SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: भिक्टोरियाको स्वास्थ्य प्रणालीमा उच्च चाप, टास्मेनियाका केहि स्थानलाई क्वीन्सल्याण्डको प्रतिबन्ध

यो शनिबार, १६ अक्टोबर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Rapid Antigen test administer by a TLC Healthcare in Brighton, Melb
دانش‌آموزان یک مکتب در حال دریافت آزمایش آنتی‌ژن در ملبورن Source: AAP/James Ross

3 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS



Skip to article content

मुख्या बुँदाहरू: 

 

  • भिक्टोरियामा १,९९३ स्थानीय सङ्क्रमण 
  • न्यु साउथ वेल्समा दुई महिना यताकै सबैभन्दा कम सङ्क्रमण दर्ता 
  • एसीटीले न्यु साउथ वेल्सका केहि स्थानहरूमा यात्रा प्रतिबन्ध नलगाउने
  • दक्षिण टास्मेनीयामा लकडाउनको पहिलो दिन

 

भिक्टोरिया 

भिक्टोरियामा कोभिड-१९ का १ हजार ९ सय ९३ सङ्क्रमण र सात मृत्युहरू दर्ता गरिएको छ।

 

भिक्टोरियाका कोभिड-१९ कमान्डर जेरोइन वेइमरले मृत्यु हुनेहरू मध्ये एक १५ वर्षीय रहेको र उनमा कोभिड-१९ का साथै अन्य स्वास्थ्य समस्या पनि रहेको बताएका छन्।

 

अहिले राज्यभरमा २१ हजार ६ सय सक्रिय सङ्क्रमितहरू रहेका चाहन। आजको मृत्यु हुनेहरूको सङ्ख्या जोड्दा राज्यमा अहिले सम्म पछिल्लो डेल्टा सङ्क्रमणका कारण कुल १३८ जनाले ज्यान गुमाई सकेका छन्।

१६३ जना सघन उपचार कक्षमा उपचाररत रहँदा १६० जना भेन्टिलेटरमा छन्। 

 

१६ वर्ष माथिका ८८.५ प्रतिशत भन्दा धेरैले कोभिडको पहिलो मात्रा लिइसकेका छन् र ६४.३ प्रतिशतले दुवै मात्राको खोप लगाएका छन्। 

 

आफू नजिकको खोप केन्द्र खोज्न यहाँ क्लिक गर्नुहोस्। 

न्यु साउथ वेल्स 

 

न्यु साउथ वेल्समा ३१९ नयाँ स्थानीय सङ्क्रमण दर्ता गरिएको छ भने सङ्क्रमणका कारण २ जनाको मृत्यु भएको छ।

 

पछिल्लो २४ घण्टामा राज्यभर ६६ हजार ३ सय ११ जनाले कोभिड जाँच गराएका थिए।

 

राज्यले आफ्नो ८० प्रतिशत पूर्ण मात्राको खोप लगाउनेहरूको सङ्ख्याको लक्ष पुरा गर्ने नजिक पुगिरहेको छ। 

 

न्यु साउथ वेल्स स्वास्थ्य विभागले अहिले सम्म ७८.८ प्रतिशतले खोपको दुवै मात्रा लगाएको बताएको छ। ८० प्रतिशतले दुवै खोपको मात्रा लगाए पछि राज्यमा थप प्रतिबन्धहरू खुल्ने छन्। 

 

आजै खोप लगाउने मिति तय गर्न यहाँ क्लिक गर्नुहोस्। 

 

पछिल्लो २४ घण्टामा अस्ट्रेलियामा:  

 

  • एसीटीमा थप २० नयाँ सङ्क्रमण दर्ता भएको छ जुन पछिल्लो १८ दिन यताकै सबैभन्दा कम हो 
  • टास्मेनियामा शून्य कोभिड सङ्क्रमण, प्रिमियर पिटर गटविनले लकडाउनका नियमहरू पालना गर्न आग्रह गरेका छन्। दक्षिण टास्मेनियामा अक्टोबर १५ शुक्रवार बेलुका ६ बजे देखि ३ दिन लामो लकडाउन लगाइएको थियो। 
  • क्वीन्सल्याण्डले आइतबार १७ अक्टोबर राती १ बजे देखि  टास्मेनियाका केहि स्थानहरूबाट राज्यमा यात्रा गर्नेहरूका लागी प्रतिबन्ध लागू गर्ने भएको छ। 

    

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now