SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: विद्यालयहरू खुल्न थाल्दा सङ्क्रमण बढ्ने अनुमान

यो सोमबार ३१ जनवरीको संक्षिप्त कोरोनाभाइरस अपडेट हो।

Students are seen walking to class at Toorak College in Melbourne.
Students in Victoria return to school on Monday amid Omicron. Source: AAP

3 min read

Published

Updated



Skip to article content

  • देशभर लाखौँ विद्यार्थीहरू कक्षाकोठामा फर्कन सुरु भए पछि आउँदा हप्तामा सङ्क्रमण बढ्ने अनुमान गरिएको छ। 
  • विद्यालय जानु अघि र गए पछिका खर्चका लागि न्यु साउथ वेल्समा प्राथमिक विद्यालयमा बालबालिका रहेका अभिभावकहरूले ५०० डलरको भाउचर पाउने भएका छन्। 
  • भिक्टोरियामा विद्यालयहरूमा ५०,००० भन्दा बढी हावा सफा गर्ने एयर प्युरिफायर तथा शिक्षकहरूले भवन बाहिर कक्षा सञ्चालन गर्नका लागि घाम छेक्ने ३०० वटा शेड सेलहरू वितरण गरिएका छन्। 
  • क्वीन्सल्यान्डमा विद्यालयहरू पुनः खोलिए पछि हाई स्कुलमा मास्क लगाउन अनिवार्य हुने छ। त्यस्तै, धेरै जना भेला हुने असेम्बलीहरू गर्न पाइने छैन, र बिरामी विद्यार्थी र शिक्षकहरूका लागि र्यापिड एन्टीजेन परीक्षणको (RAT) व्यवस्था हुने छ। 
  • वेस्टर्न अस्ट्रेलियामा आजदेखि खोप नलगाएका मानिसहरू माथि लकआउट जारी गरिने छ। आतिथ्य क्षेत्रहरू, सार्वजनिक र निजी अस्पताल तथा वृद्ध हेरचाह केन्द्र, र भवनभित्रका मनोरञ्जनका स्थानहरूमा जान दुई वटा खोप लगाएको प्रमाण देखाउनु पर्ने हुन्छ। 
  • न्यु साउथ वेल्सले साना तथा मध्यम व्यवसायहरूको आर्थिक सहयोगका लागि १ अरब डलरको योजना तयार पारेको छ। योग्य व्यवसायहरूले आफ्नो साप्ताहिक पेरोलको २०% - एक हप्तामा अधिकतम ५००० डलरसम्म एकमुष्ट रकम पनि पाउन सक्छन्। 
  • गत हप्ता दक्षिण अफ्रिकाबाट आएको ओमिक्रन भन्दा सङ्क्रामक भाइरसको स्ट्रेन, अस्ट्रेलियामा धेरै फैलन सक्ने अनुमान गरिएको छ। यद्यपि, यो ओमिक्रनको तुलनामा कत्तिको खतरनाक हुन्छ भनेर अहिले थाहा नरहेको, स्वास्थ्य अधिकारीहरूले बताएका छन्। 

कोभिड-१९ पछिल्लो तथ्याङ्क:

न्यु साउथ वेल्समा १३.०२६ नयाँ सङ्क्रमित पुष्टि हुँदै २७ जनाको ज्यान गएको छ। २,७७९ जना अस्पतालमा छन् जस मध्य १८५ जना आइसियुमा छन्। 

भिक्टोरियामा १०,०५३ नयाँ सङ्क्रमित फेला पर्दै ८७३ जना अस्पतालमा छन्, १०२ जना आइसियुमा छन् र ८ जनाको ज्यान गएको छ। 

टास्मेनियामा ५०४ केस दर्ता भएको छ र कसैको पनि कोभिड-१९ का कारण मृत्यु भएको छैन। जनवरी महिनाको सुरुवातदेखि यो सबै भन्दा कम २४-घन्टे सङ्क्रमण सङ्ख्या हो। 

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ। 


ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now