SKIP TO MAIN CONTENT

“आफैसँग ठट्टा गर्न बन्द गर्नुहोस्”: खोप लगाउन न्यु साउथ वेल्सको आग्रह, ‘होम टेस्टिङ’ले पायो स्वीकृति

यो मङ्गलवार, २८ सेप्टेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Mtu anaye vaa barakoa, avuka mtaa wa Melbourne.
Mtu anaye vaa barakoa, avuka mtaa wa Melbourne. Source: AAP

4 min read

Published



Skip to article content

मुख्य बुँदाहरू:

  • टीजीएद्वारा घरमै कोभिड-१९ परीक्षण गर्न मिल्ने प्रविधिलाई दियो स्वीकृति,
  • महामारी सुरु भएयता भिक्टोरियामा हालसम्मकै सर्वाधिक कोरोनाभाइरस सङ्क्रमण र
  • एनआरएल ग्रान्ड फाइनल आयोजना हुनु केही दिन बाँकी रहँदा क्वीन्सल्यान्डमा दुई नयाँ सङ्क्रमण समूह।

भिक्टोरिया

मध्यरातसम्मको २४ घण्टामा भिक्टोरियाले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप ८६७ नयाँ मामिलाहरू दर्ता गरेको छ भने राज्यमा सक्रिय सङ्क्रमितहरूको सङ्ख्या ९,२६१ पुगेको छ।

योसँग सोही अवधिमा थप चार भिक्टोरियालीले कोभिड-१९ सङ्क्रमणका कारण ज्यान गुमाएका छन्।

अरू राज्य तथा विदेशबाट घर फर्किने राज्यवासीहरूमाथि नजर राख्न भिक्टोरियाले एक नयाँ एपको परीक्षण सुरु गर्ने बताएको छ।

क्वीन्सल्यान्ड

नेश्नल रग्बी लीग अन्तर्गतको फाइनल खेल आयोजना हुन केही दिन बाँकी रहँदै गर्दा क्वीन्सल्यान्डको राजधानी ब्रिसबेनमा कोभिड-१९ सङ्क्रमणका दुई नयाँ  क्लस्टरहरू देखा परेका छन्।

यी मध्ये एकको स्रोत समुदायमा आठ दिनसम्म सक्रिय रहेका एउटा ट्रकका चालक रहेको बताइएको छ।

पछिल्लो २४ घण्टामा सामुदायिक सङ्क्रमणको चार नयाँ मामिलाहरू दर्ता भएपछि हाललाई ब्रिसबेन र मोरेटन बे काउन्सिल क्षेत्रमा मास्कको प्रयोगलाई फेरी अनिवार्य गरिएको स्थानीय अधिकारीहरूको भनाई छ।

तपाईँको काउन्सिल क्षेत्रको खोप दर:

न्यु साउथ वेल्स

सोमवार बेलुका आठ बजेसम्म न्यु साउथ वेल्समा कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप ८६३ नयाँ मामिला दर्ता हुनुका साथै सोही अवधिमा थप सात राज्यवासीले कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाएका छन्।

आज सार्वजनिक गरिएका अधिकांश सङ्क्रमण मामिलाहरू दक्षिण-पश्चिम सिड्नी अन्तर्गतको स्थानीय स्वास्थ्य क्षेत्र र पश्चिम सिड्नीमा फेला परेका हुन्।

उता, सङ्क्रमण फैलँदै जाँदा पोर्ट मक्वारी र मसेलब्रुकमा लकडाउन सुरु गर्ने तयारीमा अधिकारीहरू लागेका छन् भने केम्पसीमा हाल लागू प्रतिबन्धहरू थप समयका लागि लम्बिने बताइएको छ

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

एसीटीका मुख्यमन्त्री एन्ड्रु बार्रका अनुसार देशकै राजधानी रहेको उक्त प्रदेश लकडाउनबाट क्रमिक रूपमा बाहिर आउने छ।

पछिल्लो गणना अवधिमा कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप १३ मामिला पुष्टि हुँदै गर्दा उनको सो भनाई आएको हो।

हाल क्यानबेराको अस्पतालमा कोभिड-१९ जटिलताका कारण आठ जना भर्ती छन् भने ती मध्ये तीन सङ्क्रमितलाई भेन्टिलेटरमा राखिएको पनि बार्रले बताए।

पछिल्लो २४ घण्टा अस्ट्रेलिया वरिपरि

अस्ट्रेलियामा औषधिजन्य वस्तुहरूको नियमन गर्ने थेराप्युटिक गुड्स एड्मिनिस्ट्रेसन वा टीजीएले घरमै बसेर कोरोनाभाइरस सङ्क्रमणको परीक्षण गर्न मिल्ने प्रविधिलाई नोभेम्बर १ तारिखदेखि लागू हुने गरी स्वीकृति प्रदान गरेको छ

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now