कोभिड–१९ अपडेट: न्यु साउथ वेल्सका अस्पतालमा भर्ना हुने सङ्ख्या उच्च, भिक्टोरिया र क्वीन्सल्याण्डमा सङ्क्रमित सङ्ख्या बढ्यो

यो ४ जनवरी, २०२२ को कोरोना भाइरस अपडेट हो।

sydney testing aap

Health care workers collect information from members of the public as they queue in their cars for a COVID-19 PCR test at the St Vincent’s Drive-through Clinic. Source: Credit: AAP Image/Bianca De Marchi


  • न्यु साउथ वेल्समा हाल सम्मकै उच्च सङ्ख्यामा सङ्क्रमितहरू अस्पताल भर्ना भएका छन्। हाल राज्यको अस्पतालमा १३,४४ जना कोभिड-१९ बिरामीले उपचार गराइरहेका छन्।
  • कोभिड-१९ केसमा वृद्धि भइरहँदा न्यु साउथ वेल्सको शिक्षक सङ्गठनले स्वास्थ्य एवम् शिक्षा अधिकारीहरू सँग आकस्मिक बैठकको माग गरेको छ।
  • आज देखि कोरोनाभाइरस विरुद्धको खोपको दोस्रो र तेस्रो डोजका बिचको समयावधिलाई घटाई चार महिना पुर्‍याइएको छ, यसको अर्थ ७५ लाख अस्ट्रेलियाली अब बुस्टर डोजका लागि योग्य बनेका छन्।
  • कोभिड-१९ को ऱ्यापिड एन्टीजेन परीक्षण शुल्क कसले बेहोर्ने भन्ने विवादका बिच केमीस्ट वेरहाउसका निर्देशक मारियो टास्कानोले यसमा लाग्ने कर छुट दिएर मूल्य कम गराउन माग गरेका छन्।
  • क्वीन्सल्याण्डका मुख्य स्वास्थ्य अधिकारी डाक्टर जोन गेराल्डले प्याथलोजिमा परीक्षण गरिएका २३ प्रतिशत कोभिड-१९ नमुना पोजेटिभ आएको बताएका छन्।
  • अमेरिकी स्वास्थ्य विभाग हेल्थ एन्ड हुमन सर्भिसेजका अनुसार १ लाख भन्दा बढी मानिस कोभिड-१९ का कारण अमेरिकाका विभिन्न अस्पतालमा भर्ना भएका छन्।

कोभिड-१९ सङ्क्रमणका पछिल्ला तथ्याङ्कहरू:

न्यु साउथ वेल्समा आज २३,१३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ।

भिक्टोरियामा १४,०२० जनामा कोरोना सङ्क्रमण पुष्टि र दुई जनाको मृत्यु।

एसीटीमा ९२६ सङ्क्रमण, टास्मेनीयामा ७०२ जनामा कोरोनाभाइरस पुष्टि।

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ

Share

Published


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
कोभिड–१९ अपडेट: न्यु साउथ वेल्सका अस्पतालमा भर्ना हुने सङ्ख्या उच्च, भिक्टोरिया र क्वीन्सल्याण्डमा सङ्क्रमित सङ्ख्या बढ्यो | SBS Nepali