्रविधियुक्त स्मार्ट फोन नहुने मानिसहरूका लागि भने क्युआर कोड छापिएको कार्ड उपलब्ध रहेको छ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now