SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: खोपको पुरा मात्रा लगाएका अस्ट्रेलियालीहरूका लागि फाइजर बुस्टर डोज नोभेम्बर १ देखि उपलब्ध हुने गरी टीजीएद्वारा स्वीकृत

यो २७ अक्टोबर २०२१, बुधवारको अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

File photo of passengers wearing protective masks collecting baggage after arriving on a flight at Sydney Airport.
File photo of passengers wearing protective masks collecting baggage after arriving on a flight at Sydney Airport. Source: AAP

4 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS



Skip to article content

मुख्य बुँदाहरू:

  • फाइजर खोपको बुस्टर डोज अस्ट्रेलियामा बस्ने १८ वर्ष र सो भन्दा माथिका व्यक्तिहरूका लागि, उनीहरूले खोपको दोस्रो मात्रा लगाएको छ महिनापछि योग्य हुने गरी टीजीएद्वारा स्वीकृति प्रदान र
  • न्यु साउथ वेल्समा असीमित यात्रा सम्बन्धी योजनालाई द्रुत रूपमा बढवा दिन नहुने एक महामारी रोग विशेषज्ञको भनाई।

न्यु साउथ वेल्स

अघिल्लो २४ घण्टे अवधिको तुलनामा, न्यु साउथ वेल्सले कोरोनाभाइरसका थप मामिलाहरू दर्ता गरेको छ।

सोमवार राती आठ बजेसम्मको २४ घण्टामा कोभिड-१९ सामुदायिक सङ्क्रमणका २८२ मामिला पुष्टि गरेको न्यु साउथ वेल्सले मङ्गलवार राती आठ बजेसम्मको २४ घण्टमा ३०४ जना नयाँ सङ्क्रमितहरू थपेको हो।

आगामी नोभेम्बर १ तारिखदेखि मानिसहरू राज्यभर नै असीमित रूपमा यात्रा गर्न पाउने न्यु साउथ वेल्स सरकारको योजना बारे एक महामारी रोग विशेषज्ञले चेतावनी दिएकी छिन्।

मेरी लुइज मक्लज भन्छिन् कि यसरी यात्रा गर्न अनुमति दिनु अघि रिजनल न्यु साउथ वेल्सको खोप दर बढाइनु पर्छ।

प्रिमियर डोमिनिक पेरोटेले भने आफ्नो कोभिड आर्थिक समितिले राज्यको प्रतिबन्धहरू हटाइने मार्गचित्रका केही पक्षहरू बारे यसै हप्ता जाँच गर्ने बताएका छन्।

भिक्टोरिया

मध्यरातसम्मको २४ घण्टामा भिक्टोरियाले कोभिड-१९ स्थानीय सङ्क्रमणका थप १,५३४ नयाँ मामिलाहरू गर्नुका साथै र १३ राज्यवासीको कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गएको बताएको छ।

आउँदो शुक्रवारदेखि थप प्रतिबन्धहरू हट्दै गर्दा राज्यका व्यापार-व्यवसायहरू थप तयारीमा लागेका छन्।

भिक्टोरियाली सरकारले पनि क्याफे, पब, रेस्टुरेन्ट र बारहरूलाई आवश्यक सामानहरू खरिद गर्न २,००० डलर दिने बताएको छ।

भिक्टोरिया अस्ट्रेलिया मेलबर्न मार्गचित्र कोरोना कोभिड
Source: SBS Nepali

यसै गरी, राज्य सरकारको क्युआर चेक-इन एपको पनि स्तरोन्नति हुँदैछ।

सो एपको नयाँ संस्करणले प्रयोगकर्ताहरूलाई, उनीहरू सङ्क्रमित स्थान गएको खण्डमा सूचित गर्ने बताइएको छ।

टास्मेनिया तथा एसीटी

टास्मेनियाली सरकारका अनुसार राज्यका ९७% सार्वजनिक स्वास्थ्य कामदारहरूले कम्तीमा पनि खोपको एक मात्रा लगाइसकेका छन्।

उता, देशको राजधानी रहेको अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)मा खोप दर ९० प्रतिशत पुग्दै गर्दा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

कोभिड-१९ बारे अन्य समाचार

थेराप्युटिक गुड्स एड्मिनिस्ट्रेसन (टीजीए)ले १८ वर्ष पुगेका र सोभन्दा माथिका सबै अस्ट्रेलियालीहरूले खोपको दोस्रो मात्रा पाएको छ महिनापछि फाइजर खोपको बुस्टर मात्रा लगाउन पाउने गरी स्वीकृति दिएको छ।

बुस्टर डोज सबैभन्दा पहिले वृद्ध स्याहार केन्द्रका बासिन्दाहरूले पाउने अनुमान गरिएको छ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ। 


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now