कोभिड-१९ अपडेट: न्यु साउथ वेल्समा नर्सहरूको हडताल, देशभर नोभाभ्याक्स खोप वितरण सुरु

यो मङ्गलबार १५ फेब्रुअरीको संक्षिप्त कोरोनाभाइरस अपडेट हो।

Nurses hold placards during a nurses’ strike outside the NSW Parliament House in Sydney, Tuesday, February 15, 2022

Nurses protesting against understaffing and difficult work conditions outside NSW Parliament House in Sydney on 15 February 2022. Source: AAP Image/Bianca De Marchi

आजको अपडेट:

  • न्यु साउथ वेल्समा नर्सहरूले बिरामी सङ्ख्या अनुसार नर्सको सङ्ख्या बढाउन र तलब वृद्धिका लागि हडताल गरेका छन्। मङ्गलवार बिहान ७ बजे सुरु भएको हडताल २४ घण्टासम्म जारी रहने छ। 
  • प्रदर्शनी सिड्नीको संसद भवन अगाडि भइरहेको छ। 
  • औद्योगिक सम्बन्ध आयोगले उक्त हडताल नगर्न आदेश दिए तापनि नर्सहरूको सङ्घले यसलाई आयोजना गरेकोमा न्यु साउथ वेल्सका स्वास्थ्य मन्त्रीले निराशा व्यक्त गरेका छन्।
  • हडतालको समयमा सार्वजनिक अस्पताल र स्वास्थ्य सेवाहरूमा अत्यावश्यक कर्मचारी भने उपलब्ध रहेका छन्। 
  • नोभाभ्याक्सले निर्माण गरेको खोप अब जीपी क्लिनिक, फार्मेसी र राज्यद्वारा सञ्चालित खोप केन्द्रहरूमा उपलब्ध छन्। उक्त खोप प्रोटिनमा आधारित रहेको छ। 
  • यो खोप १८ वर्ष र त्यसभन्दा बढी उमेर समूहका मानिसहरूले पहिलो र दोस्रो मात्राको लागि लगाउन पाउने अनुमति दिइएको छ। १८ वर्षभन्दा मुनिका मानिसहरू भने यो लगाउने अनुमति हाल छैन। त्यस्तै, यसलाई बुस्टर खोपको रूपमा पनि प्रयोग गर्ने अनुमति दिइएको छैन। 
  • "खोप लगाउन पर्खिरहेका या अरू खोप लगाउन नपाएका मानिसहरूका" लागि यो खोप एक "नयाँ विकल्प" हुने सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले आशा व्यक्त गरेका छन्। 
  • अस्ट्रेलिया भर कुन-कुन ठाउँमा नोभाभ्याक्स लगाउन उपलब्ध छ भन्ने जानकारीका लागि भ्याक्सिन क्लिनिक फाइन्डर (Vaccine Clinic Finder) को वेबसाइटमा हेर्न सक्नु हुन्छ। 
  • राज्यको संसद भवनमा फेस मास्क नलगाएको कारण भिक्टोरियाली विपक्षी नेता म्याथ्यू गाइले १०० डलर जरिवाना तिर्न परेको छ। अन्य चार सांसदहरूले पनि जरिवाना तिर्नु पर्ने भएको छ। 
  • भिक्टोरियामा हाल अस्पताल भर्नामा रहेका कोरोनाभाइरसका बिरामीहरूको सङ्ख्या यस वर्षको सुरुदेखिको तुलनामा सबैभन्दा कम छ। 
  • अस्ट्रेलियाली रक्षा बलले टास्मेनियाका तीन वटा कोरोनाभाइरस ग्रस्त वृद्ध हेरचाह केन्द्रहरूमा मद्दत गर्ने, राज्यका उपप्रिमियर तथा स्वास्थ्य मन्त्री जेरेमी रकलिफले बताए। 

कोभिड-१९ सम्बन्धी पछिल्ला तथ्याङ्क:

न्यु साउथ वेल्समा १,५८३ जनाको अस्पतालमा उपचार भइरहेको छ जस मध्य १४ जना आइसियुमा छन्। पछिल्लो २४ घण्टे गणना अवधिमा ८,२०१ नयाँ सङ्क्रमित पुष्टि भएका छन् भने १६ जनाको ज्यान गएको छ। 

भिक्टोरियामा ४४१ जना अस्पतालमा छन् जस मध्य ६७ जना आइसियुमा र १४ जनालाई भेन्टिलेटरमा राखिएको छ। ८,१६२ नयाँ सङ्क्रमितसँगै २० जनाको ज्यान गएको छ। 

क्वीन्सल्यान्डमा ५,२८६ नयाँ सङ्क्रमित पुष्टि हुँदै १० जनाको ज्यान गएको छ। अस्पताल भर्नामा ४६२ जना छन् भने ३५ जनाको आइसियुमा र १६ जनालाई भेन्टिलेटरमा राखिएको छ। 

टास्मेनियामा ५१३ नयाँ सङ्क्रमित पुष्टि भएका छन् भने पछिल्लो २४ घण्टे गणना अवधिमा सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन। अस्पताल भर्नामा रहेका १० जना मध्य १ जनाको आइसियुमा उपचार भइरहेको छ। 

साउथ अस्ट्रेलियामा १,१३८ नयाँ सङ्क्रमित पुष्टि भएका छन्। २१९ जना अस्पतालमा छन् र आइसियुमा रहेका १८ जना मध्य ५ जनालाई भेन्टिलेटरमा राखिएको छ।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



न्यु साउथ वेल्स बहु सांस्कृतिक स्वास्थ्य सञ्चार सेवाले अनुवाद गरेका जानकारीहरू यहाँ उपलब्ध छन्

कोभिड-१९ खोपबारे जानकारी 

अपोइन्टमेन्ट रिमाइन्डर टूल (Appointment Reminder Tool)


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now