कोभिड-१९ अपडेट: न्यु साउथ वेल्स र भिक्टोरियामा सङ्क्रमण ओरालो लाग्दै गर्दा नयाँ आर्थिक सहायता बारे घोषणा

यो मङ्गलवार, १२ अक्टोबर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Kiongozi wa Victoria Daniel Andrews azungumza na vyombo vya habari mjini Melbourne

Kiongozi wa Victoria Daniel Andrews azungumza na vyombo vya habari mjini Melbourne. Source: AAP Image/James Ross

मुख्य बुँदाहरू:

  • अर्थतन्त्रलाई उकास्न भन्दै न्यु साउथ वेल्सद्वारा व्यवसाय लक्षित कोभिड-१९ राहत प्याकेजको घोषणा,
  • भिक्टोरियाले स्वास्थ्य सेवामा महत्त्वपूर्ण लगानी गर्ने र
  • एसीटीको लकडाउनबाट निस्कने योजना यथावतै।  

भिक्टोरिया

मध्यरातसम्मको २४ घण्टामा भिक्टोरियाले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप १,४६६ नयाँ मामिलाहरू दर्ता गरेको छ।

सोही अवधिमा कोभिड-१९ सम्बन्धी जटिलताका कारण आठ भिक्टोरियालीले ज्यान गुमाएका छन्।

हाल भिक्टोरियाली अस्पतालहरूमा ६७५ कोरोनाभाइरस सङ्क्रमित बिरामीहरु भर्ती रहेकोमा केवल सात प्रतिशतले मात्रै खोपको पुरा मात्रा लगाएको स्थानीय अधिकारीहरूले बताएका छन्।

प्रिमियर ड्यानिएल एन्ड्रुजले भिक्टोरियालीहरुलाई सम्भव भएसम्म आफ्नो खोप लगाउने मिति अगाडी सार्न प्रोत्साहित गरेका छन्।

आजै राज्य सरकारले करोडौँ डलर स्वास्थ्य सेवामा लगानी गर्ने घोषणा गरेको छ।

अग्रपङ्क्तिमा रहेर भिक्टोरियाली अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूको सहायताका लागि भन्दै २५ करोड ५० लाख डलर विनियोजन गरिएको छ।

यस्तै वैदेशिक स्वास्थ्यकर्मीलाई आकर्षित गर्न २५ लाख डलर छुट्टाइएको पनि बताइएको छ।

न्यु साउथ वेल्स

हिजो बेलुका आठ बजेसम्मको गणना अवधिमा न्यु साउथ वेल्सले कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप ३६० नयाँ मामिलाहरू पुष्टि गरेको छ।

झन्डै ९०,००० राज्यवासीको कोरोनाभाइरस परीक्षण गर्दा ती मामिलाहरू अगाडी आएका हुन्।

हिजो न्यु साउथ वेल्सले ८८,९८८ जनाको कोभिड-१९ परीक्षण गरेको थियो।

प्रिमियर डोमिनिक पेरोटेले पनि आफ्नो राज्यका लागि भन्दै एक राहत प्याकेजको घोषणा गरेका छन्।

NSW Premier Dominic Perrottet (left) and NSW Treasurer Matt Kean speaks to the media during a press conference in Sydney, Tuesday, October 12, 2021.
NSW Premier Dominic Perrottet (left) and NSW Treasurer Matt Kean speaks to the media during a press conference in Sydney, Tuesday, October 12, 2021. Source: AAP

महामारीबाट प्रभावित व्यापार-व्यवसाय लक्षित सो आर्थिक सहायता अन्तर्गत योग्य व्यवसायीहरूले केही सेवा तथा शुल्क सम्बन्धी रकम फिर्ता पाउन सक्नेछन्।

उनीहरूले २,००० डलरसम्म फिर्ता पाउन सक्ने बताइएको छ।

लामो समयसम्म भण्डारण गर्न नसकिने सामाग्री हुने व्यवसायहरूले अतिरिक्त रकम फिर्ता पाउने पनि सरकारी भनाई छ।

“हामी चाहन्छौँ कि व्यवसायीहरूले सरकारले सक्दो सहयोग गर्नेछ भनेर बुझुन्,” पेरोटेले भने।

न्यु साउथ वेल्सका ८० प्रतिशत योग्य बासिन्दाहरूले खोपको दुवै मात्रा लगाएपछि थप प्रतिबन्धहरू हट्ने छन्।

NSW Roadmap Nepali COVID-19
Source: SBS Nepali

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

बितेका २४ घण्टामा एसीटीले कोरोनाभाइरस स्थानीय सङ्क्रमणका २८ नयाँ मामिलाहरू दर्ता गरेको छ।

ती मध्ये २२ सङ्क्रमितहरूको स्रोत पहिचान भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

मुख्यमन्त्री एन्ड्रु बार्र भन्छन् कि शुक्रवारदेखि लकडाउन खुकुलो पार्ने आफूहरू योजना यथावतै छ।

“बिहीवार ११:५९ देखि एसीटीको पहिलो चरण (लकडाउनबाट निस्कने) सुरु हुनेछ,” उनले भने।

बितेका २४ घण्टामा अस्ट्रेलिया वरपर

  • क्वीन्सल्यान्डले कोभिड-१९ को कुनै मामिला दर्ता नभएको बताएको छ।
  • हालसम्म ८२.८ प्रतिशत अस्ट्रेलियाली बासिन्दाहरूले खोपको पहिलो मात्रा पाइसकेका छन् भने ६३.४ प्रतिशतले दुवै मात्रा लगाइसकेको सङ्घीय सरकारको भनाई छ।
  • सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टका अनुसार वयस्कहरूका लागि खोपको अतिरिक्त मात्रा वा बुस्टर डोज बारे सुझाव अक्टोबर मसान्तसम्ममा उपलब्ध हुनेछ।

 

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

4 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now