कोभिड-१९ अपडेट: पाँच वर्ष मुनिका बालबालिकालाई खोप लगाउने अनुमति, विद्यार्थीहरूलाई मास्क लगाउन आग्रह

यो मङ्गलबार जुलाई १९ तारिखको अस्ट्रेलियाको कोरोनाभाइरस अपडेट हो।

Authorities in the US and Canada have already approved Moderna's Spikevax vaccine in children under five. (file)

Authorities in the US and Canada have already approved Moderna's Spikevax vaccine in children under five. (file) Source: AAP/AP/zz/STRF/STAR MAX/IPx

मङ्गलबार सम्मको २४ घन्टे गणना अवधिमा अस्ट्रेलियामा कोभिड-१९ का कारण ७५ जनाको ज्यान गएको छ। ती मध्य न्यु साउथ वेल्समा २६ जना, भिक्टोरियामा २५ जना र क्वीन्सल्यान्डमा १८ जना सङ्क्रमित थिए। 

क्वीन्सल्यान्डमा महामारी सुरु भए देखिको सबैभन्दा धेरै - ९८३ जनाको कोभिड-१९ का कारण अस्पतालमा उपचार भइरहेको छ। 
 
अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्कका लागि यहाँ हेर्नुहोस्
थेराप्युटिक गुड्स एडमिनिस्ट्रेशन (टीजीए)ले ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाका लागि मोडर्नाको स्पाइकभ्याक्स खोप (Spikevax) लगाउने अस्थायी अनुमति दिएको छ। खोपका दुई खुराकहरू बीच २८ दिनको अन्तर हुन सक्ने बताइएको छ। 
 
"क्लिनिकल परीक्षण अनुसार बालबालिकामा पनि वयस्कहरूको जस्तै असर देखियो। धेरै प्रतिकूल घटना मध्यम किसिमका थिए, र सामान्यतया दोस्रो खोप पछि देखिएका थिए," अनुमतिमा उल्लेखित छ। 
 
यसमा चिडचिडापन/रुने, रातोपन र/वा खोप् लगाएको ठाउँमा सुन्निने, थकान, ज्वरो, मांसपेशी दुख्ने र अक्षीय सुन्निने वा कोमल हुने देखिएको छ।"
 
तर खोपलाई बालबालिकामा प्रयोग गर्नु अघि अस्ट्रेलियन टेक्निकल एडभाइजरी ग्रुप अन इम्युनाइजेसन (अटागी)को अनुमति अझै बाँकी छ। 
 
मङ्गलबार अटागीले कोरोनाभाइरस सङ्क्रमण र खोपको चौथो खुराक बीच तीन महिनाको अन्तर भए पुग्ने बताएको छ। यो समय पहिला चार महिना थियो। 
 
हाल जाडोको समयमा दिइएको कोभिड-१९ बुस्टरलाई सकेसम्म धेरै ५० देखि ६४ वर्षका तथा अन्य उमेर पुगेका वयस्कहरूले लगाएमा अस्पताल भर्ना आउँदा महिनामा घट्न सक्ने अटागीले बताएको छ। 
 
सरकारी सेवा मन्त्री बिल शर्टनले कर्मचारीहरूलाई महामारी भुक्तानी लिनु अघि आफ्नो बिरामी बिदा प्रयोग गर्न आग्रह गरेका छन्। 
 
अस्ट्रेलिया भरका स्वास्थ्य तथा विद्यालय अधिकारीहरूले विद्यार्थी र विद्यालयका अन्य कर्मचारीहरूलाई कमसेकम टर्म ३ को पहिलो चार हप्तासम्म फेस मास्क लगाउन आग्रह गरिरहेका छन्। 
 
न्यु साउथ वेल्सले विद्यालयहरूमा केही अस्थायी नियमहरू लागु गर्ने सम्भावना छ।
 
जस्तै - भवन भित्र ठूलो सङ्ख्यामा भेला हुन नपाइने, विद्यालय बाहिर र अन्तर-विद्यालय कार्यक्रमहरू नगर्ने, र रातको समयमा हुने गतिविधि र भ्रमणहरू रद्द या स्थगित गर्ने। 
 
ती मध्य वयस्क र हाइ स्कुलका विद्यार्थीहरूले अनिवार्य मास्क लगाउने, विद्यार्थीहरू फरक-फरक समूहमा विभाजन गर्ने, घरबाट पढ्ने र सङ्क्रमितका नजिकी व्यक्तिहरू विद्यालय आउने विषयमा नियमहरू समावेश हुन सक्छन्। 
 
त्यस्तै, वृद्ध हेरचाह मन्त्री एनिका वेल्सले प्रत्येक वृद्ध हेरचाह केन्द्रमा कति जना निवासीले कोभिड-१९ खोप लगाएका छन् भन्ने तथ्याङ्क १ अगस्टदेखि सार्वजनिक गरिने बताएकी छिन्। 

 

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

Published


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand