SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: क्वीन्सल्यान्डले अन्तरराज्यीय यात्रुका लागि पीसीआर परीक्षण हटायो

यो २९ डिसेम्बर बुधबारको संक्षिप्त कोरोना भाइरस अपडेट हो।

Rapid antigen tests are available in supermarkets and pharmacies across Australia
Rapid antigen tests are available in supermarkets and pharmacies across Australia. Source: AAP/Lukas Coch

2 min read

Published

Presented by SBS Nepali

Source: SBS



Skip to article content

  • जनवरी १ तारिखदेखि क्वीन्सल्यान्ड प्रवेश गर्ने यात्रुहरूले पीसीआर परीक्षण गर्न नपर्ने, राज्यकी प्रिमियर अनेस्टेसिया पलाशेले घोषणा गरेकी छिन्। यसको साटो र्यापिड एन्टीजेन परीक्षण (rapid antigen testing) गर्नु पर्ने हुन्छ।  
  • नयाँ वर्षका उत्सवहरू नजिकिएको समयमा देशभरका कोभिड-१९ परीक्षण नियमका बारेमा छलफल गर्न राष्ट्रिय मन्त्री परिषदले बिहीबार तुरन्त बैठक बस्ने भएको छ। 
  • न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा सङ्क्रमित सङ्ख्या झन्डै दोब्बर हुँदै ११,०२१ पुगेको छ। 
  • भिक्टोरियामा केसहरू बढ्दै जाँदा जनवरीदेखि र्यापिड एन्टीजेन परीक्षण किटहरू निशुल्क प्रदान गरिने छन्। 
  • साउथ अस्ट्रेलियाका प्रवेश नियममा परिवर्तन पछि सीमा नजिकका भिक्टोरियाली सहरहरूमा र्यापिड एन्टीजेन परीक्षण किटहरू सबै बिक्री भएका छन्। 
  • अस्ट्रेलियन क्यापिटल टेरिटरीले कति पय जोखिम पूर्ण ठाउँहरूको जोखिम मूल्याङ्कनलाई घटाएको छ। 
  • अमेरिकामा, कोभिड-१९ का लक्षणहरू नरहेका तर सङ्क्रमण भएका मानिसहरूले १० दिनको साटो अब पाँच दिन आइसोलेसनमा बस्नु पर्ने बताइएको छ। कर्मचारीको कमीलाई सहयोग गर्न यो परिवर्तन गरिएको हो। 

कोभिड-१९ सङ्क्रमणका पछिल्लो तथ्याङ्क:

न्यु साउथ वेल्समा ११,२०१ नयाँ केस फेला पर्दै तीन जनाको मृत्यु, भिक्टोरियामा ३,७६७ जना सङ्क्रमित पुष्टि, पाँच जनाको मृत्यु। 

क्वीन्सल्यान्डमा १,५८९ सामुदायिक सङ्क्रमण पुष्टि, साउथ अस्ट्रेलियामा १,४७१ वटा केस र एसीटीमा २५२ वटा केसहरू फेला परेका छन्। 

टास्मेनियामा ५५ वटा कोभिड-१९ केस फेला परेका छन्। 


विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now