कोभिड-१९ अपडेट: भिक्टोरियामा केही वैकल्पिक शल्यक्रियाहरू सोमबारबाट सुचारु हुने

यो शुक्रबार फेब्रुअरी ४ को संक्षिप्त कोरोनाभाइरस अपडेट हो।

Victorian Health Minister Martin Foley speaks to media at the Alfred Hospital in Melbourne, Wednesday, December 29, 2021. Victoria has seen a massive jump in COVID-19 infections with 3767 new cases and five deaths. (AAP Image/Con Chronis) NO ARCHIVING

Victorian Health Minister Martin Foley speaks to media. Source: AAP

  • भिक्टोरिया सरकारले आउँदो सोमबारदेखि केही वैकल्पिक शल्यक्रिया सुचारु गर्ने घोषणा गरेको छ। सबै वैकल्पिक शल्यक्रियाहरू कहिले देखि सुरु गरिने मिति तोक्न भने अझै बाँकी छ। 
  • भिक्टोरियाले राज्यको स्वास्थ्य प्रणालीलाई ओमिक्रनको नियन्त्रणका लागि १ अरब ४० करोड डलरको आर्थिक सहायता प्रदान गरेको छ।
  • न्यु साउथ वेल्समा कोभिड-१९ का कारण थप ३१ जना र भिक्टोरियामा ३६ जनाको ज्यान गएको छ, र दुवै राज्यमा अस्पताल भर्ना हुने बिरामीहरूको सङ्ख्या घट्ने क्रममा छ। 
  • बुस्टर खोप लगाउने योग्य १,७०,००० वृद्ध हेरचाह निवासीहरू मध्य ४५,००० ले अझै पनि तेस्रो खोप नपाएको सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले बताए। 
  • मन्त्री हन्टले बताए कि वृद्ध हेरचाह निवासीहरूको हिचकिचाहटका कारण खोप लगाउनेहरूको सङ्ख्या कम रहेको बताए। 
  • नर्दन टेरिटरीमा स्वास्थ्य प्रणालीमाथिको भार कम गर्नका लागि वैकल्पिक र दिनको समयमा गरिने शल्यक्रियाहरू अस्पतालमा गर्ने अनुमति दिइएको छ। 
  • क्वीन्सल्यान्डमा बुस्टर खोप नलगाएका वृद्ध उमेर समूहमा "असमान" मृत्यु सङ्ख्या देखिएको राज्यका प्रमुख स्वास्थ्य मन्त्रीले बताए। 

कोभिड-१९ पछिल्लो सङ्क्रमण:

न्यु साउथ वेल्समा १०,६९८ नयाँ सङ्क्रमण पुष्टि हुँदै ३१ जनाको मृत्यु गएको छ। २,४९४ जना अस्पतालमा भर्ना भएका छन् जस मध्य १६० जना आइसियुमा रहेका छन्। 

भिक्टोरियामा ११,२४० नयाँ सङ्क्रमण पुष्टि भएका छन् र ३६ जनाको ज्यान गएको छ। ७०७ जना अस्पताल भर्ना भएका छन् र ७९ जना आइसियुमा छन्। 

क्वीन्सल्यान्डमा ६,८५७ नयाँ केस दर्ता हुँदै १३ जनाको ज्यान गएको छ। ७३२ जना अस्पताल भर्ना भएका छन् र ५० जना आइसियुमा छन्। 

टास्मेनियामा ५७० सङ्क्रमण, १३ जना अस्पतालमा छन् र २ जना आइसियुमा छन्। 

अस्ट्रेलियन क्यापिटल टेरिटरीमा ४४९ नयाँ सङ्क्रमित, ६५ जना अस्पताल भर्ना र १ जना आइसियुमा रहेका छन्। 

कोभिड-१९ का पछिल्ला प्रतिबन्धबारे जानकारी तपाईँको भाषामा यहाँ उपलब्ध छ। 

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्


न्यु साउथ वेल्स बहु सांस्कृतिक स्वास्थ्य सञ्चार सेवाले अनुवाद गरेका जानकारीहरू यहाँ उपलब्ध छन्


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

Published

Updated


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
कोभिड-१९ अपडेट: भिक्टोरियामा केही वैकल्पिक शल्यक्रियाहरू सोमबारबाट सुचारु हुने | SBS Nepali