SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: प्रिमियरहरूको जोड सामान्यता तर्फ फर्कने कोभिड रोडम्यापमा

यो आइतबार, २६ सेप्टेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

(K-K) Fabie McGechan, Demitris van Maaren, Melanie Marsden na Joel Hutchings
Raia walio pata chanjo kamili, wachangia chakula nje mjini Sydney, Jumamosi, Septemba 25, 2021. Source: AAP Image/Dan Himbrechts

3 min read

Published

By SBS/ALC Content

Source: SBS



Skip to article content

मुख्या बुँदाहरू:

  • न्यु साउथ वेल्समा ५९.२५ प्रतिशत खोप लगाउन योग्य जनसङ्ख्याले खोपको पूर्ण मात्रा लगाए। 
  • भिक्टोरियाको जिलंग र सर्फ कोस्ट आज आइतबार मध्यरात देखि लकडाउनबाट बाहिरिने। 
  • एसीटी मा थप २५ नयाँ सङ्क्रमण दर्ता 

न्यु साउथ वेल्स 

न्यु साउथ वेल्समा थप ९ सय ६१ नयाँ सङ्क्रमण दर्ता गरिएको छ भने ९ जनाले कोभिड-१९ सङ्क्रमणका कारण ज्यान गुमाएका छन्। 

राज्यको स्वास्थ्य विभागका डा जेरेमी मकानल्टीले मृतकहरू मध्ये छ पुरुष र तिन महिला रहेको बताएका छन्। सबैभन्दा बढी सङ्क्रमण गिल्डफर्ड, अबर्न, पंचबल, पेनरिथ, ब्याङ्क्सटाउन, लिभरपुल र बस्ली पार्कमा पाइएको उनले बताए। 

राज्यको लकडाउनबाट बाहिरिने रोडम्यापका बारेमा आगामी हप्ताको अन्त्यतिर थप जानकारी दिने प्रतिबद्धता व्यक्त गर्दै प्रिमियर ग्लाडिस बेरेजिक्लियनले पछिल्लो आँकडाले मिश्रित सन्देश दिएको बताएकी छन्। 

आज खोप लगाउने निश्चित गर्न यहाँ क्लिक गर्नुहोस्।

 

भिक्टोरिया 

भिक्टोरियामा ७ सय ७९ नयाँ सामुदायिक सङ्क्रमण र दुई मृत्यु दर्ता गरिएको छ। 

भिक्टोरियाले  ८० प्रतिशत योग्य जनसङ्ख्यालाई खोपको पहिलो मात्रा लगाउने लक्ष पार गरे पछि आगामी बुधवार देखि लकडाउनका केही प्रतिबन्धहरूलाई खुकुलो पार्ने भएको छ। 

जसमा घरबाहिर गरिने सृजनात्मक क्रियाकलाप जस्तै बोटिंग, टेनिस र गल्फ खेल्न स्वीकृति दिइनेछ। साथै १० किलोमिटर भित्र मात्र यात्रा गर्न पाउने व्यवस्थालाई बढाएर १५ किलोमिटर बनाइएको छ। 

आफू नजिकको खोप केन्द्र पत्ता लगाउन यहाँ क्लिक गर्नुहोस्। 

पछिल्लो २४ घण्टामा अस्ट्रेलियामा 

एसीटीमा १२ वर्ष माथिका ८५ प्रतिशत जनसङ्ख्याले खोपको पहिलो मात्रा लगाएका छन्। 

क्वीन्सल्याण्डमा शून्य कोभिड केस

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now