SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट : भोलिदेखि भिक्टोरिया र न्यु साउथ वेल्समा प्रतिबन्धहरू खुकुलो हुँदै

यो बिहीबार १७ फेब्रुअरीको संक्षिप्त कोरोनाभाइरस अपडेट हो।

Victorian Health Minister Martin Foley speaks to media at a press conference in Melbourne, Thursday, February 17, 2022.
Victorian Health Minister Martin Foley. Source: AAP Image/James Ross

4 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

आजको अपडेट

  • न्यु साउथ वेल्समा शुक्रवार १८ फेब्रुअरी देखि प्रतिबन्धहरू खुकुलो हुँदै छन्, जसमा हस्पिट्यालिटी र मनोरञ्जन स्थलहरूमा मानिसहरू उपस्थित हुन सक्ने सङ्ख्या सीमित हुने छैन र क्युआर चेक इन पनि नाइट क्लब, साङ्गीतिक महोत्सव जहाँ १ हजार भन्दा बढी मानिसहरू हुने छन् त्यस्तै अस्पताल र अपाङ्गताको क्षेत्रमा काम गर्ने स्थानहरूमा मात्र लागू हुनेछ। 
  • सम्पूर्ण स्थानहरूमा गाना गाउने र नाच्ने कार्यलाई स्वीकृति दिइएको छ, तर साङ्गीतिक महोत्सवहरूमा भने यो व्यवस्था २५ फेब्रुअरी सम्मका लागी लागू हुने छैन। 
  • घरबाट नै काम गर्ने सङ्केतहरूलाई हटाइने छ र उक्त नियम रोजगारदाताको निर्णयमा निहित हुनेछ। 
  • आगामी हप्ता देखि बन्द स्थानहरूमा मास्क लगाउने नियमहरू केहि क्षेत्रहरूका लागी खुकुलो पारिने छ। 
  • भिक्टोरियामा शुक्रवार १८ फेब्रुअरी बेलुका ६ बजे देखि प्रतिबन्धहरू खुकुलो हुँदै छन्। जस अन्तर्गत हस्पिट्यालिटी र मनोरञ्जनका स्थलहरूमा जनघनत्व सीमित हुने छैन।
  • भिक्टोरियामा शुक्रवार १८ फेब्रुअरी बेलुका ६ बजे देखि क्युआर चेक इन कोडहरू पसल, सुपर मार्केट, विद्यालय र बाल स्याहार केन्द्रहरूमा आवश्यक पर्ने छैन। 
  • खोप नलगाएका आगन्तुकहरूले न्यु साउथ वेल्स र भिक्टोरियामा ७ दिन क्वारेनटिनमा बस्नु पर्ने छ जुन पछिल्लो १४ दिनबाट घटाइएको हो।
  • भिक्टोरियाका स्वास्थ्य मन्त्री मार्टिन फोलीले आगामी हप्ता देखि बन्द स्थानहरू र विशेष गरी कार्यालयहरूमा मास्क लगाउनु पर्ने बाध्यकारी व्यवस्था हट्न सक्ने बताएका छन्। 
  • अब ६ देखि ११ वर्षका बालबालिकाहरूका लागी दोस्रो खोप उपलब्ध रहेको छ। मोडेर्ना कोभिड-१९ खोप जुन यस अघि १२ वर्ष माथिका मानिसहरूका लागी मात्र सुझाइएको थियो, अब भने औषधि सम्बन्धी नियामक निकाय टीजीएले ६ देखि ११ वर्ष उमेर समूहका लागी पनि अस्थायी स्वीकृति प्रदान गरेको हो। 
  • न्यु साउथ वेल्सका पारामेडिकहरू हडतालमा रहेका छन्। उनीहरूले अवस्थामा र श्रोत साधनहरूमा सुधारको माग गरेका छन्। राज्यमा दुई दिन अगाडी नर्सहरूले पनि २४ घण्टा लामो हडताल गरेका थिए। 
  • क्वीन्सल्याण्डले आज अस्वाभाविक रूपमा उच्च सङ्ख्यामा कोभिड-१९ सम्बन्धित मृत्युहरू भएको घोषणा गरेको छ। त्यो सङ्ख्या २४ घण्टा मात्रको भने हैन। राज्यका प्रमुख स्वास्थ्य अधिकारी जोन जेरार्डका अनुसार पछिल्ला केही हप्तामा भएका मृत्युहरू पनि एकै पटक दर्ता गरिएकोले सो सङ्ख्या देखिएको हो। 
  • क्वीन्सल्याण्डको क्षेत्रीय आवासीय केन्द्र क्युआरएसी आधिकारिक रूपमा खोलिएको छ। यो टूवूम्बाको उत्तरमा पर्ने वेलक्याम्पमा अवस्थित ५०० वटा बेडहरू युक्त स्थान हो, जुन क्वारेन्टिनका लागी प्रयोग गरिने छ। यसको निर्माणका लागी ४ करोड ८० लाख डलर खर्च लागेको छ भने प्रिमियर एनेस्तेसिया पलाशेका अनुसार यो भविष्यमा आउन सक्ने महामारीहरूको लागी समेत सोचेर गरिएको लगानी हो। 
  • दक्षिण अस्ट्रेलियाका प्रिमियर स्टिभन मार्शलले भोलि देखि सुरु हुने एडिलेड फ्रिन्ज फेस्टिभलमा जान 'सुरक्षित' भएको बताएका छन्। कोभिड व्यवस्थापन योजना र क्युआर कोड चेक इन राखिएकाले यो सुरक्षित भएको उनको भनाइ छ। 

कोभिड-१९ को पछिल्लो तथ्याङ्क

न्यु साउथ वेल्समा १, ४४७ बिरामीहरू अस्पतालमा  भर्ना भएको र ९२ जना सघन कक्षमा रहेको जनाएको छ। राज्यमा १४ जनाले ज्यान गुमाएका छन् भने ९,९९५ नयाँ मामिलाहरू दर्ता भएका छन्।

 

भिक्टोरियामा ४०१ जना अस्पतालमा भर्ना हुँदा ७८ जना सघन कक्षमा र १६ जना भेन्टिलेटरमा रहेका छन्। थप ९ जनाको मृत्यु दर्ता गरिएको राज्यमा ८,५०१ नयाँ सङ्क्रमित पाइएको छ। 

 

क्वीन्सल्याण्डमा ५,६६५ नयाँ कोभिड-१९ सङ्क्रमित थपिनुका साथै यसका कारण ३९ जनाले ज्यान गुमाएका छन्। कोभिड-१९ का  बिरामीहरू सरकारी अस्पतालहरूमा ३८२ र निजी अस्पतालहरूमा २६ जना रहेका छन् जसमध्ये कुल ३३ जना बिरामी सघन उपचार कक्षमा उपचाररत छन्। 

 

टास्मेनियामा ४७ जना कोभिड-१९ सङ्क्रमितहरू थपिएका छन् भने यस सम्बन्धित कुनै मृत्यु दर्ता गरिएको छैन। त्यस्तै १६ जना अस्पतालमा रहेकोमा २ जना सघन कक्षमा रहेका छन्। 

 

राजधानी एसीटीमा ४७ सङ्क्रमित अस्पतालमा रहँदा ३ सघन कक्षमा  उपचार गराइरहेका छन्। प्रदेशभर थप ५३७ नयाँ सङ्क्रमण दर्ता गरिदा १ जनाको यसबाट मृत्यु भएको छ। 

 

दक्षिण अस्ट्रेलियामा ३ जना कोभिड-१९ का बिरामीहरूको मृत्यु भएको छ साथै राज्यमा १, ४४० नयाँ सङ्क्रमित थपिएका छन्। राज्यका अस्पतालहरूमा सङ्क्रमण देखिएका २२१ बिरामी रहेकोमा १३ जना सघन उपचार कक्षमा रहेका छन्।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्


न्यु साउथ वेल्स बहु सांस्कृतिक स्वास्थ्य सञ्चार सेवाले अनुवाद गरेका जानकारीहरू यहाँ उपलब्ध छन्

कोभिड-१९ खोपबारे जानकारी 

अपोइन्टमेन्ट रिमाइन्डर टूल (Appointment Reminder Tool)


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now