कोभिड-१९ अपडेट: ६५ वर्ष उमेर माथिका मानिसहरूलाई दोस्रो कोभिड-१९ बुस्टर खोप दिने सरकारी सोच

यो सन् २०२२ मार्च ११ को सङ्क्षिप्त अस्ट्रेलियाली कोभिड-१९ अपडेट हो।

Health Minister Greg Hunt.

Health Minister Greg Hunt. Source: AAP

पछिल्लो अपडेट

अस्ट्रेलियालीहरूले जाडो मौसम सुरु हुने अघि नै आफूहरूले दोस्रो कोभिड-१९ बुस्टर खोप प्राप्त गर्न आवश्यक छ कि छैन भनेर थाहा पाउन सक्नेछन्।

सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टका अनुसार यो महिनाको अन्त्यसम्ममा ६५ वर्षभन्दा माथिका मानिसहरूलाई चौथो डोज सिफारिस गरिने छन्।

हन्टले कन्सेसन वा सहुलियत कार्ड वाहकहरूका लागि नि:शुल्क र्‍यापिड एन्टिजेन टेस्ट (र्‍याट) भनिने द्रुत एन्टिजेन परीक्षण उपलब्ध गराउने योजनालाई यस वर्ष जुलाईको अन्त्यसम्म विस्तार गरिने पनि जानकारी दिएका छन्।

सो कार्यक्रम अन्तर्गत कमनवेल्थ सिनियर्स हेल्थ कार्ड, हेल्थ केयर कार्ड, लो इनकम हेल्थ केयर कार्ड, पेन्सनर्स कन्सेन्सन कार्ड र डिपार्टमेन्ट अफ भेटरन्स अफेयर्स गोल्ड, ह्वाइट वा अरेञ्ज कार्ड वाहकहरूले तीन-महिनाको अवधिमा १० निःशुल्क र्‍याट पाउन सक्छन्।

उता, न्यु साउथ वेल्सका स्वास्थ्य मन्त्री ब्र्याड हाजार्डले नयाँ ओमिक्रन सब-भेरिएन्ट बीए.२ (BA.2) का कारण छ हप्तामा कोरोनाभाइरस सङ्क्रमण सङ्ख्या "दोब्बर भन्दा बढी" हुनसक्ने बताएका छन्।

राज्यले हिजो जनवरी यताकै सबैभन्दा उच्च दैनिक सङ्ख्या दर्ता गर्दै गर्दा, उनको उक्त अभिव्यक्ति आएको हो।

न्यु साउथ वेल्सले बिहीबार १६,२८८ केसहरू रेकर्ड गरेको थियो।

न्यु साउथ वेल्स विश्वविद्यालयको एक अध्ययनका अनुसार नेक्सट्रेन क्लेड २१एल पनि भनिने बीए.२ स्वरूप हाल राज्यमा सबैभन्दा बढी फैलिएको कोरोनाभाइरसको किसिम हो।

कोभिड-१९ सम्बन्धी पछिल्ला अस्ट्रेलियाली तथ्याङ्कहरू

न्यु साउथ वेल्स: ९९८ जना अस्पतालमा भर्ती, ३९ आइसियुमा। बिहीवार राती आठ बजेसम्मको गणना अवधिमा ७ को मृत्यु, १४,०३४ नयाँ केसहरू पुष्टि।

भिक्टोरिया: १८५ जना अस्पतालमा, २७ आइसियुमा र ३ भेन्टिलेटरमा। पछिल्लो २४ घण्टामा १० को मृत्यु, थप ६,८११ जना सङ्क्रमित।

टास्मेनिया: १६ जना अस्पतालमा, ४ सघन उपचार कक्षमा। पछिल्लो २४ घण्टामा थप १,१२९ जनामा कोभिड-१९ पुष्टि।

अस्ट्रेलियन क्यापिटल टेरिटरी: अस्पतालमा ३१ जना भर्ती छन्, एक जना सघन उपचार कक्षमा। पछिल्लो गणना अवधिमा थप ७९१ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि र ३ को मृत्यु।

क्वीन्सल्यान्ड: २५० जना अस्पतालमा, १६ आइसियुमा। पछिल्लो २४ घण्टामा ८ को मृत्यु र थप ४,३२७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्




प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now