कोभिड- १९ अपडेट: न्यु साउथ वेल्समा थप दुई जनाको मृत्यु

यो २५ जुलाई २०२१, आइतबारको अस्ट्रेलियामा कोरोनाभाइरसको अवस्थाबारे अपडेट हो।

Kiongozi wa NSW Gladys Berejiklian atoa taarifa mpya kuhusu COVID-19 mjini Sydney.

Kiongozi wa NSW Gladys Berejiklian atoa taarifa mpya kuhusu COVID-19 mjini Sydney, Jumapili, 25 Julai, 2021. Source: AAP Image/Lisa Maree Williams


मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्समा थप दुई जनाको कोरोनाभाइरसका कारण मृत्यु
  • भिक्टोरियामा पुष्टि भएका सम्पूर्ण सङ्क्रमण पछिल्ला स्थानीय केसहरुसंग सम्बन्धित
  • संघीय सरकार द्वारा कोभिड-१९ विरुद्ध फ़ाइजरका थप आठ करोड पचास लाख डोज आपूर्ति गराइने
  • साउथ अस्ट्रेलियामा लकडाउन अन्त्य हुने सम्भावना बढ्दै

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा गत २४ घण्टामा थप १४१ जनामा कोरोनाभाइरसको स्थानीय सङ्क्रमण पुष्टि हुनुका साथै ७० र ३० वर्ष उमेरका दुई महिलाको पनि भाइरसका कारण मृत्यु भएको प्रिमियर ग्लाडिस बेरेजिक्लियनले बताएकी छन्।

प्रिमियरका अनुसार ज्यान गुमाउने ती दुवै महिलाहरुमा कुनै पुरानो बिमारी रहेको थिएन।

साथै, न्यु साउथ वेल्सका लागि कोरोनाभाइरस का थप पचास हजार फ़ाइजर खोपहरु प्रदान गरिने भएको छ।

अर्कोतर्फ, सिड्नीमा हिजो लकडाउन विरुद्ध आयोजना भएको प्रदर्शनमा सहभागी भएकाहरुको पहिचान गर्न एक विशेष प्रहरी कार्यदल पनि स्थापना गरिएको छ। प्रहरीका अनुसार उक्त प्रदर्शनमा संलग्न भएकाहरु मध्ये अहिले सम्म ५१० जनाको नाममा जरिवाना पनि जारी गरिएको छ।

सङ्क्रमणसंग सम्बन्धित स्थानहरुबारे पछिल्ला जानकारीका लागि यहाँ हेर्नुहोस्

भिक्टोरिया

भिक्टोरियामा चाहिं गत २४ घण्टामा कोरोनाभाइरसका ११ स्थानीय सङ्क्रमण पुष्टि भएका छन्। अधिकारीहरुका अनुसार ती सङ्क्रमितहरु मध्ये सबैको पछिल्ला लहरसंग सम्बन्ध रहेको र उनीहरु सबै पहिले देखिनै क्वारेन्टिनमा रहेका थिए।

हाल भिक्टोरियामा लागु रहेको आगामी मंगलबार २७ जुलाई सम्मको लकडाउन म्याद थप गरिने छ कि छैन भन्नेबारे अधिकारीहरुले बताएका छन्।

सङ्क्रमणसंग सम्बन्धित स्थानहरुबारे पछिल्ला जानकारीका लागि यहाँ हेर्नुहोस्

अस्ट्रेलियाका अन्य स्थानमा गए २४ घण्टामा पछिल्ला समाचार:

सन् २०२२ र २०२३ मा अस्ट्रेलियाले थप आठ करोड पचास लाख फ़ाइजर खोप आपूर्ति गर्ने सहमति गरेको छ।

साउथ अस्ट्रेलियामा कोरोनाभाइरसका तीन नयाँ सङ्क्रमण पुष्टि, तर लकडाउन अन्त्य गर्ने सरकारी योजनामा कुनै परिवर्तन भएको छैन।

क्वीन्सल्याण्डमा होटेल क्वारेन्टिनमा रहेका पांच जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि।

कोभिड -१९ मिथ्या

कोरोनाभाइरस ले स्वस्थ्य युवायुवतीहरुलाई असर गर्दैन। यो खालि वृद्ध र बिरामीहरुका लागि मात्र जोखिमपूर्ण छ।

कोभिड -१९ तथ्य

कोरोनाभाइरसले बिभिन्न स्वास्थ्य समस्या रहेकाहरु माथि थप असर पार्न सक्ने भएता पनि, यसले स्वस्थ्य युवायुवतीहरु माथि पनि गम्भीर असर पार्नुका साथै ज्यान पनि लिन सक्दछ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्विन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


3 min read

Published

Updated

Presented by SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now