SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: कोभिड परीक्षण कतिको सही हुन्छ भनी टीजीएद्वारा समीक्षा, अस्पताल भर्नामा वृद्धि

यो मङ्गलबार २६ जुलाईको कोभिड-१९ अपडेट हो।

Healthcare workers administer COVID-19 tests at the St Vincent's Hospital drive-through testing clinic.
Healthcare workers administer COVID-19 tests at the St Vincent's Hospital drive-through testing clinic. (file) Source: (AAP Image/Bianca De Marchi)

3 min read

Published

Updated



Skip to article content

मङ्गलबार अस्ट्रेलियामा कम्तीमा पनि १०० जनाले कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाएका छन्।

ती मध्य ४० जना भिक्टोरियामा, न्यु साउथ वेल्स ३० जना र क्वीन्सल्यान्डमा २१ जना थिए। 

सोमबारको तथ्याङ्क अनुसार महामारी सुरु भए देखि सबैभन्दा धेरै सङ्ख्यामा - करिब ५,४२९ जना मानिसहरू अस्पताल भर्ना भएका थिए।

यो सङ्ख्या गत जनवरीमा ५,३९० अत्यधिक पुगेको थियो।

सोमबारको सङ्ख्या मङ्गलबारसम्म बढेर ५,५७१ पुगेको छ। 

अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्क लागि यहाँ हेर्नुहोस्

थेराप्युटिक गुड्स एडमिनिस्ट्रेशन (टीजीए)ले १२-१७ वर्ष उमेर समूहले नुभ्याक्सोभिड (Nuvaxovid) कोभिड-१९ खोप लगाउन पाउने अस्थायी अनुमति दिएको छ। 

नुभ्याक्सोभिमा कोरोनाभाइरस स्पाइक प्रोटिनको अंश हुन्छ। मानव शरीरमा प्रतिरक्षा प्रणाली कोशिकाहरूले उक्त स्पाइक प्रोटिनलाई खतराको रूपमा पहिचान गर्छन् र यसको विरुद्ध प्रतिरक्षा प्रतिक्रिया निर्माण गर्न थाल्छन्।

उक्त खोपमा भाइरस चाहिँ हुँदैन, र यसले कोभिड-१९ सङ्क्रमण दिँदैन। 

डेल्टा, ओमिक्रन र अन्य भेरिएन्ट सही तरिकाले पत्ता लागेका छन् कि छैनन् भनी टीजीएले कोभिड-१९ परीक्षण गर्ने प्रयोगशाला र र्‍याटहरूको समीक्षा गर्दै छ। 

सन् २०१९ मा देखा परे पछि अहिलेसम्म भाइरसले विभिन्न रूप फेरिसकेको हुनाले यी परीक्षणहरूले गलत परिणाम दिन सक्छ भन्ने कुरालाई टीजीएले अस्वीकार गर्दैन। 

"यस कारण टेस्ट किटहरूले राम्ररी भाइरस पत्ता नलगाउन सक्छन्, र गलत नजिता दिन सक्छन्," टीजीएले बताएको हो। 

रोयल चिल्ड्रेन्स अस्पताल र रोयल मेलबर्न अस्पतालमा कोभिड-१९ र फ्लु भन्दा पनि रेस्पिरेटरी सिन्सिटियल भाइरस (respiratory syncytial virus RSV) भएका बालबालिकाहरू भर्ना भएको द एजले जनाएको छ। 

यस भाइरस बालबालिका र वयस्क दुवैलाई हुन सक्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन्। 

यसले नाक बग्ने, हाछ्युँ आउने, घाँटी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने जस्ता समस्याहरू हुन सक्छन्। 

रेस्पिरेटरी सिन्सिटियल भाइरसको लागि हाल कुनै खोप उपलब्ध छैन। 

पछिल्लो तथ्याङ्क अनुसार ५-११ वर्षका बालबालिकामा कमले कोभिड-१९ खोप लगाएका छन्। 

जुलाई २४ सम्म, ५३ % ले खोपको पहिलो मात्रा लगाएका थिए र ४० % ले खोपको दुई वटा मात्रा लगाएका छन्।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now