कोभिड-१९ अपडेट: सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघ्दा बुस्टरको दोस्रो मात्रा उपलब्ध

यो ४ अप्रिल २०२२ को कोरोनाभाइरस अपडेट हो।

ATAGI says the fourth vaccine dose should be four months from the initial booster dose.

Source: Michael Wilson - Pool/Getty Images


  • आज देखि लागु हुने गरि करिव ४१ लाख अस्ट्रेलियाली बासिन्दा कोभिड–१९ को दोस्रो बुस्टर डोजका लागि योग्य बनेका छन्।
  • योग्य अस्ट्रेलियाली मध्ये ६५ बर्ष माथिका मानिसहरु, एबोरजिनल र टोरेस स्ट्रेट आईल्याण्डर समुदायका ५० बर्ष माथिका सदस्यहरु, बृद्धस्याहार र अशक्ततता केन्द्रका बासिन्दा र १६ बर्ष माथिका प्रतिरक्षा प्रणाली कमजोर भएका मानिसहरु परेका छन्।
  • अस्ट्रेलियाको खोप सम्बन्धी प्राबिधिक सल्लाहकार समुह, अटागीले बुस्टर डोज लगाएको चार महीना समय कटेका मानिसहरु दोस्रो बुस्टरका लागि योग्य हुने बताएको छ। खोप बुकिङ्गका लागि यहाँ जानुहोस्।
  • भिक्टोरीया, न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड, नर्दर्न टेरिटरी र साउथ अस्ट्रेलियाका बासिन्दाहरुले बिभिन्न सपिङ्ग सेन्टर र कार्यक्रमहरुमा ४ देखि १० अप्रिलसम्म राखिने खोप सम्बन्धी अस्थायी सुचना केन्द्रहरु मार्फत पनि बुकीङ्ग गर्न सक्दछन्।
  • अस्ट्रेलियामा संक्रिय सङ्क्रमितको संख्या पाँच लाख नाघेको छ।
  • आईतवारका दिन कोभिड–१९ का कारण १७ जनाको ज्यान गएको छ, जसमध्ये ११ जनाको न्यु साउथ वेल्समा र तीन जनाको वेर्स्टन अस्ट्रेलियामा ज्यान गएको छ।
  • सोमबार भने न्यु साउथ वेल्समा ६ जना र भिक्टोरीया र एसिटिमा एक–एक जनाको ज्यान गएको छ।
  • भिक्टोरीयामा वैकल्पिक शल्यक्रियालाई आगामी दुई बर्षसम्म कोभिड–१९ महामारी पूर्वको अबस्थाको समय भन्दा १२५ प्रतिशतले बढाईने बताईएको छ।
  • यता टास्मेनियाको बृद्धस्याहार केन्द्र र आशत्तताको क्षेत्रमा काम गर्नेहरुका लागि खोप सम्बन्धी थप नियमहरु आगामी २३ अप्रिलदेखि लागु हुने भएका छन्।
  • अस्ट्रेलियाको हेल्थ प्रोटेक्सन प्रिन्सीपल कमिटीले कोभिड–१९ का केसका नजिकका सर्म्पकहरुलाई राष्ट्रिय रुपमा जोखिममा आधारित क्वारेनटिन आवश्यकतालाई हटाउन सिफारिस गरेको छ।
  • कोभिड–१९ को बिए–२ भेरीएन्टको चरम प्रभाव पछि क्वारेनटीनलाई प्रतिस्थापन गर्न सक्ने उपायहरु समाबेश हुन सक्ने बताईएको छ। जस अर्न्तगतः
  • द्रुत गतिको परिक्षणलाई बारम्बार दोर्‍याउने।
  • घरबाट बाहीर निस्कदा मास्क लगाउने।
  • घरबाटै काम गर्ने।
  • उच्च जोखिम र लक्षणहरुको निगरानिका साथ नजिकको सर्म्पकहरुको पहुच सिमित गर्ने लगायतका रहेका छन्।

अप्रिल ४ का लागि कोभिड–१९ तथ्याङ्क

न्यु साउथ वेल्सः १५,५७२ नया केस संख्या, १,४१८ अस्पताल भर्ना, ५६ जना आईसियुमा, ६ जनाको मृत्यु।

भिक्टोरीयाः १०,०११ नया केस दर्ता, ३०५ जना अस्पतालमा, १७ जनाको आईसियुमा उपचार हुदै, एकको मृत्यु।

एसिटिः ७३९ नया केस, ४५ जना अस्पतलामा, चार जना आईसियुमा।

क्वीन्सल्याण्डः ७,७०७ नया केस, ४३७ जना अस्पतलामा, १४ जना आईसियुमा र एकको मृत्यु।

वेर्स्टन अस्ट्रेलियाः ६,०८२ नया केस, २३१ जना अस्पतालमा, ६ जना आईसियुमा, ६ जनाको मृत्यु।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्




प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

3 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now