SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: भिक्टोरिया खुल्ने योजनामा ‘ठुलो’ झट्का, क्वीन्सल्यान्डमा कोरोनाभाइरस प्रतिबन्धहरू पुनः लागू

यो बिहीवार, ३० सेप्टेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

People are seen exercising along Southbank in Melbourne, Thursday, September 30, 2021.
People are seen exercising along Southbank in Melbourne, Thursday, September 30, 2021. Source: AAP Image/Daniel Pockett

4 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS



Skip to article content

मुख्य बुँदाहरू:

  • भिक्टोरियाले खोपको ८० प्रतिशत पहिलो मात्रा सम्बन्धी लक्ष्य पुरा गर्‍यो,
  • न्यु साउथ वेल्समा स्कूलहरु पहिले भनिएभन्दा अगावै खुल्ने,
  • एसीटीमा प्रतिबन्धहरु खुकुलो हुँदै।

भिक्टोरिया

भिक्टोरियाले मध्यरातसम्मको २४ घण्टामा कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप १,४३८ नयाँ मामिलाहरू दर्ता गरेको छ जसमध्ये ५०० सङ्क्रमित सप्ताहान्तको जमघटसँग सम्बन्धित रहेको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

सोही अवधिमा थप पाँच भिक्टोरियालीको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको पनि प्रिमियर ड्यानिएल एन्ड्रुजले आज बिहान मेलबर्नमा आयोजित पत्रकार सम्मेलनका क्रममा पुष्टि गरेका थिए।

प्रिमियर भन्छन् कि फाइजर खोप मात्रा बिचको अन्तर अब राज्यमा छ हप्ताबाट घटाएर तीन साता पुर्‍याइनेछ।

आगामी महिना उक्त खोपको आपूर्ति सहज हुने भएकाले दुई मात्रा बिचको अन्तर छोटो बनाउन स्वास्थ्य अधिकारीहरूले निर्णय गरेको उनले स्पष्ट पारे।

उता, महामारी सुरू भएयताकै कुनै पनि २४ घण्टे अवधिमा सबैभन्दा बढी सङ्ख्यामा कोभिड-१९ सामुदायिक सङ्क्रमणको पुष्टि भएपछि, भिक्टोरियाली कोभिड-१९ कमान्डर जेरोइन वाइमरले यस घटनाबाट राज्यमा हाल लागू प्रतिबन्धहरू खुकुलो पार्दै लैजाने आफूहरूको योजनामा ठुलो धक्का लागेको बताएका छन्।

अर्थतन्त्र र स्वास्थ्य सुझावलाई मध्यनजर गर्दै कोभिड -१९ सम्बन्धी सरकारी सहयोग भुक्तानी बन्द गर्ने निर्णय लिइएको सङ्घीय ट्रेजरर जस फ्राइडेनबर्गको भनाई लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्! null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

न्यु साउथ वेल्स

बुधवार राती आठ बजेसम्मको अवधिमा कोभिड-१९ को ९४१ नयाँ सामुदायिक सङ्क्रमण मामिला दर्ता गरेको न्यु साउथ वेल्समा सोही अवधिभित्र कोरोनाभाइरस सङ्क्रमणका कारण छ जनाले ज्यान गुमाएका छन्।

प्रिमियर ग्लाडिस बेरिजिक्लियनले आज बिहान सिड्नीमा बोल्दै १८ अक्टोबरदेखि पहिलो एवम् दोस्रो कक्षामा अध्ययनरत विद्यार्थीहरू र किन्डरगार्टेनमा भर्ती बालबालिकाहरू कक्षाकोठामा फर्किन सक्ने पुष्टि गरेकी छिन्।

अन्य बाँकी विद्यार्थीहरूको हकमा भने २५ अक्टोबर र १ नोभेम्बरबाट सुरु हुने साताहरूमा क्रमिक प्रत्यक्ष पठनपाठन सुरु हुने पनि उनको भनाई छ।

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

पछिल्लो २४ घण्टामा कोभिड-१९ सामुदायिक सङ्क्रमणका ३१ नयाँ मामिलाहरू दर्ता गरेको एसीटीमा भोलि १ अक्टोबरदेखि केही प्रतिबन्धहरू खुकुलो हुनेछन् जसमा बाहिर खुल्लामा बिताउन पाइने समय सीमा, राष्ट्रिय निकुञ्जहरू पुनः खुल्ने र खुद्रा व्यापारहरूलाई थप राहत प्राप्त हुने बताइएको छ।

एसीटीका ६० वर्ष माथिका बासिन्दाहरूका लागि अब फाइजर खोप उपलब्ध छ।

पछिल्लो २४ घण्टा अस्ट्रेलिया वरिपरि

ब्रिसबेन लगायत गोल्ड कोस्ट, लोगन, मोर्टन बे, टाउन्सभील र पाम आइल्यान्डमा अहिले ४ बजेदेखि दोस्रो चरणका प्रतिबन्धहरू लागू भएका छन्।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now