कोभिड-१९ अपडेट: न्यु साउथ वेल्समा प्रतिबन्धहरू विस्तारित, टोङ्गामा अस्ट्रेलियाको सहायतामा ढिलाइ

यो मङ्गलबार २५ जनवरीको संक्षिप्त कोरोनाभाइरस अपडेट हो।

NSW Premier Dominic Perrottet pictured during a press conference at NSW Health Headquarters in St Leonards, Sydney

NSW Premier Dominic Perrottet pictured during a press conference at NSW Health Headquarters in St Leonards, Sydney. Source: AAP

  • टोङ्गामा मानवीय सहायता र चिकित्सा सामाग्री लैजाँदै गरेको अस्ट्रेलियाली नौसेनाको एक जहाजमा २३ जनामा कोरोनाभाइरस सङ्क्रमण देखा परेको छ। 
  • हाल कुनै सङ्क्रमण नरहेको टोङ्गालाई सुरक्षित राख्नका लागि उक्त जहाजलाई समुन्द्रमा राख्न अस्ट्रेलिया सरकारले टोङ्गाका अधिकारीहरूसँग काम गरिरहेको छ। 
  • न्यु साउथ वेल्समा अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढ्ने क्रममा रहँदा प्रतिबन्धहरू एक महिनाको लागि थपिने प्रिमियर डोमिनिक पेरोटेले बताएका छन्। 
  • ती प्रतिबन्धहरूमा प्रति दुई वर्ग मिटरमा एक जना मात्र उपस्थित हुने र घर भित्र बाहेक सबै भवन भित्रका स्थानहरूमा अनिवार्य मास्क लगाउने नियम रहेका छन्। 
  • अस्ट्रेलिया भर ७६ जनाको ज्यान गएको दर्ता भएको छ। 
  • कोल्स र वुलवर्थ्सले कर्मचारीहरू काममा फिर्ता आउन थाले पछि आपूर्ति अभावको समस्या सहज हुँदै गएको बताएको छ। यी दुवै सुपर मार्केटहरूमा र्यापिड एन्टिजेन परीक्षण किट, पारासिटामोल र टोइलेट पेपरहरू सीमित सङ्ख्यामा मात्र किन्न पाइन्छ। 
  • लेबर दलले आउँदो चुनावमा निर्वाचित भएमा विद्यालयहरूमा भेन्टिलेसन सुधार गर्न एक कोष तयार पार्ने प्रतिबद्धता जनाएको छ। 

कोभिड-१९ सङ्क्रमण सङ्ख्या

न्यु साउथ वेल्समा १८,५१२ जनामा सङ्क्रमण पुष्टि हुँदै २९ जनाको मृत्यु भएको छ २,९४३ जना अस्पताल भर्ना गरिएका छन् जस मध्य १८३ जना आइसीयूमा रहेका छन्। 

भिक्टोरियामा १४,८३६ जना सङ्क्रमित पुष्टि हुँदै २९ जनाको मृत्यु भएको छ १,०५७ जना अस्पताल भर्ना भएका छन् जस मध्य ११९ जना आइसीयूमा छन्। 

क्वीन्सल्यान्डमा ९,५४६ नयाँ सङ्क्रमित सँगै ९२८ जना अस्पतालमा छन्। ११ जनाको ज्यान गएको छ र ११९ जना आइसीयूमा छन्। 

टास्मेनियामा ६४३ नयाँ केस, ३५ जना अस्पताल भर्ना र १ जनाको ज्यान गएको छ। 


ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

कोभिड-१९ सङ्क्रमणका पछिल्ला तथ्याङ्कहरू:

न्यु साउथ वेल्समा २,८१६ जना सङ्क्रमणका कारण अस्पतालमा भर्ना, १९६ जना सघन उपचार कक्षमा, आज २४ जनाको मृत्यु र १५,०९१ जनामा सङ्क्रमण पुष्टि।

भिक्टोरियामा सङ्क्रमणका कारण ९९८ जना अस्पतालमा भर्ना, १७ जनाको मृत्यु र आज ११,६९५ जनामा सङ्क्रमण पुष्टि।

क्वीन्सल्याण्डमा ८७८ जना अस्पताल भर्ना, ५० जना सघन उपचार कक्षमा, १३ जनाको मृत्यु र आज १०,२१२ जनामा सङ्क्रमण पुष्टि।

टास्मेनियामा ४१ जना अस्पतालमा, एक जनाको मृत्यु र आज ६१९ नयाँ केस दर्ता।

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ

Share

Published


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand