SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: टीजीएद्वारा नोभाभ्याक्स खोप र कमजोर बिरामीका लागि एन्टी-भाइरल चक्की स्वीकृत

यो जनवरी २० २०२२ बिहीबारको संक्षिप्त अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

L’Australie valide le vaccin Novarax.
Source: AP

2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

  • अस्ट्रेलियाको औषधी नियामक निकाय थेराप्यूटिक गुड्स एड्मिनिसट्रेशनले (टीजीए) कोभिड-१९ विरुद्धको नोभाभ्याक्स खोपलाई अस्ट्रेलियामा प्रयोग गर्नका स्वीकृति प्रदान गर्दै, ५ करोड १० लाख मात्राहरू मगाएको छ। 
  • त्यस्तै, टीजीएले कोभिडका कमजोर बिरामीहरूले मुखबाट प्रयोग गरिने दुई वटा भाइरस प्रतिरोधी एन्टी-भाइरल उपचार प्रयोग गर्न पाउने भन्दै केही समयको लागि स्वीकृति दिएको छ। 
  • प्याक्सलोभिड र मोल्नुपिराभिर नाम गरेका ती दुई एन्टी-भाइरल चक्कीहरू आउँदा केही हप्ताभित्र अस्ट्रेलिया आइपुग्ने सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले बताएका छन्। 
  • पछिल्लो २४ घण्टामा अस्ट्रेलिया भर कोभिड-१९ का कारण ४९ जनाको ज्यान गएको छ। 
  • न्यु साउथ वेल्समा अस्पताल भर्ना भएकाको सङ्ख्या २,८६३ जनाबाट घटेर २,७८१ मा पुगेको छ। यो सङ्ख्या गत डिसेम्बर १८ देखि पहिलो पटक घटेको हो। आइसीयूमा रहेकाको सङ्ख्या पनि २१२ बाट २१७ मा घटेको छ। 
  • न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा ३०,८२५ जना सङ्क्रमित पुष्टि हुँदै २५ जनाको ज्यान गएको छ। 
  • विद्यालयहरू सुरक्षित रूपमा पुनः खोलिनका लागि कोभिड-सुरक्षित योजना तयार पार्न बिहीबार राष्ट्रिय मन्त्री परिषद्को बैठक बस्ने बताइएको छ। 
  • क्वीन्सल्यान्डमा ज्यान गुमाउने ९ जना मध्य एक १८ वर्षीय व्यक्ति पनि थिए, जसको पहिला केही स्वास्थ्य समस्या रहेका थिए। राज्यमा १६,८१२ नयाँ सङ्क्रमित फेला परेका छन्। 
  • कोभिड-१९ बाट "सही तरिकामा सुरक्षित रहनका लागि" खोपका तीन वटा मात्राहरू आवश्यक रहेको भन्दै, राष्ट्रिय मन्त्री परिषद्ले यसको बारेमा "सोच्ने" भिक्टोरियाली प्रिमियर डानियल एन्ड्रुजले बताएका छन्। 
  • जनवरी महिनाको अन्त्यसम्म क्वीन्सल्यान्डका कोरोना भाइरस मामिलाहरू धेरै बढ्ने राज्यका स्वास्थ्य अधिकारीहरूले अनुमान गरेका छन्। सबै भन्दा पहिला गोल्ड कोस्टमा बढ्ने स्वास्थ्य मन्त्री यिभेट डाथको अनुमान रहेको छ। 

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

कोभिड-१९ सङ्क्रमणका पछिल्ला तथ्याङ्कहरू:

न्यु साउथ वेल्समा २९,८३० जनामा सङ्क्रमण र ३६ जनाको मृत्यु।

भिक्टोरियामा २०,१८० जना सङ्क्रमित २२ जनाको मृत्यु।

क्वीन्सल्याण्डमा १५,९६२ जनामा सङ्क्रमण पुष्टि, टास्मेनियामा १,३१० जना सङ्क्रमित थपिए।

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now