SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: भिक्टोरिया र क्वीन्सल्यान्ड "नयाँ सामान्य" अवस्था तिर लाग्दै

यो मङ्गलबार फेब्रुअरी २२ को संक्षिप्त कोरोनाभाइरस अपडेट हो।

Mhudumu ndani ya mgahawa anayevaa barakoa, akizungumza kwa simu
Masharti ya uvaaji wa barakoa yanabadilika nchini Australia. Sheria tofauti zita tumiwa katika majimbo na wilaya tofauti. Source: Getty Images / andresr E+

3 min read

Published

Updated



Skip to article content

आजको अपडेट

सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले बताए कि सङ्क्रमण सङ्ख्या ९०% ले घटेको छ। 

त्यस्तै, अस्पताल भर्ना हुनेहरूको सङ्ख्या पनि केही समय अगाडीको तुलनामा आधाभन्दा बढी कम भएको छ।

क्वीन्सल्यान्ड

क्वीन्सल्यान्डमा शुक्रबार मार्च ४ तारिखको साँझ ६ बजेदेखि अधिकांश स्थलहरूमा मास्क अनिवार्य हुने छैन। अस्पताल, वृद्ध हेरचाह केन्द्र, अशक्तता आवास, जेल, विमानस्थल, सार्वजनिक यातायात र विमानहरूमा भने मास्क लगाउनु पर्छ। 

सोही दिनदेखि क्वीन्सल्यान्डमा एउटा ठाउँमा एक समयमा भेला हुन पाउने मानिसहरूको सङ्ख्या सीमा पनि हटाइने छ। 

क्वीन्सल्यान्डका अधिकारीहरूले नियमित गर्ने गरेको कोभिड-१९ पत्रकार सम्मेलन मार्च महिनादेखि बन्द गरिने छ।

भिक्टोरिया

भिक्टोरियामा २५ फेब्रुअरी शुक्रबार राति ११:५९ बजेदेखि कार्यस्थल र घरबाट पढ्ने सम्बन्धी स्वास्थ्य सल्लाह हटाइने छ र धेरै स्थानमा मास्क लगाउन अनिवार्य रहने छैन। 

सार्वजनिक यातायात, ट्याक्सी र राइडसेयर, विमान, विमानस्थल, अस्पताल र स्वास्थ्य सेवा केन्द्रहरूमा भने मास्क लगाउनु पर्छ। 

विद्यालयहरूमा माध्यमिक तहका विद्यार्थीहरूले मास्क लगाउन अनिवार्य हुँदैन। कक्षा ३ देखिएका विद्यार्थी, बाल हेरचाह केन्द्र र प्राथमिक विद्यालयहरूमा भने फेस मास्क लगाउनु पर्दछ। पाँच देखि ११ वर्षका बालबालिका खोप लगाएको दर कम भएको हुनाले यो नियम लागु गरिएको हो। 

त्यस्तै, आतिथ्य र रिटेल स्थलहरू, अदालत र न्याय तथा सुधार केन्द्रहरूमा मास्क अनिवार्य हुन्छ। 

आउँदो हप्तादेखि भिक्टोरियाका अस्पतालहरूमा सबै शल्यक्रियाहरू गर्न पाइने छन्।

कोभिड-१९ सम्बन्धी पछिल्ला अस्ट्रेलियाली तथ्याङ्कहरू

न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टे गणना अवधिमा ८,७५२ नयाँ सङ्क्रमण पुष्टि हुनुका साथै १४ जनाको ज्यान गएको छ। १,२९३ जनाको अस्पतालमा उपचार भइरहेको छ जस मध्य ७१ जना आइसियुमा छन्। 

भिक्टोरियामा ६,७८६ नयाँ सङ्क्रमण पुष्टि हुँदै १४ जनाको ज्यान गएको छ। ३४५ जना अस्पतालमा छन् जस मध्य ४८ जना आइसियुमा र ८ जनालाई भेन्टिलेटरमा राखिएको छ। 

क्वीन्सल्यान्डमा ५,५८३ नयाँ सङ्क्रमणसँगै ५ जनाको ज्यान गएको छ। ३९४ जना अस्पतालमा छन् र ३४ जनाको आइसियुमा उपचार भइरहेको छ। 

टास्मेनियामा ८२० नयाँ सङ्क्रमित पुष्टि भएका छन् भने पछिल्लो २४ घण्टे गणना अवधिमा कोरोनाभाइरसका कारण कसैको ज्यान गएको छैन। ११ जनाको अस्पतालमा उपचार भइरहेको छ जस मध्य २ जना आइसियुमा छन्। 

अस्ट्रेलियन क्यापिटल टेरिटरीमा ५८३ नयाँ सङ्क्रमित पुष्टि भएका छन्। ४१ जना अस्पतालमा छन् र एक जनाको आइसियुमा उपचार भएको छ। 



कोभिड-१९ खोपका बारेमा तपाईँको भाषामा जानकारी 


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम


विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्। थप जानकारी यहाँ उपलब्ध छ। 

कोभिड-१९ सम्बन्धी शब्दावली नेपाली तथा अन्य भाषामा पाउन यहाँ थिच्नुहोस्


६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now