कोभिड-१९ अपडेट: सिड्नीमा नयाँ "वक-इन" खोप केन्द्रहरू सञ्चालनमा

यो २७ जुलाई २०२१, मङ्गलवारको अस्ट्रेलियामा कोरोनाभाइरसको अवस्थाबारे अपडेट हो।

Polisi waonekana nje ya jengo ambalo liko chini ya makatazo yakutoka, katika mtaa wa Devitt Street, katika kitongoji cha Magharibi Sydney cha Blacktown

Polisi waonekana nje ya jengo ambalo liko chini ya makatazo yakutoka, katika mtaa wa Devitt Street, katika kitongoji cha Magharibi Sydney cha Blacktown Source: AAP Image/Mick Tsikas

मुख्य बुँदाहरू:

  • पश्चिमी सिड्नीमा नयाँ नयाँ "वक-इन" खोप केन्द्रहरू सञ्चालनमा,
  • भिक्टोरिया तथा साउथ अस्ट्रेलियामा आज रातीबाट लकडाउनको अन्त्य,
  • साउथ अस्ट्रेलिया र क्विन्सल्यान्डमा नयाँ सङ्क्रमण नभेटिएको ती राज्यका अधिकारीहरूको भनाई र
  • ६० वर्ष माथिका मानिसहरूमा खोपको दर निकै कम भएकोमा चिन्ता।

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा सोमवार बेलुका आठ बजेसम्मको गणना अवधिमा थप १७२ जनामा सामुदायिक सङ्क्रमणको पुष्टि राज्यका स्वास्थ्य अधिकारीहरूले आज बिहान गरेका छन्।

ती मध्ये कम्तीमा पनि ६० जना सङ्क्रमित अवस्थामा रहँदा समुदायमा सक्रिय नै रहेको पनि राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले बताएकी छिन्।

यसै गरी, ब्ल्याकटाउन स्थित एक अपार्टमेन्ट भवनका ६ जना मानिसहरूमा कोरोनाभाइरसको पुष्टि भएपछि उक्त स्थानलाई प्रहरी निगरानीमा राखिएको छ।

आजदेखि समुदायका ४० वर्ष वा सो उमेर कटेका सबै जनालाई कोभिड-१९ विरुद्धको एस्ट्राजेनेका खोप उपलब्ध गराइएको न्यु साउथ वेल्स हेल्थले बताएको छ भने पश्चिमी सिड्‌नी स्थित मेरिल्यान्ड्स र गीलफर्ड क्षेत्रमा समय नलिईकनै सिधै गएर खोप लगाउन मिल्ने "वक-इन" क्लिनिकहरू सञ्चालनमा आएका छन्।

बेरिजिक्लियनका अनुसार भोलिदेखि भने १८ वर्ष माथिका व्यक्तिहरूले फार्मेसीहरूबाट एस्ट्राजेनेका खोप लगाउन सक्नेछन्।

उनले सबैलाई यथाशीघ्र खोप लगाउन पनि आग्रह गरिन्।

भिक्टोरिया

भिक्टोरियामा आज थप १० सामुदायिक सङ्क्रमणका घटनाहरू दर्ता गरिएका छन्।

राज्यका अधिकारीहरूका अनुसार, यी सबै जना उनीहरूको सङ्क्रमित अवस्थाभर नै क्वारेन्टिनमा थिए।

आज राती ११:५९ बजेदेखि भिक्टोरियामा हाल लागू पाँचौँ लकडाउन अन्त्य हुने राज्यका प्रिमियर ड्यानिएल एन्ड्रुजले केही बेर अघि मेलबर्नमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बताएका छन्।

तर, केही प्रतिबन्धहरू भने अर्को दुई हप्ताका लागिसम्म कायमै हुने पनि उनको भनाई छ।

कायमै रहेका प्रतिबन्धहरूमा भिक्टोरियालीहरुले घरमा पाहुना बोलाउन पाउने छैनन् भने सार्वजनिक भेलाहरूलाई १० जनामा सीमित गरिएको छ।

यस्तै मास्कको अनिवार्य प्रयोग पनि यथावतै राखिएको प्रिमियर एन्ड्रुजले बताए।

भिक्टोरियाको प्रतिबन्धहरूबारे पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ जानुहोस्।

गएका २४ घण्टामा अस्ट्रेलिया वरपर

वागा वागा, हे, लकहार्ट र मुर्रुमबिजी भिक्टोरियाको न्यु साउथ वेल्ससँग कायम रहेको सीमा व्यवस्था वा बोर्डर बबलबाट हटाइएको छ।

सङ्घीय सरकारद्वारा जारी गरिएको तथ्याङ्कका अनुसार अहिलेसम्म ६० वर्ष माथिका जम्मा १५ प्रतिशत मानिसहरू मात्रले कोभिड-१९ विरुद्ध खोप लगाएका छन्।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्विन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

3 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now