SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: क्वीन्सल्यान्डमा बढ्दो अस्पताल भर्ना; ओमिक्रनका नयाँ भेरिएन्ट बारे विश्व स्वास्थ्य सङ्गठनको जानकारी

Queensland imeripoti watu 572 wamelazwa hospitalini Jumanne.
Queensland imeripoti watu 572 wamelazwa hospitalini Jumanne. Source: AAP Image/Darren England

2 min read

Published

Updated



Skip to article content

मङ्गलबार सम्मको २४ गणना अवधिमा अस्ट्रेलिया भर कोभिड-१९ का कारण कूल ३७ जनाले ज्यान गुमाएका छन्। यस मध्य न्यु साउथ वेल्समा ११ जना, भिक्टोरियामा १२ जना, क्वीन्सल्यान्ड र साउथ अस्ट्रेलिया प्रत्येकमा ६ जना र टास्मेनियामा दुई जना रहेका थिए। वेस्टर्न अस्ट्रेलियामा पनि पहिला पटक तीन जनाको मृत्यु भएको छ। 

पछिल्लो समयमा क्वीन्सल्यान्डमा अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढेको छ। १२ अप्रिलमा ५७२ जना अस्पतालमा भर्ना छन् भने यो सङ्ख्या गत महिना २४७ थियो। 

अस्ट्रेलिया सरकारले गम्भीर कोभिड-१९ सङ्क्रमणको उच्च जोखिम भएका मानिसहरूको लागि दोस्रो औषधी मे महिनाको १ तारिखदेखि उपलब्ध गर्ने भएको छ। मुखबाट खाइने यो औषधी डाक्टरले नभने सम्म लिन पाइँदैन। यसलाई फार्मास्युटिकल बेनिफिट्स स्कीम (पीबीएस)मा राखिने छ। 

हल्का र मध्य कोभिड-१९ भएका मानिसहरू र गम्भीर सङ्क्रमणको उच्च जोखिम रहेका बिरामीहरूले यस मौखिक एन्टीभाइरल औषधी 'प्याक्सलोभिड' (Paxlovid) प्रयोग गर्न पाउने छन्। 

यस औषधीले अस्पताल भर्ना गर्नु पर्ने आवश्यकतालाई कम गर्ने अपेक्षा गरिएको छ। 

अर्को प्रसङ्गमा, अध्यागमन र गृह मामिलाका लागि लेबर दलका प्रवक्ता रहेकी क्रिस्टीना केनीली कोभिड-१९ सङ्क्रमित पुष्टि भए पछि सात दिनका लागि आइसोलेसनमा रहने छिन्।

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रनका नयाँ भेरिएन्टलाई ट्र्याक गर्न थालेको छ। यस भाइरसका भेरिएन्टहरूको सूचीमा बीए.४ (BA.4) र बीए.५ (BA.5) पनि थपिएका छन्, र तिनको पनि अनुगमन गरिँदै छ। सङ्गठनले यसको मूल स्ट्रेन बीए.१ (BA.1) र बीए.२ (BA.2), बीए.१.१ (BA.1.1) र बीए.३ (BA.3) को बारेमा जानकारी सङ्कलन पहिल्यै सुरु गरिरहेका छन्। 

अमेरिकाको वाशिंगटन, डीसीमा भएको वार्षिक ग्रिडिरन डिनर पछि ५० जनाभन्दा बढी सरकारी अधिकारीहरू कोभिड-१९ सङ्क्रमित पुष्टि भए पछि चिन्ता बढ्दै गएको छ। सङ्क्रमित मध्य राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका सदस्यहरू पनि रहेका छन्।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now