कोभिड-१९ अपडेट: सोह्र वर्षमाथिका ७० प्रतिशत अस्ट्रेलियालीहरूले लगाए खोपको दुवै मात्रा

यो २० अक्टोबर २०२१, बुधवारको अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Australian Health Minister Greg Hunt (left) and Australia’s Chief Medical Officer Paul Kelly speak to the media during a press conference at Parliament House in Canberra, Wednesday, October 20, 2021. (AAP Image/Lukas Coch) NO ARCHIVING

Health Minister Greg Hunt (left) and Chief Medical Officer Paul Kelly during a press conference at Parliament House in Canberra, Wednesday, October 20, 2021. Source: AAP Image/Lukas Coch

मुख्य बुँदाहरू:

  • भिक्टोरियाद्वारा न्यु साउथ वेल्ससँगको आफ्नो सीमा सहज पारिएको घोषणा,
  • न्यु साउथ वेल्समा अत्यावश्यक ठहर नभएका स्वैच्छिक शल्यक्रिया पुनः सुरु हुने र
  • एसीटीमा थप २४ नयाँ मामिला दर्ता।

भिक्टोरिया

मध्यरातसम्मको २४ घण्टामा भिक्टोरियाले कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप १,८४१ नयाँ मामिलाहरू दर्ता गरेको छ।

यो पछिल्लो आँकडासँगै राज्यमा सक्रिय सङ्क्रमितहरूको सङ्ख्या २२,५९८ पुगेको छ।

यसै गरी, पछिल्लो २४ घण्टमा कोरोनाभाइरस सङ्क्रमणका कारण १२ भिक्टोरियालीहरुले आफ्नो ज्यान गुमाएको स्थानीय स्वास्थ्य विभागले जनाएको छ।

खोपको पुरा मात्रा लगाएका भिक्टोरिया प्रवेश गर्ने मानिसहरूले आजदेखि क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ।

तर, न्यु साउथ वेल्सको ब्लु माउन्टेन्स सहितको बृहत् सिड्नी क्षेत्र, सेन्ट्रल कोस्ट, सेलहार्बर र वलङगङका बासिन्दाहरूले अझै पनि यात्राका लागि अनुमति लिनुपर्ने व्यवस्था भने कायमै छ।

खोपको दुवै मात्रा नलगाएका यात्रुहरूको हकमा भने, भिक्टोरिया प्रवेश गरेपछि उनीहरूले आइसोलेसनमा बस्नुपर्नेछ।

भिक्टोरिया प्रवेश गरेको ७२ घण्टाभित्र कोभिड-१९ परीक्षण गरेर नेगेटिभ नतिजा नआएसम्म, ती मानिसहरू आइसोलेसनमा नै बस्नुपर्ने बताइएको छ।

 

न्यु साउथ वेल्स

मङ्गलवार राति आठ बजेसम्म न्यु साउथ वेल्समा कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप २८३ नयाँ मामिलाहरू दर्ता गरिएका छन्।

योसँगै सोही अवधिमा सात राज्यवासीको ज्यान गएको पनि स्थानीय अधिकारीहरूको भनाई छ।

दुई महिनाको स्थगन पछि बृहत् सिड्नीमा गैर-अत्यावश्यक स्वैच्छिक शल्यक्रिया पुनः सुरु हुने भएको छ।

हाल जारी प्रकोप उच्च बिन्दुमा छँदा अत्यावश्यक ठहर नभएका ‘इलेक्टिभ सर्जरी’लाई स्थगित गर्ने निर्णय राज्य सरकारले गरेको थियो।

सोमवारदेखि नेपियन ब्लु माउन्टेन्स क्षेत्र सहितको बृहत् सिड्नीका निजी तथा सार्वजनिक दुवै खाले अस्पतालहरूमा पूर्ण क्षमताको ७५ प्रतिशतसम्म शल्यक्रियाहरू सुरु हुने बताइएको छ। 

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी) 

एसीटी सरकारले अशक्तता भएका मानिसको हेरचाह गर्ने कामदारहरूले अनिवार्य रूपमा खोप लगाउनु पर्ने घोषणा गरेको छ।

वृद्ध स्याहारमा काम गर्ने मानिसहरूले पनि अनिवार्य रूपमा खोप लगाएको हुनुपर्ने प्रादेशिक सरकारको भनाई छ।

बितेका २४ घण्टामा एसीटीले कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप २४ नयाँ मामिलाहरू पुष्टि गर्दै गर्दा, एन्ड्रु बार्र नेतृत्वको एसीटी सरकारले अनिवार्य खोप सम्बन्धी उक्त पछिल्लो घोषणा गरेको हो।

पछिल्लो २४ घण्टामा अस्ट्रेलियाका कोभिड-१९ सम्बन्धी अन्य समाचार

सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टका अनुसार अस्ट्रेलियाका १६ वर्ष र सोभन्दा बढी उमेर भएका ७० प्रतिशत बासिन्दाहरूले खोपको पुरै मात्रा लगाइसकेका छन्।

देशलाई सामान्य जनजीवन तर्फ डोर्‍याउने सरकारको योजना अन्तर्गत यो एक महत्त्वपूर्ण कोशे ढुङ्गा हो।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ। 


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

4 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now