कोभिड–१९ अपडेट: न्यु साउथ वेल्सका अस्पतालमा भर्ना हुने सङ्ख्या उच्च, भिक्टोरिया र क्वीन्सल्याण्डमा सङ्क्रमित सङ्ख्या बढ्यो

यो ४ जनवरी, २०२२ को कोरोना भाइरस अपडेट हो।

sydney testing aap

Health care workers collect information from members of the public as they queue in their cars for a COVID-19 PCR test at the St Vincent’s Drive-through Clinic. Source: Credit: AAP Image/Bianca De Marchi


  • न्यु साउथ वेल्समा हाल सम्मकै उच्च सङ्ख्यामा सङ्क्रमितहरू अस्पताल भर्ना भएका छन्। हाल राज्यको अस्पतालमा १३,४४ जना कोभिड-१९ बिरामीले उपचार गराइरहेका छन्।
  • कोभिड-१९ केसमा वृद्धि भइरहँदा न्यु साउथ वेल्सको शिक्षक सङ्गठनले स्वास्थ्य एवम् शिक्षा अधिकारीहरू सँग आकस्मिक बैठकको माग गरेको छ।
  • आज देखि कोरोनाभाइरस विरुद्धको खोपको दोस्रो र तेस्रो डोजका बिचको समयावधिलाई घटाई चार महिना पुर्‍याइएको छ, यसको अर्थ ७५ लाख अस्ट्रेलियाली अब बुस्टर डोजका लागि योग्य बनेका छन्।
  • कोभिड-१९ को ऱ्यापिड एन्टीजेन परीक्षण शुल्क कसले बेहोर्ने भन्ने विवादका बिच केमीस्ट वेरहाउसका निर्देशक मारियो टास्कानोले यसमा लाग्ने कर छुट दिएर मूल्य कम गराउन माग गरेका छन्।
  • क्वीन्सल्याण्डका मुख्य स्वास्थ्य अधिकारी डाक्टर जोन गेराल्डले प्याथलोजिमा परीक्षण गरिएका २३ प्रतिशत कोभिड-१९ नमुना पोजेटिभ आएको बताएका छन्।
  • अमेरिकी स्वास्थ्य विभाग हेल्थ एन्ड हुमन सर्भिसेजका अनुसार १ लाख भन्दा बढी मानिस कोभिड-१९ का कारण अमेरिकाका विभिन्न अस्पतालमा भर्ना भएका छन्।

कोभिड-१९ सङ्क्रमणका पछिल्ला तथ्याङ्कहरू:

न्यु साउथ वेल्समा आज २३,१३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ।

भिक्टोरियामा १४,०२० जनामा कोरोना सङ्क्रमण पुष्टि र दुई जनाको मृत्यु।

एसीटीमा ९२६ सङ्क्रमण, टास्मेनीयामा ७०२ जनामा कोरोनाभाइरस पुष्टि।

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


Share

2 min read

Published




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now