कोभिड-१९ अपडेट: टीजीएद्वारा बुस्टर मात्राका लागि एस्ट्राजेनेकालाई स्वीकृति

यो, १० फेब्रुअरी, बिहीवारको सङ्क्षिप्त अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

NSW Premier Dominic Perrottet

NSW Premier Dominic Perrottet Source: AAP

  • थेराप्युटिक गुड्स एड्मिनिस्ट्रेसनले, एस्ट्राजेनेका कोभिड-१९ खोपलाई बुस्टर डोजका रूपमा अस्ट्रेलियाका १८ वर्षभन्दा माथिका मानिसहरूको प्रयोगका लागि अनुमति दिएको छ। 
  • टीजीएका अनुसार एस्ट्राजेनेकालाई अस्थायी रूपमा अनुमति प्राप्त भएको हो र हाल फाइजर र मोर्डनाद्वारा निर्मित खोपहरू बुस्टर डोजका लागि प्राथमिकतामा छन्। पहिले एस्ट्राजेनेका लगाइसकेकाहरूका लागि पनि फाइजर र मोर्डनाद्वारा खोपहरू नै पहिलो रोजाई हुने बताइएको छ।
  • आज न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड र टास्मेनियामा गरेर कूल ४९ अस्ट्रेलियावासीको कोरोनाभाइरसका कारण ज्यान गुमेको छ।
  • न्यु साउथ वेल्सका प्रिमियर डोमिनिक पेरोटेले आफ्नो राज्यका अस्पतालहरूमा बिरामी भेट्न जान पाउने नियमहरू केही खुकुलो पारिने बताएका छन्। अन्तिम अवस्थामा रहेका आफ्ना परिवारजनलाई भेट्न नपाएको भन्दै केही राज्यवासीहरूले हाल विद्यमान नियमहरू प्रति आपत्ति जनाउँदै थिए। पेरोटेका अनुसार अन्तिम सास लिँदै गरेका, अत्यन्त चिन्ताजनक स्थितिमा रहेका र जन्मदिन तयार गर्भवती महिलालाई भेट्न मानिसहरू अस्पताल जान पाउने गरी नियमहरू परिवर्तन हुनेछन्।

कोभिड-१९ सम्बन्धी पछिल्ला अस्ट्रेलियाली तथ्याङ्कहरू

  • न्यु साउथ वेल्समा हाल १,७९५ बिरामीहरु कोभिड-१९ का कारण भर्ती छन् भने ती मध्ये १२१ जना आइसियुमा छन्। राज्यको स्वास्थ्य विभाग अनुसार हिजो राती आठ बजेसम्मको अवधिमा २४ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ भने थप १०,१३० जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको थियो।
  • भिक्टोरियाली अस्पतालहरूमा हाल ५४३ कोभिड-१९ का बिरामी रहेका छन् भने ती मध्ये ७५ जनाको उपचार सघन कक्षमा भइरहेको छ। २३ भिक्टोरियालीहरू भने भेन्टिलेटरमा राखिएका छन्। राज्यले पछिल्लो २४ घण्टामा थप ९,३९१ नयाँ सङ्क्रमण दर्ता गरेको छ भने २३ जनालाई कोभिड-१९ का कारण गुमाएको छ।
  • क्वीन्सल्यान्डमा थप ६,९०२ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि गरिएको छ। राज्यले पछिल्लो गणना अवधिमा आठ राज्यवासीलाई कोरोनाभाइरस सङ्क्रमणका कारण गुमाएको छ।
  • टास्मेनियाले पछिल्लो २४ घण्टामा आफ्नो एक नागरिकलाई कोभिड-१९ सङ्क्रमणबाट गुमाएको बताएको छ। राज्यमा थप ६३७ जनामा सङ्क्रमण पुष्टि गरिएको छ।
  • क्यानबेरामा भने थप ५०० नयाँ सङ्क्रमण पुष्टि भएका छन्।


ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



न्यु साउथ वेल्स बहु सांस्कृतिक स्वास्थ्य सञ्चार सेवाले अनुवाद गरेका जानकारीहरू यहाँ उपलब्ध छन्

कोभिड-१९ खोपबारे जानकारी 

अपोइन्टमेन्ट रिमाइन्डर टूल (Appointment Reminder Tool)


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now