SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: न्यु साउथ वेल्समा 'पहिला केही नभएको' दुई वर्षीय बच्चाको मृत्यु

यो, सन् २०२२ मार्च २१ को सङ्क्षिप्त कोरोनाभाइरस अपडेट हो।

An ambulance is seen in Sydney, Saturday, January 2022. (AAP Image/Flavio Brancaleone) NO ARCHIVING
An ambulance is seen in Sydney, Saturday, January 2022. (AAP Image/Flavio Brancaleone) NO ARCHIVING Source: AAP

2 min read

Published

Updated



Skip to article content

  • न्यु साउथ वेल्समा कोभिड-१९ सङ्क्रमणका कारण ज्यान गुमाउने चार जना मध्य एक दुई वर्षीय बच्चा पनि रहेका छन्। राज्यका स्वास्थ्य अधिकारीहरूले सोमबार यो जानकारी दिएका हुन्। 
  • अधिकारीहरूका अनुसार 'पहिला केही स्वास्थ्य समस्या नरहेको उक्त बच्चाको वेस्टमीडको द चिल्ड्रेन्स हस्पिटलमा मृत्यु भएको हो।
  • अप्रिल १३ तारिखदेखि अस्ट्रेलियालीहरू क्वारेन्टिन र आइसोलेसन बिना न्यु जिल्यान्ड जान पाउने बताइएको छ। त्यस्तै, एक भिसा-वेभर सूचीमा रहेका करिब ६० वटा देशबाट खोपको पूर्ण मात्रा लगाएका मानिसहरू मे महिनाको २ तारिखदेखि न्यु जिल्यान्ड प्रवेश गर्न पाउने छन्। 
  • क्वीन्सल्यान्डमा सङ्क्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। 
  • भिक्टोरियामा स्वास्थ्य तथा बढ्दो माग भएका क्षेत्रमा काम गर्नलाई तालिम लिन चाहने बासिन्दाहरूका लागि शुल्क कम गरिएका या निःशुल्क टेफमा पढ्ने व्यवस्था गर्ने, प्रिमियर डानियल एन्ड्रुजले आइतबार घोषणा गरेका छन्। 

कोभिड-१९ सम्बन्धी पछिल्ला अस्ट्रेलियाली तथ्याङ्कहरू

न्यु साउथ वेल्स: १,१६३ जना अस्पतालमा भर्ती, ३४ आइसियुमा। पछिल्लो गणना अवधिमा थप ४ को मृत्यु र १४,९७० नयाँ केसहरू पुष्टि।

भिक्टोरिया: २४८ जना अस्पतालमा, २० आइसियुमा र ५ भेन्टिलेटरमा। पछिल्लो २४ घण्टामा कसैको पनि सङ्क्रमणका कारण मृत्यु भएको छैन, ७,५३१ थप सङ्क्रमित।

टास्मेनिया: २४ जना अस्पतालमा, पछिल्लो २४ घण्टामा थप १,३०४ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि।

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी): अस्पतालमा ३९ जना भर्ती छन्, चार जना सघन उपचार कक्षमा। पछिल्लो गणना अवधिमा थप ८९८ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि।

क्वीन्सल्यान्ड: २४३ जना अस्पतालमा, १४ आइसियुमा। पछिल्लो २४ घण्टामा २ को मृत्यु र थप ६,२०६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now